यदि तपाई आफ्नो बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने अवश्य जान्नुहोस् , यी ८ कुरा

SHARE

यदि तपाई आफ्नो बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने अवश्य जान्नुहोस् , यी ८ कुरा

प्यारासिटामोललाई सुरक्षित औषधी मानिन्छ तर बच्चालाई खुवाउने समय केही सावधानी अपनाउन अति आवश्यक हुन्छ । यदि यी विशेषगरी सावधानी अपनाउन नसकेमा वा यसको ओभर डोज सेवन गराउँदा बच्चामा नकारात्मक असर पर्छ । चिकित्सकका अनुसार, यस्ता ८ कुरा छन्, जुन बच्चालाई प्यारासिटामोल खुवाउँदा विशेष ध्यान राख्नुपर्दछ ।

१-यदि तपाई बिरामी हुँदा बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने १०mg/kg को हिसाबले दिनुहोस् । उदाहरण:- यदि बच्चाको वजन १० किलो छ भने उसलाई १०० mg प्यारासिटामोल खुवाउनु पर्दछ ।

२-यदि बच्चाको उमेर ३ महिना भन्दा कम छ भने उसलाई बिना चिकित्सकको सल्लाह प्यारासिटामोल खुवाउनु हुँदैन ।

३-यदि बच्चाको शरीरको टेम्परेचर १०० डिग्री फेरेनहाइट भन्दा कम छ भने प्यारासिटामोल खुवाउनुहुँदैन ।

४-यदि बच्चालाई पहिले देखि नै अन्य औषधी खुवाउँदै हुनुहुन्छ भने प्यारासिटामोलको डोज खुवाउनु हुँदैन ।

५-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि इरिटेशन हुन्छ भने उसलाई पेरासिटामोल खुवाउनु हुँदैन ।

६-यदि बच्चालाई लिभर सम्बन्धि कुनै रोग छ भने चिकित्सकको सल्लाह लिएर मात्र प्यारासिटामोल खुवाउनुहोस् ।

७-बच्चालाई ४ वा ५ घण्टा भन्दा पहिले पेरासिटामोलको डोज खुवाउनु हुँदैन ।

८-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि पनि स्वास्थ्यमा सुधार नभएमा चिकित्सकको सल्लाह अवश्य लिनुपर्दछ ।

SHARE

Author: verified_user

0 comments: