Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts
यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ ।

तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा हुनसक्छन् ५ बेफाइदा

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।

२. पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

३. खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ । यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ । यसो हुनाले तपाईको पोषणमा असर पुग्न सक्छ ।

४. यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शादायक हुन्छ । किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।

५. यसका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा कारण छन् । एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी ।

रक्तनलिहरु खुम्चिनु : जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ । जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ । भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ । त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ । र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ

भिटामिन डी को कमी : चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ । यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ । यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ । मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।

जोगिन के गर्ने ? जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने । बरु घाम लागेपछि उठ्ने ।जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने धूमपान नगर्नेसकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा सुप पिउनमा जोड दिने।

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाका कारण झर्छन् कपाल ?

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

१. पेस्ट्रीज र केकः

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

२. तारेका खानेकुराः

यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूडः

सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

४. आलूः

यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

५. पिज्जाः

यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

६. फ्रेन्च फ्राइः

यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

७. मिठाईः

यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

८. कार्बोनेटेड ड्रिङ्क्सः

सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

९. रक्सीः

यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज

बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज

यस्ता १० समस्या मध्ये एक छ भने बिर्सेर पनि नखानुहोस लसुन

के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा एेहुने गर्छ रु कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।

१. सुकमेल :

यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५र६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ।

२. पानीले भरेको तामाको भाडा :

निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।

३. चक्कु :

वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस।

४. काट्ने हतियार :

यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

५. पहेलो चामल :

पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

६.ओछ्यान सफा गर्नुहोस :

सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।

७. कपाल बाँधेर सुत्नुहोस :

सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।

८. जुत्ता-चप्पल :

सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।

९.ओढ्ने :

ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन ।

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

जाडो महिनामा अधिकांश बच्चालाई निमोनिया, घ्यारघ्यार र दमजस्ता समस्याले सताउँछ। अन्य उमेर समूहभन्दा बच्चाहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ। यो मौसम ब्याक्टेरिया, इन्फ्लुएन्जा र आरएसपी भाइरसका लागि अनुकुल हुनाले बच्चाहरू चाँडै संक्रमित हुन्छन्।

रुघाखोकी लाग्दा बच्चाको छेउमा हाच्छिँउ गर्दा, त्यही हातले बच्चा बोक्दा, पहिलेदेखि नै दमको समस्या भएको र चिसोको एलर्जी भएका बच्चा चाँडै संक्रमित हुन सक्छन्।

कसरी जोगाउने?

बच्चाको सही हेरचाह नै रुघाखोकीबाट उनीहरूलाई जोगाउनु हो। जस्तै चिसो भन्दैमा धेरै कपडा लगाइदिन हुँदैन। चाहिनेभन्दा धेरै कपडा लगाइदिए पसिना आउँछ र त्यो शरीरमा नै सोसिन्छ। यसले झनै चिसो गराएर निमोनिया हुन सक्छ।

त्यस्तै, हामीकहाँ बच्चालाई आगोमा सेकाउने चलन छ। यो एकदमै गलत काम हो। झ्यालढोका बन्द गरेर सेकाउनु झनै खतराजनक। धुवाँले बच्चाको फोक्सो असर गर्छ। कोइलामा सेकाउन पर्‍यो भने झ्यालढोका खुला राख्नुपर्छ। ह्यालोजन हिटरमा सेक्नु ठीक हुन्छ।

जाडोमा बच्चालाई धेरै नुहाइदिन हुँदैन भन्नु पनि गलत हो। धेरै समय नुहाएन भने बच्चामा संक्रमण हुन्छ र बिरामी हुने सम्भावना हुन्छ। हप्तामा दुई पटक बच्चालाई नुहाइदिनु पर्छ। नुहाउन गाह्रो हुन्छ भने थोरै तातो पानीमा कपडा भिजाएर जिऊ पुछिदिन सकिन्छ। सके दैनिकरुपमा नभए पनि पसिना आएपछि चाहिँ कपडा फेरिदिनुपर्छ।

राम्रोसँग हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र मात्रै बच्चा छुन पर्छ। रुघाखोकी लागेको छ भने ठूलो मान्छेले एन्टिबायोटिक खानुपर्छ जसले बच्चालाई संक्रमण हुनबाट जोगाउँछ। १२–१ बजेको घामले बच्चालाई हानी गर्ने हुनाले ८–९ बजे राख्नु राम्रो हुन्छ।

के खुवाउने?

बच्चालाई कहिले पनि फ्रिजबाट सिधै निकालेका खानेकुरा खुवाउन हँुदैन। रुघाखोकीका बेला दही र केरा नखुवाउने। सफा, तातो, झोलभएका खानेकुरा जस्तै जाउलो, दाल र गेडागुडीको रसका साथै प्रोटिन र भिटामीन सि भएका खानेकुरा खुवाउँदा बच्चाको स्वास्थ्यमा सुधार आउँछ।

बिरामी भएको कसरी थाहा पाउने?

बच्चाले आफू बिरामी भएको आफैं व्यक्त नगर्ने हुँदा उनीहरूको दैनिक गतिविधि र आनीबानी हेर्नुपर्छ। राम्रोसँग खाना नखाने, नखेल्ने, स्याँ–स्याँ हुने जस्ता लक्षण देखिएमा बालबालिका बिरामी भएको बुझ्न पर्छ। यस्तो अवस्थामा उसलाई तुरुन्त अस्पताल लैजानपर्छ।