Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts
यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

यसकारण खाली पेटमा चिया पिउँदै नपिउनुहोस् !

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ ।

तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा हुनसक्छन् ५ बेफाइदा

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।

२. पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

३. खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ । यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ । यसो हुनाले तपाईको पोषणमा असर पुग्न सक्छ ।

४. यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शादायक हुन्छ । किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।

५. यसका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

होसियार ! जाडोको बेला विहानीपख हृदयघातको उच्च जोखिम हुन्छ, तेसैले जोगिनको लागि यसो गर्नुहोस

चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा कारण छन् । एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी ।

रक्तनलिहरु खुम्चिनु : जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ । जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ । भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ । त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ । र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ

भिटामिन डी को कमी : चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ । यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ । यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ । मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।

जोगिन के गर्ने ? जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने । बरु घाम लागेपछि उठ्ने ।जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने धूमपान नगर्नेसकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा सुप पिउनमा जोड दिने।

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाका कारण झर्छन् कपाल ?

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

१. पेस्ट्रीज र केकः

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

२. तारेका खानेकुराः

यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूडः

सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

४. आलूः

यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

५. पिज्जाः

यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

६. फ्रेन्च फ्राइः

यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

७. मिठाईः

यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

८. कार्बोनेटेड ड्रिङ्क्सः

सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

९. रक्सीः

यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज

बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज

यस्ता १० समस्या मध्ये एक छ भने बिर्सेर पनि नखानुहोस लसुन

के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा एेहुने गर्छ रु कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।

१. सुकमेल :

यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५र६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ।

२. पानीले भरेको तामाको भाडा :

निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।

३. चक्कु :

वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस।

४. काट्ने हतियार :

यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

५. पहेलो चामल :

पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

६.ओछ्यान सफा गर्नुहोस :

सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।

७. कपाल बाँधेर सुत्नुहोस :

सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।

८. जुत्ता-चप्पल :

सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।

९.ओढ्ने :

ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन ।

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

जाडो महिनामा अधिकांश बच्चालाई निमोनिया, घ्यारघ्यार र दमजस्ता समस्याले सताउँछ। अन्य उमेर समूहभन्दा बच्चाहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ। यो मौसम ब्याक्टेरिया, इन्फ्लुएन्जा र आरएसपी भाइरसका लागि अनुकुल हुनाले बच्चाहरू चाँडै संक्रमित हुन्छन्।

रुघाखोकी लाग्दा बच्चाको छेउमा हाच्छिँउ गर्दा, त्यही हातले बच्चा बोक्दा, पहिलेदेखि नै दमको समस्या भएको र चिसोको एलर्जी भएका बच्चा चाँडै संक्रमित हुन सक्छन्।

कसरी जोगाउने?

बच्चाको सही हेरचाह नै रुघाखोकीबाट उनीहरूलाई जोगाउनु हो। जस्तै चिसो भन्दैमा धेरै कपडा लगाइदिन हुँदैन। चाहिनेभन्दा धेरै कपडा लगाइदिए पसिना आउँछ र त्यो शरीरमा नै सोसिन्छ। यसले झनै चिसो गराएर निमोनिया हुन सक्छ।

त्यस्तै, हामीकहाँ बच्चालाई आगोमा सेकाउने चलन छ। यो एकदमै गलत काम हो। झ्यालढोका बन्द गरेर सेकाउनु झनै खतराजनक। धुवाँले बच्चाको फोक्सो असर गर्छ। कोइलामा सेकाउन पर्‍यो भने झ्यालढोका खुला राख्नुपर्छ। ह्यालोजन हिटरमा सेक्नु ठीक हुन्छ।

जाडोमा बच्चालाई धेरै नुहाइदिन हुँदैन भन्नु पनि गलत हो। धेरै समय नुहाएन भने बच्चामा संक्रमण हुन्छ र बिरामी हुने सम्भावना हुन्छ। हप्तामा दुई पटक बच्चालाई नुहाइदिनु पर्छ। नुहाउन गाह्रो हुन्छ भने थोरै तातो पानीमा कपडा भिजाएर जिऊ पुछिदिन सकिन्छ। सके दैनिकरुपमा नभए पनि पसिना आएपछि चाहिँ कपडा फेरिदिनुपर्छ।

राम्रोसँग हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र मात्रै बच्चा छुन पर्छ। रुघाखोकी लागेको छ भने ठूलो मान्छेले एन्टिबायोटिक खानुपर्छ जसले बच्चालाई संक्रमण हुनबाट जोगाउँछ। १२–१ बजेको घामले बच्चालाई हानी गर्ने हुनाले ८–९ बजे राख्नु राम्रो हुन्छ।

के खुवाउने?

बच्चालाई कहिले पनि फ्रिजबाट सिधै निकालेका खानेकुरा खुवाउन हँुदैन। रुघाखोकीका बेला दही र केरा नखुवाउने। सफा, तातो, झोलभएका खानेकुरा जस्तै जाउलो, दाल र गेडागुडीको रसका साथै प्रोटिन र भिटामीन सि भएका खानेकुरा खुवाउँदा बच्चाको स्वास्थ्यमा सुधार आउँछ।

बिरामी भएको कसरी थाहा पाउने?

बच्चाले आफू बिरामी भएको आफैं व्यक्त नगर्ने हुँदा उनीहरूको दैनिक गतिविधि र आनीबानी हेर्नुपर्छ। राम्रोसँग खाना नखाने, नखेल्ने, स्याँ–स्याँ हुने जस्ता लक्षण देखिएमा बालबालिका बिरामी भएको बुझ्न पर्छ। यस्तो अवस्थामा उसलाई तुरुन्त अस्पताल लैजानपर्छ।

रातभरी भिजाएको एक चम्चा मेथीदाना, बिहान खाँदा हुन्छन् यी १० चमत्कारिक असर

रातभरी भिजाएको एक चम्चा मेथीदाना, बिहान खाँदा हुन्छन् यी १० चमत्कारिक असर

रातभरी भिजाएको एक चम्चा मेथीदाना, बिहान खाँदा हुन्छन् यी १० चमत्कारिक असर

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

के हुन् मेथी दानाका फाइदा ?

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।

मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

१. कमजोरीः

मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

२. स्वस्थ मृगौलाः

मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

३. ग्याष्ट्रिकको समस्याः

मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

४. सुगर नियन्त्रणमा रहन्छः

मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

५. हृदयघातबाट बचाउः

मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

६. बलियो पाचन प्रणालीः

भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

७. स्वस्थ छालाः

मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।

८. कालो, बाक्लो कपालः

बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

९. पायल्सः

मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।

१०. पिसाबको समस्याः

मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।
यदि तपाई आफ्नो बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने अवश्य जान्नुहोस् , यी ८ कुरा

यदि तपाई आफ्नो बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने अवश्य जान्नुहोस् , यी ८ कुरा

यदि तपाई आफ्नो बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने अवश्य जान्नुहोस् , यी ८ कुरा

प्यारासिटामोललाई सुरक्षित औषधी मानिन्छ तर बच्चालाई खुवाउने समय केही सावधानी अपनाउन अति आवश्यक हुन्छ । यदि यी विशेषगरी सावधानी अपनाउन नसकेमा वा यसको ओभर डोज सेवन गराउँदा बच्चामा नकारात्मक असर पर्छ । चिकित्सकका अनुसार, यस्ता ८ कुरा छन्, जुन बच्चालाई प्यारासिटामोल खुवाउँदा विशेष ध्यान राख्नुपर्दछ ।

१-यदि तपाई बिरामी हुँदा बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने १०mg/kg को हिसाबले दिनुहोस् । उदाहरण:- यदि बच्चाको वजन १० किलो छ भने उसलाई १०० mg प्यारासिटामोल खुवाउनु पर्दछ ।

२-यदि बच्चाको उमेर ३ महिना भन्दा कम छ भने उसलाई बिना चिकित्सकको सल्लाह प्यारासिटामोल खुवाउनु हुँदैन ।

३-यदि बच्चाको शरीरको टेम्परेचर १०० डिग्री फेरेनहाइट भन्दा कम छ भने प्यारासिटामोल खुवाउनुहुँदैन ।

४-यदि बच्चालाई पहिले देखि नै अन्य औषधी खुवाउँदै हुनुहुन्छ भने प्यारासिटामोलको डोज खुवाउनु हुँदैन ।

५-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि इरिटेशन हुन्छ भने उसलाई पेरासिटामोल खुवाउनु हुँदैन ।

६-यदि बच्चालाई लिभर सम्बन्धि कुनै रोग छ भने चिकित्सकको सल्लाह लिएर मात्र प्यारासिटामोल खुवाउनुहोस् ।

७-बच्चालाई ४ वा ५ घण्टा भन्दा पहिले पेरासिटामोलको डोज खुवाउनु हुँदैन ।

८-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि पनि स्वास्थ्यमा सुधार नभएमा चिकित्सकको सल्लाह अवश्य लिनुपर्दछ ।

नङ पाल्दा रोगको खतरा ! नङको उपयोगिता के छ ?

नङ पाल्दा रोगको खतरा ! नङको उपयोगिता के छ ?

नङ पाल्दा रोगको खतरा ! नङको उपयोगिता के छ ?

हामी सोच्छौं, यसले हातको सौन्दर्य बढाउँछ । नङको आकर्षण हातको सौन्दर्यसँग जोडिएको छ । तर, यो सानो अंग स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले नङलाई केवल सौन्दर्यका लागि मात्र होइन स्वास्थ्यका लागि पनि हेरविचार गर्नुपर्छ । नङको खास ख्याल राख्नुपर्छ । यसो सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ ।

लामो नङ

कतिपयको लामो नङ पाल्ने सौख हुन्छ । तर, यो ठीक होइन । नङ छोटो नै हुनुपर्छ । यसकारण कि लामो नङमा फोहोर जम्मा हुने र ब्याक्टेरिया जन्मने खतरा हुन्छ । तर, नङ काट्दा ध्यान पुर्‍याउनुपर्छ कि यसको मूल आकार नष्ट नहोस ।

टुक्रिन नदिने

मौसम परिवर्तन हुँदा नङ चाँडै टुटफुट हुन्छ । चिसो हावामा आर्दताले गर्दा नङ सुक्न थाल्छ र यही कारण नङ कडा हुन्छ । त्यसैले यो टुक्रिन पनि सक्छ । त्यसैले चिसो मौसममा नङलाई टुक्रिनबाट जोगाउनुपर्छ ।

नेलपेन्टको प्रयोग

लामो समयसम्म नङमा नेलपेन्ट लगाउँदा पनि नङ टुट्ने सम्भावना हुन्छ । यदि एक हप्ताभन्दा बढि समयसम्म नङमा नेलपेन्ट लगाएर राख्नुभयो भने नङको रुप बिगि्रन्छ र कमजोर पनि हुन्छ । त्यसैले नङमा लगाएको पोलिस एक हप्ताभित्रै मेटाउनुपर्छ ।

पञ्जा लगाउने

नङमा जम्मा भएको फोहोरका कारण पनि नङ कमजोर भएर टुक्रिन्छ । जाडोमा पञ्जा लगाएर आफ्नो नङलाई बचाउन सकिन्छ । भाँडा माझ्दा वा सरसफाई गर्दा नङमा फोहोर धेरै बस्छ । त्यसैले यस्ता काम गर्दा पञ्जा अवश्य लगाउनुपर्छ ।

मोइस्चराइजर लगाउने

मोइस्चराइजर क्रिमको प्रयोग त्वचामा मात्र नभएर नङमा पनि गर्न सकिन्छ । जतिपटक हात सफा गरिन्छ, त्यतिपटक मोइस्चराइजर लगाउन नभुलौ । नङ र यसका कुनाहरुमा कोल्ड क्रिमले मसाज गर्नुस र लगाएर केही समय त्यतीकै रहन दिने । त्यसपछि चिसो कपासले आफ्नो हात सफा गर्नुपर्छ ।

अनुहारमा 2 चम्मच नुन लगाउनुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार’

अनुहारमा 2 चम्मच नुन लगाउनुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार’

रुपन्देहीले राख्यो रेकर्ड । विश्वकै लामो रंगोली (फोटो सहित) ! एक शेयर गर्दिनुहोला

एजेन्सी । अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ । जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइएको रसायनले छालामा नराम्रो असर पनि पार्छ ।

**यो पनि पढ्नुहोस** नेपालको यस्तो गाउँ : जहाँ खेल्न पाइँदैन देउसी भैलो, यस्तो छ अनौठो कारण

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुट्करा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ । यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ ।

**यो पनि पढ्नुहोस** ग्याष्ट्रिकले सताएर हैरान पर्नु भएको छ, यस्ता छन् च्वाट्टै निको पार्ने उपायहरु

यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ । कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगाउनुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् ।

**यो पनि पढ्नुहोस** रुपन्देहीले राख्यो रेकर्ड । विश्वकै लामो रंगोली (फोटो सहित) ! एक शेयर गर्दिनुहोला

भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

ग्याष्ट्रिकले सताएर हैरान पर्नु भएको छ, यस्ता छन् च्वाट्टै निको पार्ने उपायहरु

ग्याष्ट्रिकले सताएर हैरान पर्नु भएको छ, यस्ता छन् च्वाट्टै निको पार्ने उपायहरु

ग्याष्ट्रिकले सताएर हैरान पर्नु भएको छ, यस्ता छन् च्वाट्टै निको पार्ने उपायहरु

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज ।

त्यसो भए के गर्ने त ? यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ :

प्रशस्त पानी पिउने

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुनपानी

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

कागतीपानी

पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेड कम खाने

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

मधुमेह रोगीले तिहारमा यसरी खान सक्छन् मिठाइ

मधुमेह रोगीले तिहारमा यसरी खान सक्छन् मिठाइ

मधुमेह रोगीले तिहारमा यसरी खान सक्छन् मिठाइ

काठमाडौं । तिहार, झिलिमिली चाड । र, मिठाइको चाड । माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ । त्यसमा पनि सेलरोटी ।

के गर्ने त ?मिठाइ, मीठो र गुलियो परिकार । तर, सबैका लागि यो उपयोगी नहुन सक्छ । चिनीजन्य परिकार भएकाले यसले रगतमा ग्लुकोजको मात्रा बढाउाछ । र, मधुमेहको जोखिम पनि निम्त्याउाछ । मधुमेह रोगीका लागि त मिठाइ उपयोगी हुादै हुादैन ।

मधुमेहका विरामीले अघिपछि खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । अझ, तिहारको समयमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

तिहारमा मिठाइ, लड्डु, जेरी, लालमोहनलगायत परिकारका साथमा सेलरोटीको विशेष महत्व हुन्छ । पिठोको साथमा चिनीको सम्मिश्रणबाट बन्ने सेलरोटीले जो कसैको मन लोभ्याउाछ । मधुमेह रोगी अपवाद बन्न सक्दैनन् ।

यसो गरौं

चाडवाडमा गुलियो खानेकुराको सेवन अन्य समयको तुलनामा बढी हुने गर्छ । मधुमेह रोगीले बिहान कम क्यालोरीयुक्त खानेकुरा सेवन गर्न सक्छन् । दिनभर कम गुलियो खानेकुरा सेवन गरेको अवस्थामा सााझ केही मात्रामा गुलियो खाादा शरीरलाई खासै बेफाइदा गर्दैन ।

मधुमेह भएकाहरुले अनिवार्य रुपमा तिहार अघि र पछि रक्त परिक्षण गराउन आवश्यक छ । यसले उनीहरुलाई मधुमेह नियन्त्रण गर्न सघाउ पुर्‍याउाछ । मधुमेह भएकाहरुका लागि गुलियो खानेकुरा पचाउन व्यायाम उत्तिकै जरुरी छ ।

यस्तै, तिहारमा आफूले खाने खानेकुराको क्यालोरीको मात्राबारे ध्यान दिएको अवस्थामा पनि मधुमेह बढ्नबाट रोक्न सकिन्छ । यस्तै, खान मिल्यो भन्दैमा अत्यधिक गुलियो पदार्थको सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

कुन खानामा कति क्यालोरी ?

गुलाव जामुन

क्यालोरी प्रतिगोटाः १५० केसीएएल

व्यायामः निश्चित गतिमा करिब ३० मिनट शरीरलाई नचाउने

रसवरी

क्यालोरी प्रतिगोटाः १२५ केसीएएल

व्यायामः १५ मिनट स्टेप एरोविक

काजुकत्री

क्यालोरी प्रतिगोटाः ५८ केसीएएल

व्यायामः १६ किलोमिटर प्रतिघण्टाको दरले तीन मिनट कुद्ने

वर्फी

क्यालोरी प्रतिगोटाः १४२ केसीएएल

व्यायामः करिब २५ मिनटको फटाफट हिाडाइ

आाटा हलुवा

क्यालोरी प्रतिगोटाः २६३ केसीएएल

व्यायामः करिब ४५ मिनटको फटाफट हिाडाइ

सुजी लड्डु

क्यालोरी प्रतिगोटाः १३४ केसीएएल

व्यायामः करिब ४५ मिनटको फटाफट हिाडाइ

जेरी

क्यालोरी प्रतिगोटाः २०० केसीएएल

व्यायामः १६ किलोमिटर प्रतिघण्टाका दरले करिब ५ मिनट दौडने

मोतीचुरको लड्डु

क्यालोरी प्रतिगोटाः १५० केसीएएल

व्यायामः ३० मिनट जगिङ

नरिवलको वर्फी

क्यालोरी प्रतिगोटाः १९२ केसीएएल

व्यायामः करिब ४० मिनटको व्याडमिन्टन

मालपुवा

क्यालोरी प्रतिगोटाः ३२५ केसीएएल

व्यायामः एक घण्टाको गल्फ

मोजा नलाई जुत्ता लगाउनुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पर्ने असर

मोजा नलाई जुत्ता लगाउनुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पर्ने असर

मोजा नलाई जुत्ता लगाउनुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पर्ने असर

एजेन्सी – जा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ । अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।

पयर उपचार विशेषज्ञ एम्मा स्टिफेन्सन १८–२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको बताउँछिन् । खासगरी फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएर रेड कार्पेटमा देखिन्छन् ।

प्रसिद्ध गायक स्याम स्मिथ प्रायःजसो मोजा नलाई जुत्ता पहिरिएका देखिन्छन् ।

फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

यस्तै एक जना प्रसिद्ध मोडल टाइनी टेम्पा लन्डन फेसन विकमा सामान्यतयाः अग्रपंक्तिमा मोजाबिनै जुत्ता लगाएर बसिरहेकी देखिन्छिन् । कैयौं संगीतकारसमेत प्रायजसो मोजाबिनै जुत्ता लगाएर हिँडेको देखिन्छ ।

तर के तपाईंलाई थाहा छ, स्वास्थ्यमा यसको प्रभाव कस्तो पर्छ ?

‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल इन्फेक्सन हुन सक्छ ।’

उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

‘मैले देखेको यस्तो एउटा घटनामा कार धुने एक जना १९ बर्से ठिटाको खुट्टा सधैं पसिनाले निथ्रुक्क भिजेका हुन्थे,’ भन्छिन् एम्मा ।

युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ ।

यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्तामात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।

सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने ।

पिलो ठीक पार्ने घरेलु उपाय

पिलो ठीक पार्ने घरेलु उपाय

पिलो ठीक पार्ने घरेलु उपाय

काठमाडौं । पिलो एक प्रकारको फोको हो, जुन शरीरको कुनै हिस्साको रौं टुट्नाले उत्पन्न हुन्छ ।

यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, हातगोडा, पिठ्युँ, काखीमुनि र जाँघको वरिपरि यस्तो समस्या बढी हुने गर्छ ।

पिलो भएमा शरीरको कुनै अंग रातो हुने, फुल्ने, सुन्निने, ढुसी पर्ने, पीप जम्मा हुने र पीप निस्कने गर्छ । पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, आयुर्वेदिक औषधीद्वारा यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

**यो पनि पढ्नुहोस** जुत्ता हेर्दा ठूलो हेर्नु पर्छ, बुहारी हेर्दा सानो’-आकाश पातालको अन्तर भएका नेपाली सेलिब्रेटी जोडी

गहुँ

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

बेसार

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि-एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ । पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४-५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ ।

अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

निम

**यो पनि पढ्नुहोस** लोग्नेले कुट्छ,छुट्टिएर बसौ त एक्ली आईमाई कसरी? एक पटक पढ्नु दु:खको कुरा

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि-माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

लसुन

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनुस् । दैनिक २-३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

दही, जिरा र कालो मरिच

**यो पनि पढ्नुहोस** शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ..!!

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

Source: OnlineKhabar

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ..!!

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ..!!

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ..!!

एजेन्सी – हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसैकारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ?

**यो पनि पढ्नुहोस** नेपाल मै बसेर मासिक ८ लाख कमाउछन पोखराका दीपकले ! पढ्नुहोस् पुरा

सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग (छालाको घाउ ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ । घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

**यो पनि पढ्नुहोस** मलद्वारभित्र भेटियो १ किलो सुन !

विधि : केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु :

गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । र अरुलाई पनि गर्न नदिनुहोस् । तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् । आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै स् प्रजनन अङ्ग , मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् ।

यी चार अवस्थामा पिउँदै नपिउनुहोस् चिया, विष बराबर हुनेछ

यी चार अवस्थामा पिउँदै नपिउनुहोस् चिया, विष बराबर हुनेछ

यी चार अवस्थामा पिउँदै नपिउनुहोस् चिया, विष बराबर हुनेछ

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकि, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ । अखिर कुन कुन समयमा चिया पिउन हुँदैन ? यहाँ उल्लेख गरिएको छः

१ बेड टी प्राय मानिसको बानी हुन्छ,

विहान बेडमै चिउा पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ । साथै विहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ ।

**यो पनि पढ्नुहोस** के बिहान सबेरै उठ्दा साँच्चिकै धनी भइन्छ ?

२ खानापछि चिया

खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ । यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ । खाना खानेवित्तिक चिया पिउँदा पाचन पक्रिया ढिलो हुँदै जान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पुर्याँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन ।

३ सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !

४ आइरन र क्याल्सियमसँग

चिया यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।

बेलको फाईदा थाहा छ तपाईलाई ? बेलले कुन कुन रोगको उपचार गर्नु सकिन्छ ? जानी राखौँ

बेलको फाईदा थाहा छ तपाईलाई ? बेलले कुन कुन रोगको उपचार गर्नु सकिन्छ ? जानी राखौँ

बेलको फाईदा थाहा छ तपाईलाई ? बेलले कुन कुन रोगको उपचार गर्नु सकिन्छ ? जानी राखौँ

पेट दुख्ने रोगमा

बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

आँउ रगत परेमा

जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोगमा

अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

**यो पनि पढ्नुहोस** मोटी हुने डरले यी युवतीले खाना खान छोडिन्, भयो यस्तो हाल

झाडा पखाला लागेमा

बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा

बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

**यो पनि पढ्नुहोस** के बिहान सबेरै उठ्दा साँच्चिकै धनी भइन्छ ?

दमको रोगमा

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा

गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न

आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

**यो पनि पढ्नुहोस** अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

रुघा, खोकी लागेमा

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

एजेन्सी – सुन्दर तथा चम्किलो अनुहार बनाउने रहर प्राय सबैको हुन्छ । यसको लागि तपाइले प्राकृतिक विधिलाई अपनाउन सक्नुहुन्छ । अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं। जसबाट तपाईंको अनुहारको छाला गोरो हुनुको साथै सुन्दर तथा आकर्षक देखिन्छ ।

आवश्यक सामाग्रीहरु

**यो पनि पढ्नुहोस** के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस

१) २ चम्चा चामलको पिठो

२) २ चम्चा घ्यु कुमारीको रस

बनाउने तथा प्रयोग गर्ने विधि

सबैभन्दा पहिला माथिका सम्पूर्ण सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणले अनुहारमा दल्नुहोस् त्यसपछि केही मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले मुख धुनुहोस् । यसबाट तपाईंको छाला पहिलाभन्दा धेरै नै नरम तथा सफा देखिनेछ । राम्रो परिणामको लागि हप्तामा ३ पटक यसको प्रयोग गर्नुहोस् ।यसका साथै अर्को उपायको प्रयोग पनि गर्न सक्नुहुन्छ । जस्ले तपाईंको अनुहारको दाग तथा डण्डिफोरलाई हटाउँछ ।

**यो पनि पढ्नुहोस** नेपाली भूमिमा भारतीय बस्ती !

आवश्यक सामाग्री

१) आधा चम्चा मह

२) २ चम्चा चामलको पिठो

३) २ चम्चा दुध

**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !

बनाउने तथा प्रयोग गर्ने विधि

दाग

माथिका सबै सामाग्रीहरुलाई बाक्लो पेस्ट नबनेसम्म राम्ररी मिसाउनुहोस् । त्यसपछि यसलाई आफ्नोे अनुहारमा लगाउनुहोस् । र २० मिनेटपछि मुख धुनुहोस् । यस विधिले तपाईंको छालालाई चम्किलो तथा आर्कषक बनाउँछ भने अनुहारमा भएका दागहरु पनि विस्तारै हराउँदै जानेछन् ।

जपानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

जपानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

जपानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ?जबाफ, जापान ।कसरी ? यसको जवाफ भने एक वाक्यमा टुंगिदैन ।

विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ?

उनीहरुको यो सेक्रेट हाम्रो लागि अनुकरणिय हुनसक्छ । खासमा जापानीहरुको जीवनशैली, खानपान, चिन्तन जसलाई हामीले पच्छ्याउन सक्छौ । स्वस्थ्य जीवनको सुत्र उनीहरुबाट सिक्न सक्छौ ।

**यो पनि पढ्नुहोस** राता रात युवतीबाट सर्प बनेपछी,पुरा पढेपछी तपाईं पनि पर्नुहुनेछ चकित !

अध्ययनले के भन्छ ?

जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन् । उक्त अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, त्यस्तो कुनै रहस्य छैन । खासगमा उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ । सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन् । ६० बर्षमा त उनीहरु जवान नै हुन्छन् । कारण के त ?

जापानीको आयु लामो हुनुको कारण

नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि यसरी उनीहरु व्यायाममा अभ्यस्त हुन्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् । यहि कारण जापानीहरु लामो आयुको हुन्छन् ।

खुलेर हाँस्नु– खुलेर हाँस्नु कुनै औषधीभन्दा कम होइन । उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन । यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ । जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जापानीहरुको हाँस्ने बानी नै हो । हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ । अध्ययनहरुबाट के तथ्य बाहिर आएको छ भने, उन्मुक्त हाँस्दा ८ बर्ष भन्दा बढी थप उमेर बढ्छ ।

मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ । तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन् । बरु, माछा सेवन गर्छन् । यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन । माछाबाट उनीहरु भिटामिन, तेल र न्युटि्रएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि लाग्दैन ।

जिन्दगीलाई राम्ररी भोग गर्नु

उनीहरु खराब हालतमा पनि खुसी रहन जानेका हुन्छन् । उनीहरु अर्काको लडाई, झगडा वा बेकारको कुरा, चिन्ता लिदैनन् । शान्तिपूर्ण जीवन विताउने प्रयास गर्छन् । सामाजिक सेवामा अग्रसर हुन्छन् । यसले उनीहरुलाई सधै सकारात्मक रहन मद्दत गर्छ । सकारात्मक सोंच, चिन्तनले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने नै भयो ।

जडीबुटीको सेवन– जापानीहरु सकेसम्म एलोपेथिक औषधीमा निर्भर हुँदैनन् । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारमै बढी विश्वास गर्छन् । र, त्यस्तै विधी अपनाउँछन् ।

नियन्त्रित खानपान

लामो आयु बाँच्ने एक व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, लामो जीवन बाँच ।’ जापानीहरुले यहि कुरालाई आत्मसात गरेका हुन्छन् । उनीहरु एकै पटकमा अधिक खाना खाँदैनन् । आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन् । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना ग्रहण गर्दा उसको उमेर क्रमस बढ्दै जान्छ ।

सफाईमा ध्यान

जापान विश्वकै यस्तो देश हो, जहाँ सरसफाईमा एकदमै ध्यान दिइन्छ । उनीहरु सामान्य कुराको सरसफाईमा समेत लापरबाही गर्दैनन् । सरसफाईको सवालमा एकदमै संवेदनसिल हुन्छन् ।

नराम्रो बानी परहेज

धुमपान, मदिरा, नुनयुक्त खानेकुरा जरुरत भन्दा बढी सेवन गर्दैनन् । यस्ता नराम्रो बानी उनीहरुमा हुँदैन ।

सब्जीको सेवनमा जोड

जापानीको थालमा आधा खाद्या पदार्थ छ भने आधा हरियो सब्जी हुन्छ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन् । उनीहरु मिक्स भेज खान रुचाउँछन् । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर, मुटुको रोग आदि हुँदैन ।

लामो समय सक्रिय

जापानमा अवकास हुनका लागि कुनै उमेर छैन । ६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् ।

तारेको होइन, उसिनेको खानेकुरा

जापानीको परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन् । जापानी आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्छन् ।

गहिरो निन्द्रा

जापानी गरिरो निन्द्रा लिने अभ्यास गर्छन् । उनीहरु हरेक दिन कम्तिमा आठ घण्टा सुत्छन् ।

अनलाइन खबरबाट साभार

मिसावटको महामारी- विषाक्त बन्दै खानेकुरा ! एकचोटी सबैले पढ्नैपर्ने

मिसावटको महामारी- विषाक्त बन्दै खानेकुरा ! एकचोटी सबैले पढ्नैपर्ने

मिसावटको महामारी- विषाक्त बन्दै खानेकुरा !

१५ असोज, काठमाडौं । तुलनात्मक रुपमा चाडबाडमा खाद्य वस्तुको खपत बढी हुन्छ । तिनको किनबेच यही समयमा बढ्नु स्वाभाविकै हो । तर, यस्तै मौकामा हो, कालोबजार फस्टाउने पनि । गलत नियत भएका व्यापारीले उपभोक्ता ठग्न छाडेका छैनन् ।

आकर्षक, रंगरोगन गरेर, सस्तो मूल्य देखाएर वस्तु बिक्रीमा राखिएको हुन सक्छ । यस्ता वस्तुको उपभोगले स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने जोखिम रहन्छ । ठगी हुने सम्भावित वस्तुप्रति उपभोक्ता नै सजग हुनु आवश्यक छ ।

**यो पनि पढ्नुहोस** स्याङजामा जन्मिएका बालकृष्ण ८ औं धनी व्यक्ति

मसला, मासु, तरकारी, मिठाइलगायत वस्तुमा यस्तो मिसावट र अखाद्य वस्तु प्रयोग गरिएको हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् । दूध, दही, घ्यू, तेल, चामल, दाल, गेडागुडीलगायतमा धेरै मिसावट देखिने गर्छ ।

खाद्य वस्तु किन्दा सामान्य सचेतना भए पनि ठगीबाट बच्न सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत मदन चापागाईं बताउँछन् ।

किनमेल गर्दा वस्तुको लेबल हेर्ने, त्यसको उत्पादन र उपभोग्य मिति, त्यसको प्राकृतिक रुपरंग ख्याल गर्न सकियो भने ठगिनबाट बच्न सकिने उनको भनाइ छ ।

चापागाईंका अनुसार उत्पादकको पहिचान स्पष्ट नभएका, सडकपेटीमा बेच्न राखिएका, अस्वाभाविक मूल्य रहेका वस्तु खरिदमा विशेष ध्यान पुर्‍याउनु पर्छ । ‘लेबल स्पष्ट नभएको, खाद्य अनुज्ञापत्र नलिएका र अस्वाभाविक देखिने वस्तुमा समस्या हुनसक्छ,’ उनी भन्छन् ।

बेसार र मसलाः क्यान्सरका कारक

बेसार र मरमसला हरेक भान्साका शोभा बन्छन् । तर, तिनै वस्तुमा धेरै मिसावट पाइने गरेको छ ।

**यो पनि पढ्नुहोस** हेर्नुहोस् बुढी औलाले बताउँछ तपाईको स्वभाव, शास्त्रले यसो भन्छ

बेसारमा मेटानिल येलो नामक रसायन मिसाएर बिक्री गरिने गरेको पनि भेटिएको छ । यस्तो रसायन प्रयोग गरिएको बेसार उपभोग गर्दा क्यान्सरसमेत लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।

यस्तै, बेसारमा केसरी नामक अर्को वनस्पतिको धुलोसमेत मिसाउने गरेको भेटिन्छ ।

बेसार हल्का गुलाबी वा बैजनी रंगको भेटिए, शंकास्पद हुने विज्ञहरू बताउँछन् ।

यस्तै, पिसेको खुर्सानी र जिरामा काठको धूलोसमेत मिसाइने गरेको पनि भेटिन्छन् । मरमसलामा पनि विभिन्न अखाद्य वस्तु र रंग प्रयोग गरेर उपभोक्ता ठग्ने गतिविधि भइरहेका उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

चिउरामा किरिकिरि

खुला ठाउँमा राखेको चिउरालगायतका खुद्रा वस्तु खरिद नगर्न चापागाईं सुझाउँछन् । ‘चिउरामा त्यसकै रंग र आकारका ढुंगा र ग्रेन मिसाएर बेच्ने गरेको पनि पाइन्छ,’ उनी भन्छन्, ‘कुनै-कुनै ठाउँबाट किनिएको चिउरा चपाउँदा किरिकिरि हुन्छ, यस्तो चिउरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।’

वासिङ पाउडरयुक्त दूध !

दूध र दूग्ध पदार्थ पनि मिसावट हुने वस्तुमा पर्छ । दूधमा यूरिया, रंग वा वासिङ पाउडर मिसाइने गरेको पनि भेटिएको छ । ती तत्व स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । केही समयअघि दूधमा दिसामा पाइने जीवाणु -कोलिर्फम) मिसाइएको पाइएको थियो ।

ल्याक्टोमिटरले दूधमा पानीको मात्रा मापन गर्छ । यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ । यही स्ट्यान्डर्ड कायम गर्न दूधमा यूरिया, चिनी, वासिङ पाउडर मिसाउने गरिएको छ ।

**यो पनि पढ्नुहोस** शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

दूधमा मिसावट गरिएको सजिलै खुट्याउन सकिँदैन । शंका लागेमा प्रयोगशाला परिक्षणबाट यसको पहिचान गर्न सकिन्छ । यदि दूधमा हानिकारक तत्व छ भने त्यसको सामान्य आभाष भने पाउन सकिन्छ । यस्तै, घ्यू र अन्य डेरी उत्पादनमा पनि मिसावटको समस्या देखिने गरेको छ ।

तोरीको तेलमा पाम आयल र सोयाविनको तेल मिसाइएको पनि भेटिने गरेको छ ।

स्याउ किन्दा स्याकरिन पनि

स्याउ धेरै उपभोग हुने फलफूलमा पर्छ । तर, यही स्याउमा मिसाइने हानिकारक तत्वले स्वास्थ्यलाई फाइदा होइन, घाटा पुर्‍याउन सक्छ । स्याकरिन प्रयोग गरिएका स्याउ बजारमा पाइने गरेको विज्ञहरु बताउँछन् । स्याउलाई बढी रातो र आकर्षक देखाउन स्याकरिन प्रयोग गरिन्छ ।

चम्किलो देखिने स्याउ काट्दा गाढा रातो झोल निस्किन्छ भने भित्री सेतो भागमा हल्का रातो देखिन्छ । स्याकरिन प्रयोग गरिएको स्याउमा पानीको मात्रा धेरै हुन्छ भने स्वादिलो र गुलियो हुन्छ ।

यस्तै, स्याउलाई आकर्षक बनाउन ‘वेक्स्ड’ प्रयोग गरिएको पनि भेटिन्छ । चम्किलो बनाउन मैन तथा मैनजन्य पदार्थको झोलमा स्याउलाई डुबाउने गरिन्छ । यसले स्वास्थ्यलाई हानी गर्ने विज्ञहरु बताउँछन् ।

केरामा कार्बाइड

सबै केरा स्वास्थ्यवर्द्धक हुन्छन् भन्ने सोच्नुभएको छ भने यस्तो धारणा त्याग्नोस् । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कार्बाइड प्रयोग गरिएको पनि हुनसक्छ ।

केरा पकाउँदादेखि नै कार्बाइड प्रयोग गरिने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । कार्बाइडको सहज उपलब्धताका कारण पनि यसको प्रयोग बढ्ने गरेको छ ।

कार्बाइड प्रयोग गरिएको केराको उपभोगले फोक्सो, मिर्गौला र मस्तिष्कमा नकारात्मक असर पुर्‍याउँछ ।

**यो पनि पढ्नुहोस** विजयादशमीको अवसरमा आयो पूर्वराजाको यस्तो सन्देश

कालो कालो दाग लागेको केरामा कार्बाइड प्रयोग भएको हुनसक्ने सम्भावना भएकाले यस्ता केरा नखान विज्ञहरु सुझाउँछन् । हेर्दा पहेंलो र आकर्षक देखिए पनि छाम्दा अस्वाभाविक र कम बासनादार हुन्छन्, यस्ता केरा ।

कमजोर नियमन

उपभोक्ता अधिकारकर्मीहरु सरकारी नियमन कमजोर हुँदा कालाबजारीले प्रश्रय पाएको बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्छन् । तर, नियामक निकायको कमजोर उपस्थितिका कारण बजारमा गलत प्रवृत्तिले प्रश्रय पाइरहेको अधिकारकर्मीहरुको दाबी छ ।

‘स्वच्छ बजारका लागि उपभोक्ता र सरकारी अनुगमन दुवै चुस्त हुनु जरुरी छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन् ।

**यो पनि पढ्नुहोस** के सपनामा मरेको मानिस देख्ने गर्नुहुन्छ ? कतै यस्तो त भएको छैन ?

खाद्य सुरक्षा र उपभोक्ता हितका लागि सरकारले विभिन्न ऐन, नियम तर्जुमा गरे पनि त्यसको कडाइका साथ लागू हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । विभाग भने पछिल्लो समय बजार स्वच्छ हुँदै गएको दाबी गर्छ ।

Source: OnlineKhabar.com

शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठूलो महत्व राख्ने गर्छ । कोठीको सम्बन्ध मानिसको धन, पारिवाकि भाग्य तथा स्वास्थसँग भएको विश्वास मानिदैं आइरहेको छ । के तपाई जान्न चाहानुहुन्छ त तपाईको पारिवारिक भाग्य, धन तथा स्वास्थ्य कस्तो रहेको छ ?

१. कन्चटमा कोठी भएमा

कन्चटमा कोठी हुनेलाई धेरै घुम्ने अवसरहरु प्राप्त हुन्छन् । यो अवसर जागिर गरिरहँदा अथवा घुमेर आनन्द लिनेहरुले प्राप्त गर्नेछन् ।

**यो पनि पढ्नुहोस** बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?जापानमा गरिएको एक अध्ययनले येसो भन्छ

२. कोठी आँखी भौहरुको बीचमा भएमा

आँखी भौं बीच कोठी भएमा करिअर क्षेत्रमा तपाईको करिअर विकास र वृद्धिमा तालमेल हुनेछ । यसको मतलब तपाईको तलब वृद्धि, प्रमोशनमा यस्ता खाले कोठीको सम्बन्ध रहेको हुन्छ ।

३. कोठी आँखी भौंको तल भएमा

यदि तपाईको कोठी आँखी भौको तल छ भने यसको सम्बन्ध तपाईको घरसँग जोडिएको हुन्छ । तपाई घर परिवारसँग सजिलै घुलमिल हुनुहुन्छ र नेतृत्व गर्ने क्षमता पनि राख्नुहुन्छ ।

**यो पनि पढ्नुहोस** यी हुन् संसारका १० डरलाग्दा रहस्य, जसको आजसम्म कुनै अध्ययन हुन सकेको छैन

४. माथिल्लो ओठमा कोठी भएमा

यदि तपाईको माथिल्लो ओठमा कोठी छ भने तपाई खाना तथा कपडाका विषयलाई लिएर निकै चिन्तित गर्नुहुन्छ । तपाई अरुसँग अन्तरक्रिया गर्न तथा साथीहरुबिच चर्चित हुनुहुन्छ ।

५. गालामा कोठी भएमा

यदि तपाईको गालामा कोठी छ भने आफ्नो कार्यक्षेत्रमा तपाईको शक्तिशाली प्रभाव रहनेछ । त्यस्तै तपाईको धनमा पनि उल्लेख वृद्धि हुने संकेत गर्छ ।

६. हत्केलामा कोठी भएमा

यदि तपाईको हातमा कोठी छ भने तपाईलाई कहिल्यै पनि पैसाको कमी हुनेछैन । तपाई स्मार्ट, आशावादी तथा सजिलै नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तित्व हुनेछन् ।

**यो पनि पढ्नुहोस** यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

७. पैतालामा कोठी भएमा

तपाईको पैतालामा कोठी भएमा तपाईलाई धेरै घुम्ने अवसर मिल्नेछ जसका कारण तपाई जहिले पनि उत्साहित तथा रमाइलो गर्ने व्यक्तित्व हु्न्छन् ।