Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts
होन्डाले ल्याउँदैछ १५ मिनेटमै चार्ज हुने विद्युतीय कार

होन्डाले ल्याउँदैछ १५ मिनेटमै चार्ज हुने विद्युतीय कार

होन्डाले ल्याउँदैछ १५ मिनेटमै चार्ज हुने विद्युतीय कार

सन् २०१७ मा भएको न्युयोर्क इन्टरनेशनल अटो शोमा प्रदर्शनमा राखिएका होन्डाका हाइब्रिड र विद्युतीय कार। तस्बिरः ब्लुमवर्ग/गेट्टी इमेजेज

जापानी अटोमोबाइल कम्पनी होन्डाले अब विद्युतीय गाडीलाई प्राथमिकतामा दिने भएको छ। डिजेल–पेट्रोल इन्जिनका सवारी उत्पादनमा विश्वकै अग्रणीमध्येको एक होन्डाले आफ्ना नयाँ परियोजना विद्युतीयमा केन्द्रित गरेको छ।

यसको प्रमाण हो, होन्डाले बनाउँदै गरेको अत्याधुनिक विद्युतीय सवारी र त्यसमा प्रयोग हुने ब्याट्री। उसले १५ मिनेटमै चार्ज हुने ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्रीसहितका विद्युतीय कार बनाइरहेको छ।

सन् २०२० देखि अर्थात् अबको करिब दुई वर्षमै बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ। यस्तो ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्री भएको विद्युतीय कार एकपटकको पूरा चार्जमा २४० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै हाइड्रोजन फ्यूल कार र दुई मोडलका विद्युतीय कार आगामी वर्ष बजारमा ल्याउने घोषणा गरिसकेको छ। चाँडो चार्ज हुने ब्याट्री बनाउने होन्डा पहिलो कम्पनी भने होइन। अमेरिकी कम्पनी टेस्लाले २० देखि ४० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुने विद्युतीय कार ल्याइसकेको छ।

ब्याट्री चार्ज हुने समय कम गर्न अहिल विश्वका एकसे एक कम्पनीहरूको अनुसन्धान चलिरहेको छ। युरोपमै पनि अटोमोबाइल कम्पनी बिएमडब्लु, फोर्ड र फक्सवागनको साझेदारीमा ‘अल्ट्रा फास्टर’ विद्युतीय कार चार्जर विकास गरिँदैछ। यो ‘अल्ट्रा फास्टर’ ले एउटा कार चार्ज गर्न पाँच मिनेट मात्र लगाउनेछ। यसअघि केही कम्पनीले ‘र्‍यापिड चार्जर’ विकास गरिसकेका छन्, जसले जम्मा ३० मिनेटमै पूरा चार्ज गर्न सक्छ।

अटोमोबाइल कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। जापानकै टोयोटा र निसान पनि पहिलेदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। फोर्ड, बिएमडब्लु, सेब्रोले, फियाट, किया, मित्सुबिसी, रेनो, सुजुकी र फक्सवागनजस्ता संसारकै अग्रणी कम्पनी त झन् प्रतिस्पर्धामै उत्रिसकेका छन्।

एसियाली बजारमा पछाडि परेको विद्युतीय कार बजारलाई होन्डाको ‘अल्ट्राफास्ट चार्जर’ले विस्तार गर्ने आशा विश्लेषकहरुले गरेका छन्।

यस्ताे पनि ! नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट

यस्ताे पनि ! नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट

यस्ताे पनि ! नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट

बिबिसी । सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा सोमवार पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्। सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ उनले तत्कालै साउदी अरेबियाको नागरिकता पाइन्। तर त्यसम्बन्धी फोटो र भिडिओहरु सामाजिक सञ्जालमा देखिन थालेपछि धेरैले पहिल्यै साउदी महिलाभन्दा बढी अधिकार पाइसकेकी ती रोबोटबारे प्रश्न गर्न थाले।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियामा महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ विना नै दर्शकलाई अंग्रेजीमा सम्बोधन गरिन्। उनले भनिन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।" साउदी अरेबियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त घोषणाको प्रशंसा गर्दै ह्यासट्याग 'रोबोट विद साउदी न्याशनालिटी' अर्थात् साउदी नागरिकता भएकी रोबोट भनेर २४ घण्टाभित्र ३० हजार पटक पोष्ट गरेका थिए। तर व्यंग्यात्मक शैलीमा अर्को ह्यासट्यागसहितको पोष्ट पनि सामाजिक सञ्जालमा देखिए।

ह्यासट्याग 'सोफिया कल्स फर ड्रपिङ गार्डियनशीप' अर्थात् सोफियाले पुरुष अभिभावकसँग मात्रै महिलाहरु बाहिर जानुपर्ने नियम खारेज गर्न आग्रह गरिन् भनेर करिब १० हजार पटक पोष्ट गरिए। साउदी अरेबियामा महिलाहरु परिवारको नजिकको पुरुष अभिभावकसँग मात्रै बाहिर जानुपर्ने नियम छ। एकजना ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, "सोफियाका अभिभावक पनि छैनन् र उनले अबाया पनि लगाएकी छैनन् अर्थात् शरीर पनि ढाकेकी छैनन्, यस्तो कसरी भयो?" टाउकोमा स्कार्फ र कालो बुर्का लगाएकी अर्की ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्, "एकछिन पछि सोफिया कस्तो देखिनेछिन्?" तर त्यस्ता पोष्टहरुका अतिरिक्त सोफियालाई सहज रुपमा नागरिकता दिइएको र त्यसका लागि लिइएको समयबारे सामाजिक सञ्जालमा बहस छेडिएको छ। पत्रकार मुर्तजा हुसैनले लेखेका छन्, "यी रोबोटले जीवनभर काम गर्दै बसेका कफाला कामदारहरुले भन्दा पहिले साउदी अरेबियाको नागरिकता पाएकी छन्।"

साउदी अरेबियाको कानून अनुसार रोजगारदाताको अनुमति विना विदेशी कामदारले उक्त मुलुक छाड्न पाउंदैनन्। विदेशी कामदारको अधिकार सीमित पार्ने खाडी मुलुकहरुमा विद्यमान 'कफाला' प्रणालीको त्यो एउटा पाटो हो। साउदी अरेबियामा लाखौं संख्यामा विदेशी कामदारहरु कार्यरत छन्। ब्रिटेनस्थित लेबननका पत्रकार करीम चाहाएबले भने, "सोफिया नाम गरेकी मानव जस्तो रोबोटले साउदी अरबको नागरिकता पाइन् तर लाखौं राज्यविहीन छन्। कस्तो समयमा बाँचिएको छ।"

चीनमा शुरु भयो ‘स्मार्ट रेल’, न ड्राइभर चाहिन्छ न त फलामे ट्रयाक (भिडियोसहित)

चीनमा शुरु भयो ‘स्मार्ट रेल’, न ड्राइभर चाहिन्छ न त फलामे ट्रयाक (भिडियोसहित)

मानिसको मूत्रबाट इन्धन !

काठमाडौं, कात्तिक ८ – चीनले स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै ।

चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ । यसका लागि ट्रयाक नै नचाहिने भने होइन । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ । सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।

भिडियो हेर्नुहोस

एप्पलको कुन मोडलमा आइफोनको मूल्य कति  ?

एप्पलको कुन मोडलमा आइफोनको मूल्य कति ?

एप्पलको कुन मोडलमा आइफोनको मूल्य कति ?

एप्पलले गत महिनामात्र आइफोन ८, ८ प्लस र टेन (एक्स) गरी तीन फोनहरु सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामध्ये नेपालमा हालसम्म ८ र ८ प्लसको मात्र प्रिबुकिङ खोलिएको छ। सधाझैं विश्व टेक बजारमा यी तीन फोन त्यसमा पनि टेनको निकै चर्चा चलेको छ। नेपाली प्रयोगकर्ताले पनि निकै व्यग्रताका साथ यी फोनको प्रतिक्षा गरिरहेका छन्।

तर यी फोनको चर्चा भई रहँदा अन्य पुराना मोडल प्रतिको रुची पनि घट्ने गरेको पाइँदैन। आइफोनको नयाँ मोडल सार्वजनिक भएपछि पुरानो मोडलको मूल्य घटे पनि यी सेटहरु खोज्नेको संख्या भने नघटेको व्यवसायीहरु बताउँछन्।

आइफोनको नयाँ मोडल बजारमा आएपछि पुरानो मोडल खोज्नेहरुको संख्या पनि उत्तिकै रहेको आधिकारिक विक्रेता मध्येको एक ओलिज स्टोरका निर्देशक लोकेश ओलीले बताए। ‘आइफोनप्रतिको नेपाली प्रयोगकर्ताको क्रेज बढ्दो छ। नयाँ मोडल होस या पुरानो प्रिमियम लुक, अपडेटेड र उत्कृष्ट सफ्टवेयर पर्फमेन्स तथा ‘रिसेल भ्यालु’ का कारण पनि यसप्रति क्रेज बढेको हो’ उनको विश्लेषण छ। ओली आइफोन बोक्नुलाई धेरैले प्रतिष्ठासँग जोडेर हेर्नाले पनि प्रयोगकर्तामाझ यसको क्रेज बढाएको मत राख्छन्।

तर बजारमा आधिकारिक विक्रेतामाझ पनि आइफोनको मूल्यमा एकरुपता भने छैन। आइफोन एसइ मोडलमा ६४ जीबी भेरियन्टको मूल्य आधिकारिक वितरक जेनेरेसन नेक्सटले पछिल्लो पटक ४४ हजार तोकेको छ भने अनलाइन वितरकहरु इभोस्टोरले ४७ हजार, ओलिज स्टोरले ४२ हजार ५ सय तथा दराज डटकमले ४० हजारमै विक्री गरिरहेका छन्।

यसको पछाडि विक्रेताहरुले नाफाको मार्जिन कम राखेर वा एउटा प्रोड्क्टमा घाटा खाएर अर्कोमा नाफा समायोजन गर्ने रणनितीले मूल्य त्यस्तो हुने गरेको ओली बताउँछन्।

त्यस्तै ‘ग्रे’ बजार मार्फत ल्याइएका आइफोनहरु अझसस्तोमै विभिन्न पसलहरुले नै बेचिरहेका छन् तर त्यस्ता सेटहरुमा भने भ्याट बिल, वारेन्टी र त्यस पश्चातको सुविधा, जेनेरेसनको होलोग्राम अंकित इएमआई रजिस्ट्रेसन तथा किस्ताबन्दी मार्फत खरिद गर्न सकिने सुविधा समेत पाइँदैन। अर्कोतर्फ त्यस्ता फोनलाई दूरसञ्चार प्राधिकरणले जुनसुकै बेला पनि सेवा बन्द गरिदिन सक्छ। आइफोनको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्सट कम्युनिकेसन प्रालिले उपलब्ध गराएको विवरणका आधारमा यस्ता छन् बजारमा पाइने आइफोनका विभिन्न मोडल, तिनमा भएका फिचर्स तथा मूल्यः

आइफोन एट प्लस

यस फोनको नेपाली बजारमा हाल बुकिङ मात्र थालिएको छ। यस फोनमा ५.५ इन्चको थ्रीडी आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा आइओएस ११ भर्सनको अपेरेटिङ सिस्टम, ए ११ बायोनिक चिपसेट तथा समावेश गरिएको छ।

३ जीबी र्याम भएको यो फोन ६४ र २५६ गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ भने मेमोरी कार्ड हाल्नलाई स्लट दिइएको छैन। फोनमा एफ/१.८ र एफ/२.८ अपेचर लेन्सका १२ मेगापिक्सेलका दुई रियर (पछाडितर्फको) क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।

यसबाहेक फोनमा धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। २६९१ एमएएच पावर क्षमताको ब्याट्री भएको यो फोनको मूल्य ६४ जीबी भेरियन्टको १ लाख १२ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख ३३ हजार रुपैंयाँ निर्धारण गरिएको छ।

आइफोन ८

यो फोनको पनि नेपाली बजारमा हाल बुकिङ मात्र थालिएको छ। फोनमा ४.७ इन्चको थ्रीडी टच् एलइडी­ब्याकलिट आइपिएस एलसिडी डिस्प्ले छ। आइओएस ११ भर्सनको अपेरेटिङ सिस्टम, ए११ बायोनिक चिपसेट तथा हेक्साकोर सिपियु यसमा समावेश गरिएको छ। २ जीबी र्याम भएको फोन ६४ र २५६ गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ।

फोनमा एफ/१.८ अपेचर लेन्सका १२ मेगापिक्सेलका दुई रियर क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यी क्यामेराले ४ के भिडियो खिच्न सक्छन्। यसबाहेक फोनमा धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। १८२१ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ६४ जीबी भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैंयाँ निर्धारण गरिएको छ।

सेभेन प्लस

यस फोनमा ५.५ इन्चको थ्रीडी टच् एलइडी­ब्याकलिट आइपिएस एलसिडी डिस्प्ले रहेको छ। आइओएस १०.०.१ अपेरेटिङ सिस्टम, ए१० फ्युजन चिपसेट तथा क्वाडकोर २.३४ गिगहर्ज सिपियु समावेश गरिएको फोनमा आइयोसलाई १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिने सुविधा दिइएको छ।

२ जीबी र्याम भएको फोन ३२, १२८ र २५६ गरी तीन इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। यसमा एफ/१.८ र एफ/२.८ अपेचर लेन्ससहितका १२ मेगापिक्सेलका दुई रियर क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यी क्यामेराले ४ के भिडियो खिच्न सक्छन्।

धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स छन्। २९०० एमएएच पावर क्षमताको ब्याट्री भएको फोनको ३२ जीबी भेरियन्टको मूल्य ८५ हजार, १२८ जीबी भेरियन्टको १ लाख १९ हजार तथा २५६ जीबी भेरियन्टको १ लाख ३२ हजार रुपैयाँ राखिएको छ।

सेभेन

यस फोनमा ४.७ इन्चको थ्रीडी टच् एलइडी¬ब्याकलिट आइपिएस एलसिडी डिस्प्ले रहेको छ। फोनमा १०.३.३ मा अपग्रेड गर्न सकिने सुविधा भएको आइओएस १०.०.१ अपेरेटिङ सिस्टम, ए१० फ्युजन चिपसेट तथा २.३ गिगाहर्ज क्वाडकोर सिपियु समावेश गरिएको छ।

२ जीबी र्याम भएको यस फोन ३२, १२८ र २५६ गरी तीन इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/१.८ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।

यसबाहेक धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १९६० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ३२ जीबी भेरियन्टको ७० हजार, १२८ जीबी भेरियन्टको ९५ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख ५ हजार रुपैंयाँ तोकिएको छ।

सिक्स एस प्लस

५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको फोनमा आइओएस ९ अपरेटिङ सिस्टम छ जसलाई १०.३.३ मा अपग्रेड गर्न सकिन्छ। त्यस्तै फोनमा ए९ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्ज डुअलकोर सिपियु समावेश गरिएको छ।

२ जीबी र्याम भएको यो फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/२.२ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर (पछाडितर्फको) क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। २७५० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य १६ जीबी भेरियन्टको ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सिक्स एस

यस फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा १०.३.३ मा अपग्रेड गर्न मिल्ने प्रविधि भएको आइओएस ९ अपेरेटिङ सिस्टम, ए९ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्जको डुअलकोर सिपियु समावेश गरिएको छ।

२ जीबी र्याम भएको यस फोन ३२ र १२८ गरी दुई जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/२.२ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।

यसबाहेक फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। १७१५ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ३२ जीबी भेरियन्टको ६५ हजार तथा १२८ जीबी भेरियन्टको ८५ हजार रुपैंयाँ निर्धारण गरिएको छ।

सिक्स प्लस

एप्पलको यो फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले दिइएको छ। फोनमा आइओएस ८ अपेरेटिङ सिस्टम, ए८ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्जको डुअलकोर सिपियु समावेश छ। आइओएसलाई १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।

१ जीबी र्याम भएको फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ÷२.२ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। २९१५ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ७८ हजार रुपैयाँ तोकिएको छ।

सिक्स

एप्पलको यस मोडलको फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा ए८ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ८ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।

१ जीबी र्याम भएको फोन ३२/१२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ÷२.२ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स छन्। १८१० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको ३२ जीबी भेरियन्टको मूल्य ४२ हजार ५ सय तथा १२८ जीबी भेरियन्टको ५५ हजार रुपैयाँ राखिएको छ।

एसइ

एप्पलको यस मोडलको फोनमा ४ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा ए९ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ९.३.२ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।

२ जीबी र्याम भएको फोन १६/६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ/२.४ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा यसमा छ।

फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १६२४ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ३८ हजार तथा ६४ जीबी भेरियन्टको ४४ हजार रुपैयाँ राखिएको छ।

फाइभ एस

एप्पलको यस मोडलको फोनमा ४ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको छ। फोनमा ए८ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ७ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।

१ जीबी र्याम भएको फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ÷२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ/२.४ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

यसबाहेक फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १५६० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ३२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

Source: Setopati

टोयोटाले ल्यायो आफ्नो आकार आफै बदल्ने कार

टोयोटाले ल्यायो आफ्नो आकार आफै बदल्ने कार

टोयोटाले ल्यायो आफ्नो आकार आफै बदल्ने कार

टोक्यो । जापानमा ‘टोक्यो मोटर शो’ आयोजना गरिएको छ । ४५ औं संस्करणको यो प्रदर्शनीमा अटो मोबाइल क्षेत्रका नयाँ-नयाँ उत्पादनहरु छन् । टोक्यो मोटर शो छ नोभेम्बरसम्म चल्ने छ । अटोमोबाइलको क्षेत्रमा क्रियाशील विश्वका ठूला कम्पनिहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शनीमा राखेका छन् ।

स्पीड अनुसार आकार पनि आफै परिवर्तन हुने कारसमेत प्रदर्शनीमा राखिएको छ । जापानको अटो पार्ट मेकर टोयोटा गोसेईले ‘फ्लेश्बी’ नामक कार प्रदर्शनीमा सार्वजनिक गरे ।

एक सिटमात्र रहेको यो कारले आफ्नो आकार आफै बदल्छ । कम्पनिको दाबी छ की ‘फ्लेश्बी’मा ई-रबरको प्रयोग गरिएको छ र तीव्र गतिमा चलाउँदा बडीले आवश्यकता अनुसार आफै आफ्नो आकार बदल्छ ।

सेतो रंगको माथिको कार पनि टोयोटा कम्पनिकै उत्पादन हो । यस कन्सेप्टलाई ‘वन्डर क्याप्सुल’ नाम दिइएको छ ।

तस्वीरमा देखिएको यो कार टोयोटा कम्पनिको हो । कन्सेप्ट-आई भनिएको यो कार २५ अक्टुबरमा सार्वजनिक गरियो ।

यामाहाको यो हाईटेक बाइक हो । ‘मोटरआईडी’ नाम दिइएको यो मोटरसाइकलप्रति खास आकर्षण रहेको बताइएको छ ।

यो हेर्दा मोटरसाइकल जस्तै लाग्छ । तर यसमा धेरै पांग्राहरु छन् । टोक्यो मोटर शोमा राखिएको यो यामाहाको एमडब्लूसी-४ हो ।

Source: OnlineKhabar

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो ।

मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ ।

यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।

यी फरक फरक स्क्रिनलाई पूर्णरुपमा तन्काएर एउटै ठूलो स्क्रिन बनाउन सकिन्छ । जसमा ट्याबलेट जस्तो भिडियो तथा गेमिङको मज्जा लिन सकिन्छ ।

जेड टी इ मोबाइल डिभाइसका सिइओ लिक्सिन चेंग भन्छन् : Axon M ले एक विल्कुल नयाँ क्याटेगोरी खडा गरेको छ जसमा फोल्डेबल स्मार्टफोन हुनेछ । जेड टी इ यसमा सबैभन्दा अगाडि रहन पूरा मेहेनत गर्नेछ ।

उनका अनुसार कम्पनीले चीन, युरोप र जापनमा यो मोडेल बेच्नेछ । अमेरिकामा यो मोबाइल एटी एण्ड टी नामक टेलिकमसँग सहकार्य गरी हरेक महिना २४.१७ डलरमा ३० महिने किस्ताबन्दीमा उपलब्ध गराइनेछ । नोभेम्बर महिनाबाट यो मोबाइल बजारमा उपलब्ध हुनेछ ।

स्पेसिफिकेसन

जेड टी इ ले Axon M मा ५.२ इन्चको डुअल फूल एचडी टिएफटी एलसिडी डिस्प्ले राखेको छ । यसमा कर्निंग गोरिल्ला ग्लास फाइभको सुरक्षा प्रदान गरिएको छ ।

यो फोनमा स्नापड्रागन ८२१ प्रोसेर रहेको छ । साथै ४ जिबी र्याम, ६४ जिबी इनबिल्ट प्रोसेसर यसमा रहेको छ ।

यो फोनको अर्को रोचक विशेषता भनेको यसमा २० मेगापिक्सेलको एउटा क्यामरा छ, जसलाई मुख्य क्यामरा र सेल्फी क्यामरा दुबैको रुपमा प्रयोग गर्न सकिन्छ ।

३१८० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको यो फोनमा क्विक चार्ज ३ फास्ट चार्जिङ सपोर्ट फिचर रहेको छ । यसमा एन्ड्रोइड ७.१.२ नूगट फिचर रहेको छ ।

एजेन्सी

एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार

एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार

एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार

एजेन्सी-यदी तपाईले सस्तोमै अन्य कारहरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने त्यो भन्दा राम्रो के होला र ?

ग्राहकहरुको यसै कुरालाई ध्यानमा राखेर फ्याराडे फ्युचर इलेक्ट्रिकले एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कारको घोषणा गरेको छ । कम्पनीका अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघण्टाको गति समात्न सक्नेछ ।

**यो पनि पढ्नुहोस** झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन

कम्पनीले लसभेगासमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा घोषणा गरेको एएफ ९१ मोडलको बुकिङ ५ हजार डलरमा गर्न सकिन्छ । यस कारको डेलिभरी सन् २०१८ मा हुनेछ ।

फ्यारडे फ्युचरले विद्युतिय कार बजारमा टेस्लाको बर्चस्व तोड्ने तयारीमा छ । यसले बजारमा टेस्ला कारको तुलनामा धेरै राम्रो विद्युतिय कार ल्याउने घोषणा गरेको छ ।

**यो पनि पढ्नुहोस** छोरीकै लागि ७ वर्षदेखि चाउचाउ मात्र खाइरहेका छन् यी व्यक्ति, कारण यस्तो छ

कम्पनीका दावी अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिन्छ ।

टेस्लाको मोडल एस पि १०० डि ले २ दशमलब ५ सेकेन्डमा मात्रै यो रफ्तारमा दौडिन्छ ।

**यो पनि पढ्नुहोस** के तपाइको हातमा चक्र र शंख छ ? कुन औला मा हुदा कस्तो फल दिन्छ थाहापाउनुहोस् आफ्नो भाग्य ?

फ्याराडे फ्यूचर इलेक्ट्रिक कार एक चोटी रिचार्ज गरेपछि ६०४ किलोमिटर को दुरी तय गर्न सक्छ ।

टेस्ला को कारले एक पटक चार्ज गर्दा ३१५ किलोमिटरको दूरी तय गर्छ ।

हल्का पढ्नुहोस्, लाइब्रेरी जानुहोस्

**यो पनि पढ्नुहोस** बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

आफूलाई मन पर्ने विधाबाट किताब पढ्न थाल्नुहोस् । आख्यान पढ्दा पनि हुन्छ वा गैरआख्यान पढ्दा पनि हुन्छ । तर, पहिले आफूलाई के र कस्तो विषय पढ्न मन लागेको छ भन्ने निश्चित गर्नुहोस् । त्यसपछि लाइब्रेरी जान थाल्नुहोस् । लाइब्रेरी जाने बानी विकास भएमा वरपर किताब देख्दा पढ्न झन् धेरै मन लाग्न सक्छ ।

महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ स्मार्ट सिटी कार ‘इ टु ओ प्लस’ बजारमा ल्याएको छ ।

ललितपुरमा एक भब्य कार्यक्रम गरेर नेपालका लागि आधिकारिक विक्रेता अग्नी समूहले इलेक्ट्रिक नयाँ स्मार्ट सिटी कार इ टु ओ प्लस बजारमा ल्याएको हो । महिन्द्राले यसअघि नेपाली बजारमा इटुओ इलेक्ट्रिक कार बजारमा ल्याएको थियो ।

**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l

नेपाल सरकारले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेको भन्दै उनले धन्यवाद दिए। वातावरण मैत्री यो कार न्युनतम मुल्यमा संचालन गर्न सकिने उनले बताए।

अग्नी समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले महिन्द्रासँगको २५ वर्षदेखि गौरवमय सहकार्यका साथ अगाडि बढेको बताए। ‘हामीले नेपालमा विद्युतीय सवारी साधन विगतदेखि नै ल्याएका थियौं, ‘ उनले भने ‘ भविष्यमा इन्धनको चरम संकट तथा वातावरण प्रदुषणजस्ता कारणले गर्दा यो कार ग्राहकको पहिलो रोजाइमा पर्ने मैले विश्वास लिएको छु ।’

यो कारको मुल्य ३१ लाख रुपैयाँ तोकिएको छ। कार किन्न चाहनेहरुलाई १ लाख छुटको व्यवस्था अग्नी समूहले गरेको छ। यो कार विभिन्न चार रंग निलो, स्पार्किङ रेड वाइन, आर्सेनिक सिल्भर र सेतो रंगमा उपलब्ध छ।

**यो पनि पढ्नुहोस** : रोयल इन्फिल्ड (बुलेट) बाइक किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य

विशेषता

१, एक पटक चार्ज गरेपछि १ सय ४० किलोमिटर कुद्ने, ९० मिनेटमा फुल चार्ज हुने

२, ८५ किमि प्रतिघन्टाको दरले दौड्ने

३, अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग

४,आकर्षक डिजाइन, पर्याप्त स्पेस, ४ जना अट्ने

५,घरमा चार्ज गर्न सकिने

६,किफायती

**यो पनि पढ्नुहोस** : यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक (तस्बिर सहित)

७, कारलाई टाढैबाट कुलिङ गर्ने प्रविधि जडान

८,स्मार्टफोन एप्स

सेतोपाटिको सहयोगमा

फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर ल्याउँदैछ, जसबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ ।

**यो पनि पढ्नुहोस** : नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

टेकक्रन्चको एक रिपोर्ट अनुसार यस फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट टू नो प|mेण्ड नामक बटन उपलब्ध गराउनेछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताका लागि फेसबुक साथी बन्न सक्ने अनेक सम्भावित व्यक्तिहरुको सूचि प्राप्त हुनेछ । यसमा केवल सम्भावित साथीहरुको सूचि मात्र होइन की दुबैजनालाई मनपर्ने कार्यक्रम, दुबैजनाले लाइक गरेका पेजहरु, बस्ने ठाउँ, काम गर्ने ठाउँ जस्ता जानकारी पनि प्राप्त हुनेछन् ।

**यो पनि पढ्नुहोस** : तौल घटाउँन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम

फेसबुकले एक अर्को फिचरको पनि परीक्षण गरिरहेको छ, जसले मेसेन्जर एपसँग काम गर्नेछ । यसले प्रयोगकर्तालाई एकअर्कासँग भेट गर्नका लागि समय तय गर्न अह्राउनेछ ।

यो वर्षको सुरुवातमा फेसबुकले डिस्कभर पिपल नामक फिचर पनि सुरु गरेको थियो । जसले प्रयोगकर्तालाई ग्रुप तथा इभेन्ट्सको माध्यमबाट नयाँ साथी बनाउनमा सहयोग गर्दछ । एजेन्सी

अनलाइन खबरबाट

रोयल इन्फिल्ड (बुलेट) बाइक किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य

रोयल इन्फिल्ड (बुलेट) बाइक किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य

हेर्नुहोस सुन्दर मुस्तांगको मुहार (तस्बिर सहित)

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ।

पछिल्लो समय भारतीय बजारमा घरेलु उत्पादनलाई कडा चुनौती दिइरहेको रोयल इन्फिल्डले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ।

करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न पनि उपयुक्त बाइक मानिन्छ।

मोटरसाइकल बजारका अनुभवीहरु यसमा दुइटा कारण देख्छन्।

पहिलो, मूल्य। यो कम्पनीका बाइकको मूल्य धेरै घटबढ हुँदैन। अघिल्लो वर्ष रोयल इन्फिल्डका बाइकको जति मूल्य पथ्र्यो, त्यसमा यस वर्ष पनि त्यही हाराहारीमा छ।

यही अवधिमा अन्य कम्पनीका बाइकको मूल्य भने बढेको छ।

दोस्रो, बैंक तथा वित्तीय संस्थाले सवारीसाधन किन्दा उपलब्ध गराउने ऋणले पनि महँगा बाइक किन्ने धेरैको सपना पूरा गरेको छ।

यस वर्ष नेपाली बजारमा भित्रिएको इन्फिल्डको नयाँ मोडल ‘हिमालयन’ले राम्रो प्रतिक्रिया पाइरहेको छ।

तपाईं पनि यूरोपियन ब्रान्ड रोयल इनफिल्डका मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने हालको मूल्य सूची यस्तो छः

रोयल इन्फिल्ड बुलेट इलेक्ट्रा, ३५० सिसि – ४ लाख ३२ हजार रुपैयाँ

रोयल इन्फिल्ड क्लासिक, ३५० सिसि – ४ लाख ४९ हजाररुपैयाँ

रोयल इन्फिल्ड क्लासिक, ५०० सिसि – ५ लाख ६१ हजार रुपैयाँ

रोयल इन्फिल्ड क्लासिक, क्रोम ५०० सिसि – ५ लाख ८१ हजार रुपैयाँ

रोयल इन्फिल्ड थन्डरवर्ड, ३५० सिसि – ४ लाख ९९ हजार रुपैयाँ

रोयल इन्फिल्ड थन्डरवर्ड, ५०० सिसि – ७ लाख २१ हजार रुपैयाँ

रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी, ३३५ सिसि – ७ लाख २१ हजार रुपैयाँ

रोयल इन्फिल्ड स्ट्याण्डर्ड, ५०० सिसि – ५ लाख ७५ हजार रुपैयाँ

रोयल इन्फिल्ड हिमालयन, ४११ सिसि – ५ लाख ६१ हजार रुपैयाँ

- अनलाइन खबरको सहयोगमा

यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक (तस्बिर सहित)

यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक (तस्बिर सहित)

यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक

अमेरिकी अटो कम्पनी जिरो मोटरसाइकल्सले नयाँ विद्युतीय बाइक ‘जिरो डिएस जेडएफ ६.५’ ल्याएको छ। यो बाइक एकपटक पूरा चार्ज गरेपछि ११९ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।

अटोसम्बन्धी समाचारमाध्यमले उल्लेख गरेअनसार यो बाइक चार्ज हुन मात्र ४ घण्टा लाग्छ। यदि कुनै सुपरचार्जरबाट चार्ज गरेमा मात्र ९० मिनेट लाग्ने कम्पनीको भनाइ छ। बाइकको नाममा भएको डिएसको अर्थ डुअल सपोर्ट हो।

म्पनीका अनुसार यो हरेक किसिमको बाटोका लागि उपयुक्त छ। यसमा एडजस्टएबल सस्पेन्सन हुनुका साथै यसको बाहिरी बनावट आलुमिनियमको हलुका फ्रेमबाट बनाइएको छ।

इटालियन कम्पनी पिरेलीका मोटा टायर भएको यो विद्युतीय बाइकको अधिक गति १६० किलोमिटर प्रतिघण्टा छ।

सामसुङ ग्यालेक्सी नोट ८ का ५ विशेषता, जुन आइफोनमा छैनन्

सामसुङ ग्यालेक्सी नोट ८ का ५ विशेषता, जुन आइफोनमा छैनन्

सामसुङ ग्यालेक्सी नोट ८ का ५ विशेषता, जुन आइफोनमा छैनन्

सामसुङ र एप्पलका फोनहरुलाई आपसमा प्रतिस्पर्धि मानिन्छन् । यी दुई कम्पनीहरुवीच आफ्ना मोबाइल फोनहरुमा नौलानौला विशेषताहरु थप्ने होड नै चलेको हुन्छ ।

यहाँ हामी एप्पलको आइफोनमा नपाइने सामसुङको ग्यालेक्सी ८ का नौ वटा विशेषताहरुको बारेमा चर्चा गरिरहेका छौं :/p>

१. ‘सामसुुङ पे’ ले अधिकांस चुम्बकीय क्रेडिट कार्ड रिडरमा काम गर्छ । एप्पल पेमा जस्तो विशेष भुक्तानी प्याड चाहिँदैन ।

२. स्क्रिन यति ठूलो छ कि तपाईं एकैचोटि दुईवटा एप चलाउन सक्नुहुन्छ । तपाईं एकजोडी एप्स प्रोग्राम गर्न पनि सक्नुहुन्छ जुन एक ट्यापले एकैचोटि लन्च हुन सक्छन् । ठूलो स्क्रिन भएको आइफोन ७ प्लसमा स्क्रिनमा एक चोटिमा एउटा मात्र एप रन गर्न सकिन्छ ।

३. पोट्रेट फोटोहरुमा खिचिसकेपछि वा खिच्नुअगावै ब्लर इफेक्टलाई मिलाउन सकिन्छ । आइफोनमा यस्तो सुविधा छैन ।

४. नोट ८ मा दुवै रियर क्यामरा लेन्सहरुमा अप्टिकल इमेज स्टेबिलाइजेसन रहेका छ । यसको अर्थ तपाईंका तस्बिरहरु ब्लर आउने सम्भावना न्यून हुन्छ । आइफोन ७ प्लसको एउटा मात्र लेन्समा अप्टिकल इमेज स्टेबिलाइजेसन रहेको छ ।

५. सामसुङको डिएक्स डोकबाट तपाइर्ं आफ्नो नोट ८ लाई एउटा डेक्सटप कम्प्यूटरमा बदल्न सक्नुहुन्छ । डिएक्सले किबोर्ड, माउस र मोनिटरसँग कनेक्ट गर्न सक्छ र एन्ड्रोइडको विशेष डेस्कटप संस्करण सञ्चालन गर्छ । तपाईं आफ्नो आइफोनको स्क्रिनलाई मोनिटर वा टेलिभिजनको रुपमा हेर्न सक्नुहुन्छ तर तपाईं यसलाई किबोर्ड र माउससँग कनेक्ट गर्न सक्नुहुन्न ।

६. नोट ८ ताररहित चार्ज हुन्छ । आइफोनको ताररहित चार्ज सुविधा छैन तर आगामी आइफोन ८ मा यो फिचर समावेश गरिने हल्ला चलिरहेको छ ।

७. आइरिस स्क्यानरले फोनलाई केवल हेरेको भरमा अनलक गर्ने सुविधा दिन्छ । यो सुरक्षित, छिटो र प्रयोग गर्न सजिलो छ । यद्यपि तपाईं नोट ८ लाई फिंगरपि्रन्ट वा पासकोडबाट पनि अनलक गर्न सक्नुहुन्छ । तर, आइरिस स्क्यानर अति सजिलो छ । आइफोनमा तपाईं पासकोड वा फिंगरपि्रन्ट मात्रै प्रयोग गर्न सक्नुहुन्छ ।

८. तपाईं लेख्दाखेरी स्टाइल प्रयोग गर्न र स्त्रिmनमा स्केच गर्न सक्नुहुन्छ । ग्यालेक्सी नोट ८ मा नयाँ फिचर समावेश गरिएको छ, जसलाई लाइभ म्यासेज भनिन्छ । यसले तपाईंलाई आफ्नो स्केचलाई एनिमेटेड जिआइएफको रुपमा स्टोर गरेर फेसबुक, टि्वटर टेक्स्ट म्यासेजका रुपमा सेयर गर्न सक्नुहुन्छ । आइफोनमा केही थर्ड पार्टी स्टाइली रहेका छन् तर सामसुङको एस पेनमा पाइनेजस्तो सबै विशेषताहरु यसमा छैनन् ।

९. मेमोरी कार्डबाट अतिरिक्त स्टोरेज थप्ने ग्यालेक्सी नोट ८ मा अतिरिक्त २ सय ५६ जीवीसम्म थप्न सकिन्छ । आयफोनमा इन्टरनल स्टोरेज मात्रै हुन्छ ।

आइफोन एट सेप्टेम्बर १२ मा !

आइफोन एट सेप्टेम्बर १२ मा !

आइफोन एट सेप्टेम्बर १२ मा !

अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा टिकेको छ । एक समाचार अनुसार अब ग्याजेटप्रेमीहरुले आइफोन एटका लागि पनि धेरै प्रतिक्षा गर्नुपर्नेछैन । आइफोन एट आगामी सेप्टेम्बर १२ तारेखमा सार्वजनिक हुने बताइएको छ ।

आइफोनले सोही मितिमा आफ्नो आइफोन सेभेन एस, आइफोन सेभेन एस प्लस र आइफोन एट स्मार्टफोन सार्वजनिक गर्नेछ । लञ्चिङको एक–डेढ हप्तापछि नै यसको बिक्री सुरु हुनेछ । स्मरण रहोस् एप्पलको परम्परा अनुसार उसले आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गर्दछ र शुक्रबारदेखि बिक्री सुरु गर्दछ ।

आइफोन एट लञ्चको सँगसँगै एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।

आइफोन एटमा फेस सेन्सर लक तथा इन्डक्टिभ चार्जिङ लगायतका फिचर हुनेछन् ।

Source: OnlineKhabar
झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन

झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन

झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन

दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, धेरै फिचर्सहरु होस र ब्याट्रीले पनि लामो समयसम्म साथ दियोस् भन्ने चाहाना सबैको हुन्छ।

त्यहीअनुसार स्मार्टफोन कम्पनीहरुले यस्ता चाहनालाई ध्यानमा राखेर फोनको निर्माण गरेका हुन्छन्। तर हामीले फोन चलाउँदा गर्ने धेरै गल्तीले भने स्मार्टफोनको आयु कम गर्न भूमिका खेलिरहेका हुन्छन्।

जानी नजानी हामीले फोन प्रयोग गर्दा गर्ने गल्ती हटाउने हो भने फोनलाई धेरै वर्षसम्म बिग्रनबाट जोगाउन सकिन्छ।

रातभरी चार्जिङ

हामी मध्ये धेरैको बानी हुन्छ फोन चार्जमा राखेर निदाउने। हाम्रो बिजुलीबाट निस्कने करेन्टको प्रवाह एक समानको हुँदैन। त्यसैले यसरी रातभरी फोन चार्जमा राख्ने र बिहान निन्द्रा खुलेपछि मात्र चार्जबाट हटाउँदा त्यसले फोनको ब्याट्री तथा चार्जरमा असर पुर्याउने गर्छ र दुवैको आयुमा कमी ल्याउँदछ।

मेटल कभरको प्रयोग

फोन झरेमा टुटफुट नहोस् भन्ने उद्देश्यले फोनमा कभर हाल्ने गरिन्छ। त्यसैले फोनको सुरक्षा कवज अझ बलियो हुनुपर्छ भन्दै ‘मेटल कभर’ प्रयोग गर्ने गरिन्छ। मेटल कभरले फोनमा भएको एन्टेनाले राम्रोसँग काम गर्न पाउँदैन, जसले गर्दा फोनको नेटवर्कमा समस्या देखिने गर्छ।

नक्कली चार्जर तथा एयरफोनको प्रयोग

जुनसुकै कम्पनी वा जस्तोसुकै भएपनि चार्जर खाली छ भने फोनमा जोडिहाल्ने धेरैको बानी हुन्छ। कुनै ब्राण्डको फोनमा पिन ढिला बनाइएको हुन्छ भने कुनैमा छोटो त कुनैमा लामो। त्यसरी आफ्नो कम्पनी बाहेकको एयरफोन जोड्ने गर्नाले स्लट बिग्रिने धेरै सम्भावना रहन्छ।

बारम्बार रुट गर्दा

बारम्बार रुट गर्नु फोनका लागि निकै हानिकारिक मानिन्छ। धेरै रुट गर्दा फोनको ‘फङ्सनीङ’ पहिले जस्तो रहँदैन। त्यसरी रुट गर्दा फोनले धेरै पटक ‘वार्निङ’ समेत दिने गर्छ। रुट गर्दा फोनको इन्टरनल ड्यामेज हुन सक्ने पनि उत्तिकै सम्भावना रहने गर्छ।

लामो समयसम्म फोन स्वीच अफ नहुँदा

धेरैलाई फोन ‘स्वीच अफ’ भएको मन पर्दैन। ‘अफ’ नभई लगातार फोनले काम गर्दा यसको कार्यक्षमता घट्दै जान्छ। त्यसैले हप्तामा एक पटक फोनको पुरै ब्याट्री सकिएर अफ हुन दिनु पर्छ। त्यस्तै विभिन्न एपमा रहेको क्यासलाई पनि बेला बेला ‘क्लीयर’ गर्ने गर्नुपर्छ।

एप डाउनलोडमा असावधानी

एन्ड्रोइड फोनमा कहिले ब्लुटथ, कहिले कम्प्युटर त कहिले मेमोरी कार्डबाट हामी एपहरु डाउनलोड गरिरहेका हुन्छौँ। त्यस्तै प्लेस्टोरबाट ‘अनसेक्योर्ड सोर्स’ बाट समेत एप इन्स्टल गर्ने गर्छौँ।

यसो गर्दा ‘थर्ड पार्टी एप स्टोर’ तथा ‘साइड लोडिङ’ को कारणले फोनमा भाइरस आउने खतरा रहन्छ। यी भाइरसले फोन स्लो बनाउनुका साथै लोकेसन ट्रयाक तथा डाटा समेत चोरी गर्ने गर्छन्। त्यसैले एप डाउनलोड गर्नुपूर्व सावधानी अपनाउने गर्नुपर्छ।

Source: OnlineKhabar
Android 8.0 Oreo: List of compatible devices, how to install the update, and more

Android 8.0 Oreo: List of compatible devices, how to install the update, and more

Android 8.0 Oreo: List of compatible devices, how to install the update, and more

Here’s a comprehensive tutorial on how to install Android 8.0 Oreo on your device via Beta program and Factory Images. Also, check out the list of compatible devices and ones slated to receive the update.

Google on Tuesday announced the roll out of public version of its latest iteration of Android, Oreo. Like always, the latest update will first hit only a select list of devices such as Nexus 5X, Nexus 6P, Google Pixel, Pixel XL, and Pixel C. Google has also confirmed that the Android 8.0 Oreo update will be available to non-Google smartphones soon.

While Android Oreo has gone official, a lot of users are still waiting for the Over-the-Air (update). Google expects to “start rolling out in phases over the next several weeks.” If you cannot wait for the OTA update and want to upgrade to Android 8.0 Orea rightaway, here’s everything you need to know.

Compatible devices

Google has announced the update for the following devices:

# Nexus 5X

# Nexus 6P

# Google Pixel

# Google Pixel XL

# Pixel C

# Nexus Player

It is worth pointing out that some non-Google smartphone users can also expect the Android 8.0 update soon. “By the end of this year, hardware makers like Essential, Huawei, HTC, Kyocera, LG, Motorola, HMD Global Home of Nokia Phones, Samsung, Sharp and Sony are scheduled to be launching or upgrading new devices to Android 8.0 Oreo,” said Google in a blog post.

Nokia has already confirmed that all its smartphones – Nokia 3, Nokia 5, Nokia 6 and Nokia 8 – will receive the Android O update. Samsung and LG, traditionally, roll out the latest software upgrades to their flagship smartphones first. Therefore, users of Samsung Galaxy S8, Galaxy S8+ and LG G6 can expect the upgrade by end of this year.

Indian smartphone brand Micromax has also confirmed that its latest smartphone Canvas Infinity will receive the Android 8.0 update in the future. Lenovo’s K8 Note is also slated to receive the update.

Asus has promised Android O update for its ZenFone 3 and the recently-announced ZenFone 4 series. The latest Asus ZenFone 4 series includes following models: ZenFone 4, ZenFone 4 Pro ZenFone 4 Selfie, ZenFone 4 Selfie Pro, ZenFone 4 Max, and ZenFone 4 Max Pro.

OnePlus has promised the Android 8.0 update for its OnePlus 5 and older OnePlus 3 and 3T smartphones.

How to install the update

Via Beta program

One of the easier and safer ways is to wait for the OTA update. If you cannot, sign up with Android Beta Program and enroll your device to check eligibility of your hardware. Click on agree to terms of Beta program and check for an update on your device. The update is almost instantaneously available.

Via system images

Google has also rolled out system image files for Android 8.0 Oreo. You can download the system images on your compatible smartphone here.

The process is quite tedious and requires lot of patience. Therefore, don’t forget to keep a back up of your data before flashing your smartphone. Read Google’s warning: “Installing this factory image will erase all data from the device. While it may be possible to restore certain data backed up to your Google Account, apps and their associated data will be uninstalled. Before proceeding, please ensure that data you would like to retain is backed up to your Google Account.”

If you have already backed up your data, here’s what you need to do.

# Go to About Phone under Settings and tap seven times on the Build Number.

# Tap on USB debugging and unlock your device.

# Connect your device to PC via the USB cable.

# Launch command window on your PC.

# Enter bootloader mode by entering following command: adb reboot bootloader.

# Enter this command: fastboot flashing unlock

# Give confirmation to the unlock message by pressing volume up to select the Yes option and power button to proceed.

# Type fastboot reboot to get the device rebooted into bootloader mode.

# Your device will reboot to Android 8.0 Oreo OS.

हेर्नुहोस ! घर बसी-बसी मोबाइलबाट बिजुलीको बिल कसरी भुक्तानी गर्ने ?

हेर्नुहोस ! घर बसी-बसी मोबाइलबाट बिजुलीको बिल कसरी भुक्तानी गर्ने ?

हेर्नुहोस ! घर बसी-बसी मोबाइलबाट बिजुलीको बिल कसरी भुक्तानी गर्ने ?

नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल तिर्न लाइन लाग्नुपर्ने र सेवा केन्द्र धाउनैपर्ने बाध्यताको अन्त्य गर्दै अनलाईन भुक्तानी प्रणली लागू गर्ने भएको छ। बिजुली बिलभन्दा बढी खर्च गरेर कतिपय ठाउँमा बिल तिर्न उपभोक्ताहरू जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राधिकरणले भोलिदेखि उपत्यकाबाट मोबाइल तथा वेबबाट बिल भुक्तानी सेवा आरम्भ गर्न लागेको हो।

विद्युत प्राधिकरणका अधिकारीसहित आइतबार ऊर्जा मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि उपत्यबाट मोबाइल भुक्तानी प्राणाली सुरु गर्ने निर्णय गरेको उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले जानकारी दिए।

उपभोक्ताको सुविधा र पारदर्शी राजश्व संकलनलाई सुनिश्चित गर्न मोबाइल तथा अनलाईन भुक्तानी प्रणाली लागू गर्न लागिएको उनले सेतोपाटीलाई बताए।

‘म मन्त्री भएदेखि नै यो प्रक्रियाको बारेमा सोधखोज गरेको थिए’ उनले भने,‘कतिपय स्थानमा उपभोक्ताले बिलभन्दा बढी खर्च गरेर सेवा केन्द्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वससहित भोलिदेखि हामी यसलाई लागू गर्दैछौं।’

विद्युत प्राधिकरणले गएको जेठ २९ मा भुक्तानी प्रणाली सञ्चालन गर्न इच्छुक कम्पनीबाट प्रस्ताव माग गरेको थियो। उक्त प्रक्रियामा गएकामध्ये ९ कम्पनीसँग प्राधिकरणले सम्झौता गरिसकेको छ।

जसमा रेमिट्यान्स कम्पनी सिटी एक्स्प्रेस, डिजिटल वालेट इसेवालगायत बैंकहरुसँग सम्झौता भएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। यसका साथै आइएमइ पेसहित अर्को सेवाप्रदायकगरी थप दुई वटासँग तत्कालै सम्झौताको तयारी भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

कुनै पनि ग्राहकहरुले सेवा किनिसकेपछि त्यसको भुक्तानीको लागि दुःख पाउनुपर्ने बिडम्बना रहेको भन्दै यसलाई अन्त्य गर्न देशका दुरदराजका ग्राहकलाई सहज होस भनेर यो प्रणाली सुरु गर्न सुरुदेखि नै आफू केन्द्रित भएको मन्त्री शाहीको भनाइ छ।

ग्राहकहरुले विभिन्न सेवाप्रदायकबाट तिरेको रकम प्राधिकरणको खातामा जम्मा हुने र त्यसबाट एकातिर पारदर्शिता हुने अर्कोतिर ग्राहकले सुविधा पाउने मन्त्रीको विश्वास छ।

नेपाल विद्युत प्राधिकरणका प्रत्येक ग्राहकले आफ्नै मोबाइल, बैंक खाता र नजिकै रहेका सेवाप्रदायकका काउन्टरबाट भुक्तानी गर्नसक्ने व्यवस्था भएबाट प्राधिकरणको काउन्टरमा लाइन बस्नुपर्ने समस्याबाट मुक्ती मिल्ने र अर्कोतिर यसले ग्राहकको समय पनि बचत हुने उनको भनाइ छ।

‘सेवा पनि बेच्ने, ग्राहकलाई दुःख पनि दिने अनि मनपरी तरिकाले रकम उठाउने, जम्मा गर्ने भएपछि कसरी व्यापार सुदृढ हुन्छ?’ मन्त्री शाहीले भने,‘ग्राहकलाई सकेसम्म बढी सुविधा र त्यो पनि पारदर्शी भएपछि बक्यौता रहने झन्झट पनि रहँदैन।’

कसरी हुन्छ? भुक्तानी

विद्युत महसुल भुक्तानीको लागि स्वीकृत पाएको मध्येको एक ईसेवाका अनुसार प्राधिकरणको ग्राहकसँग भएको बैंक खाता, ईसेवा खाता वा दुवै नभएमा नजिकै भएको ईसेवा एजेन्टको बाट भुक्तानी गर्नसक्ने छन्।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गल अनिलका अनुसार हाल इसेवाबाट इन्टरनेट, हवाई जहाजको टिकट तथा अन्य सेवा तथा वस्तुको खरिदमा भुक्तानी गरेजस्तै विद्युत महसुल पनि तिर्नसक्नेछन्।

यसबा घरघरमा गएर प्राधिकरणको मिटररिडरले बिल झुन्ड्याउन पनि नपर्ने अधिकारीहरुले बताएका छन्।

ईसेवाका अनुसार ईसेवामा हुने विद्युत महसुल बटममा क्ल्लिक गरेपछि त्यसमा ग्राहक नम्बर थिच्नेवित्तिकै ग्राहकको नाम, तिर्नपर्ने बक्यौता आउने र त्यही अनुसार ईसेवा अथवा बैंक खाताबाट प्राधिकरणको खातामा पैसा जाने छ।

भुक्तानी प्रणाली अनलाई वा अफलाइन भन्ने कुरा सेवाप्रदायकको भुक्तानी प्रणालाीमा भर पर्छ। जस्तो इसेवाले अफलाइन सेवा पनि दिइरहेको छ।

Source: Setopati
टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने, यस्ता छन् शर्त

टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने, यस्ता छन् शर्त

टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने, यस्ता छन् शर्त

टि्वटरका प्रयोगकर्ताहरुले सर्वसाधारणको एकाउन्ट भेरिफाई गर्ने प्रणाली अपनाउन सो कम्पनिलाई लामो समयदेखि दवाव दिँदै आएका थिए ।

अहिलेसम्म टि्वटरले एकाउन्ट भेरिफाई गर्ने सुविधा सेलिबि्रटी, स्पोर्ट्सपर्सन, पत्रकार र आफूले इच्छाएका व्यक्तिलाई मात्र दिएको छ । भेरिफाइड अकाउन्टको जनाउ दिन एकाउन्टको निलो पृष्ठभूमिमा सेतो टिक लगाइन्छ ।

अब यो सेतो टिक सम्पूर्ण प्रयोगकर्ताहरुले हासिल गर्न सक्नेछन् । एउटा मामुली र्फम भरेर उनीहरुले आफ्नो एकाउन्टको भेरिफिकेसनका लागि आवेदन गर्नुपर्ने छ । ‘तर, सबै आवेदकहरु सफल हुँदैनन् । जसले प्रमाण पुर्‍याउन सक्छ उसैको एकाउन्ट भेरिफाइड हुन्छ,’ टि्वटरमा प्रकाशित गरिएको एक ब्लगमा भनिएको छ ।

यसअघि पनि टि्वटरले एकाउन्ट भेरिफाइका लागि आवेदन गर्न प्रयोगकर्ताहरुलाई खुला गरेको थियो, तर थेगिनसक्नु गरी आवेदन आएपछि त्यो फिचर बन्द गरेको थियो ।

कसरी आवेदन गर्ने ?

प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण कम्पनीमा पठाउनुपर्छ । बढिभन्दा बढि सूचना भएका टि्वटर एकाउन्ट भेरिफाइड हुने सम्भावना बढि हुन्छ ।

एउटा अनलाइन र्फमबाट प्रक्रिया सुरु हुन्छ । यसमा एकाउन्टसँग जोडिएको फोन नम्बर, इमेल एड्रेस, बायोग्राफी, प्रोफाइल फोटो र हेडर फोटो, बर्थ डे, एउटा वेवसाइट उल्लेख गर्नुपर्छ ।

यतिले मात्र पुग्दैन । कम्पनीले तपाईंको एकाउन्ट के कारणले भेरिफाई गर्न चाहनुहुन्छ भनेर सोध्नेछ । त्यसको चित्तबुझ्दो जवाफ दिनु आवश्यक पर्छ ।

टि्वटरले भनेको छ, ‘आवेदन गर्दा तपाईंले आफ्नो पहिचान पुष्टी गराउनका निम्ति सरकारद्वारा जारी परिचय पत्र -जस्तै, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स) को प्रमाणित कपि समावेश गर्नुपर्ने छ ।’

यो पनि भनिएको छ कि इच्छुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल र हेडरमा सही नाम र फोटो राखुन् । भेरिफाइड हुन खोजिरहेको कुनै कर्पोरेट एकाउन्ट कम्पनी सम्वद्ध इमेल एड्रेससँग जोडिएको हुनुपर्छ ।

टि्वटरले कति संख्यामा प्रयोगकर्ताहरुलाई भेरिफाईड गर्ने भन्ने प्रष्ट पारेको छैन । अस्वीकृत हुनेहरुले एक महिनापछि पुन आवेदन दिन सक्छन् ।

नोकिया कम्पनीले सार्वजनिक गर्यो नोकिया एट स्मार्टफोन जसमा दुबै क्यामराले एकसाथ भिडियो खिच्न सकिन्छा

नोकिया कम्पनीले सार्वजनिक गर्यो नोकिया एट स्मार्टफोन जसमा दुबै क्यामराले एकसाथ भिडियो खिच्न सकिन्छा

नोकिया कम्पनीले सार्वजनिक गर्यो नोकिया एट स्मार्टफोन जसमा दुबै क्यामराले एकसाथ भिडियो खिच्न सकिन्छा

बहुप्रतिक्षित नोकिया एट स्मार्टफोन लञ्च भएको छ । नोकियाको ब्राण्ड स्वामित्व ग्रहण गरिरहेको एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्लागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो ।

५ सय ९९ युरो मूल्य तोकिएको नोकिया ८ सेप्टेम्बरको सुरुदेखि नै बजारमा आउने बताइएको छ । एप्पललको नयाँ आइफोन अगाडि नै नोकिया ८ बजारमा पठाउने लक्ष्य एचएमडीको छ । साथै अर्को महिना ग्यालेक्सी नोट ८ सार्वजनिक गर्ने तयारी गरिरहेको सामसुङलाई पनि टक्कर दिने योजना उसको छ ।

नोकिया एट विश्वको यस्तो पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कर्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल क्यामरा मोड रहेको छ । जस अनुसार यो फोनका दुबै क्यामराबाट एकसाथ फोटो र भिडियो खिच्न सकिन्छ । नोकियाले यस फिचरलाई बोथी नाम दिएको छ । यो प्रविधि फेसबुक र यु ट्युबमा रियल टाइम ब्रोडकास्टिङमा निकै काम आउने देखिएको छ । यस फिरमा डिस्प्लेमा स्क्रिन स्प्लिट गरेर दुबैतर्फका क्यामराका भिजिुअल देख्न सकिनेछ एकसाथ । भिडियो निर्माताहरुका लागि यो फिचर अति उपयोगी हुने दाबी कम्पनीको छ ।

स्मार्टफोन क्यामरामा सेल्फी फिचर्सलाई महत्त्व दिने गरिएकोमा नोकियाले बोथी नामबाट नयाँ ट्रेण्ड स्थापित गर्न खोजेको छ । यो फोनको अर्को महत्वपूर्ण फिचर इशय ब्गमष्य पनि हो । यसमा तिनवटा माइक्रोफोन छन् जसले ३६० डिग्री आवाज क्याप्चर गर्दछ । ओजो नोकियाको महंगो रियालिटी क्यामरा हो जसलाई हलिउड फिल्म स्टुडियोहरुले प्रयोग गर्ने ग्रेका छन् । नोकिया एटमा सोही प्रविधि प्रयोग गरिएको छ ।

नोकिया एटमा ५.३ इन्चको क्यूएचडी डिस्प्ले रहेको छ । पछाडि पट्टि १३ मेगा पिक्सेलका डुअल क्यामरा छन् भने फ्रन्ट क्यामरा पनि १३ मेगापिक्सेलकै छ । यो फोन विभिन्न चार रंगमा उपलब्ध हुनेछ ।

नोकिया एटमा गुगलको सबैभन्दा पछिल्लो एन्ड्रोइड अपरेटिंग सिस्टम एन्ड्रोइड ओको प्रयोग हुनेछ । नोकिया एटमा विशुद्ध एन्ड्रोइड रहनेछ र अपरेटिङ सिस्टम सफ्टवेयरमा कुनैपनि मोडिफाइ गरिनेछैन ।

नोकिया एटमा आल्मुनियम बडी रहनेछ । नोकियाले फोटो र भिडियोका लागि गुगल फोटोजका माध्यमबाट अन लिमिटेड स्टोरोज प्रदान गर्ने बाचा गरेको छ । यसमा क्वालकोमको लेटेस्ट प्रोसेसर स्नापड्रागन ८३५ प्रयोग गरिएको छ भने ४ गिगाबाइटको र्याम रहेको छ । ६४ जिबीको इन्टर्नल मेमोरी रहेकोमा त्यसलाई माइक्रो एसडी कार्ड मार्फत २५६ जिबी सम्म बढाउन सकिन्छ ।

३०९० मिलि एम्पियर आवर क्षमताको ब्याट्रीले क्विक चार्जिंग सपोर्ट गर्दछ । यो फोनमा फोर जी एलटीइ नेटवर्क पनि चल्दछ ।

यो फोनमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ । सिंगल र डुअल सिम दुबै मोडेलमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ ।

बोलेको कुरा स्वतः टाइप हुने गुगल सेवा अब नेपालीमा पनि

बोलेको कुरा स्वतः टाइप हुने गुगल सेवा अब नेपालीमा पनि

बोलेको कुरा स्वतः टाइप हुने गुगल सेवा अब नेपालीमा पनि

काठमाडौं । के तपार्इ आफूले बोलेको कुरा स्वतः टाइप होस् भन्ने सोच्नुहुन्छ ? यदि त्यस्तो सोच्नुभएको थियो भने अब नेपाली भाषामै यो सेवा उपलब्ध भइसकेको छ ।

गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।

गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ ।

थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ ।

बोलेको कुरा स्वत टाइप हुने बनाउन गुगलले निकै मेहेनत गरेको छ । यसका लागि उसले नेपाली भाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन भनी नमुना संकलन गरेको छ । त्यही आधारमा उसले मेसिन तयार गरी आफैं टाइप हुने सुविधा तयार गरेको हो ।

यो सेवा प्रयोग गर्न तपार्इले गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आबाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा तपार्इले कपी गरी सोसल मिडिया तथा इमेलमा पेष्ट गर्न सक्नुहुन्छ ।

एप्पलले यसैबर्ष आइफोन ८ बजारमा ल्याउने, यस्ता हुनेछन् विशेषता

एप्पलले यसैबर्ष आइफोन ८ बजारमा ल्याउने, यस्ता हुनेछन् विशेषता

एजेन्सी, साउन १३—आइफोन, यसको ‘क्रेज’ अन्य कुनै ब्रान्डका फोनभन्दा बढी छ। वर्षमा एक सिरिजका दुई मोडलका फोन बजारमा ल्याउने एप्पलले यसवर्ष आइफोनको १० औं वार्षिकोत्सव मनाइरहेको छ।

प्रविधि सम्बन्धी समाचार प्रकाशन गर्ने म्याकवर्ल्डका अनुसार कम्पनीले हालसम्म १५ वटा आइफोन ल्याइसकेको छ। सुरुआतको आइफोनदेखि ७ प्लससम्म आइपुग्दा यसका स्वरुप, फिचर र प्रविधिमा धेरै परिवर्तन भएका छन्।

र्षैपिच्छेका मोडल अनुसार भने धेरै वद्लाव ल्याउन नसकेको आरोप कम्पनीले खेप्दै आएको छ। यसका बावजुद आइफोन भनेपछि हुरुक्कै हुने प्रयोगकर्ता विश्वका प्रायः सबै देशमा छन्।यसवर्ष कम्पनीले आइफोन ८ लिएर आउँदैछ। आफ्नो १० औं वार्षिकोत्सवमा आइफोन निकै अलग भएर आउने अनुमान सबैले गरेका छन्।

विगतका वर्षमा झैं यसवर्ष पनि आइफोन सेप्टेम्बरमै सार्वजनिक हुने पक्कापक्की छ। लामो समयदेखि नै चर्चा बटुलेको आइफोन ८ कस्तो हुनेछ भन्नेबारे प्रविधि सम्बन्धी समाचार प्रकाशन गर्ने समाचारमाध्यमले बारम्बार उल्लेख गर्दै आएका छन्।

बाहिर सार्वजनिक भएका केही फिचर, अनुमान र विश्लेषणका आधारमा आइफोन ८ कस्तो हुनेछ भन्ने उनीहरुले उल्लेख गरेका छन्।

आइफोन ८ कस्तो हुनेछ ?

होम बटनः नयाँ आइफोनको बाहिर सार्वजनिक भएका डिजाइनका फाटो हेर्दा सबैभन्दा ध्यान जाने कुरा होम बटनमा हो। आइफोनका प्रायः सबै मोडलमा भएको होम बटन यसमा हुनेछैन।

वायरलेस चार्जिङः यसमा वायरलेस चार्जिङ प्रविधि हुनेछ। अर्थात् यस्तो प्रविधिमा चार्ज गर्ने कुनै प्याड हुन्छ जसमाथि राखेर सिधै चार्ज गर्न सकिन्छ। चार्जरलाई प्लगमा लगेर जोडिरहन पर्दैन। तारबिहीन चार्जिङ सुविधा आइफोनमा पहिलोपटक हो।

कर्भ्ड एमोलेड डिस्प्लेः हामीले देख्दै आएको सामसुङ सेभेन एस एजको झैं यसको स्क्रिनको छेउ मोडिएको हुनेछ। यसमा ५.८ इन्चको स्क्रिन हुनेछ। यसको डिस्प्ले पूरा स्क्रिन भर हुनेछ।

दुई क्यामराः यसको अगाडि एक र पछाडि दुई वटा क्यामरा हुनेछ। यो फिचर आइफोनमा पहिलोपटक आउँदैछ।

मूल्यः यो हालसम्मकै महँगो आइफोन हुनेछ। यसको मूल्य एक हजार अमेरिकी डलर भन्दा बढी पर्नेछ। एक नयाँ प्रतिवेदनले यसको मूल्य ११ सयदेखि १२ सय अमेरिकी डलर पर्नसक्ने बताएको छ। यो भनेको एक लाख १० हजार रुपैयाँभन्दा बढी हो। यसमा हुने चिपसेटका कारण यो महँगो हुने बताइएको छ।

मेमोरीः पहिलेका आइफोन १६, ३२ र ६४ जीबीमा उपलब्ध थिए। आइफोन ८ भने १२८ र १२६ जीबीमा आउनेछ।

सुरक्षा फिचरः यसमा टच आइडी सेन्सर र फेस स्क्यानिङ प्रविधि हुनेछ। यसको अर्थ यसले अनुहार र औंलाको छुवाइ स्क्यान गरी फोन सुरक्षित राख्न मद्दत गर्छ।

डस्ट एण्ड वाटर प्रुफ हुने : धुलो र पानीले असर नगर्ने (डस्ट एण्ड वाटर प्रुफ) हुनेछ। तर, आइफोन ७ को तुलनामा पानीले असर नगर्ने क्षमता यसमा बढाइनेछ।यसमा हेडफोन ज्याक हुनेछैन।

यी फिचरहरूमा केही परिवर्तन हुन सक्नेछन्। आइफोन ८ को क्यामरा विशेषता, ब्याट्री क्षमताबारे भने हालसम्म कुनै जानकारी बाहिरिएको छैन।

एप्पलले यसैबर्ष आइफोन ८ बजारमा ल्याउने, यस्ता हुनेछन् विशेषता