महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

SHARE

महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ स्मार्ट सिटी कार ‘इ टु ओ प्लस’ बजारमा ल्याएको छ ।

ललितपुरमा एक भब्य कार्यक्रम गरेर नेपालका लागि आधिकारिक विक्रेता अग्नी समूहले इलेक्ट्रिक नयाँ स्मार्ट सिटी कार इ टु ओ प्लस बजारमा ल्याएको हो । महिन्द्राले यसअघि नेपाली बजारमा इटुओ इलेक्ट्रिक कार बजारमा ल्याएको थियो ।

**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l

नेपाल सरकारले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेको भन्दै उनले धन्यवाद दिए। वातावरण मैत्री यो कार न्युनतम मुल्यमा संचालन गर्न सकिने उनले बताए।

अग्नी समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले महिन्द्रासँगको २५ वर्षदेखि गौरवमय सहकार्यका साथ अगाडि बढेको बताए। ‘हामीले नेपालमा विद्युतीय सवारी साधन विगतदेखि नै ल्याएका थियौं, ‘ उनले भने ‘ भविष्यमा इन्धनको चरम संकट तथा वातावरण प्रदुषणजस्ता कारणले गर्दा यो कार ग्राहकको पहिलो रोजाइमा पर्ने मैले विश्वास लिएको छु ।’

यो कारको मुल्य ३१ लाख रुपैयाँ तोकिएको छ। कार किन्न चाहनेहरुलाई १ लाख छुटको व्यवस्था अग्नी समूहले गरेको छ। यो कार विभिन्न चार रंग निलो, स्पार्किङ रेड वाइन, आर्सेनिक सिल्भर र सेतो रंगमा उपलब्ध छ।

**यो पनि पढ्नुहोस** : रोयल इन्फिल्ड (बुलेट) बाइक किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य

विशेषता

१, एक पटक चार्ज गरेपछि १ सय ४० किलोमिटर कुद्ने, ९० मिनेटमा फुल चार्ज हुने

२, ८५ किमि प्रतिघन्टाको दरले दौड्ने

३, अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग

४,आकर्षक डिजाइन, पर्याप्त स्पेस, ४ जना अट्ने

५,घरमा चार्ज गर्न सकिने

६,किफायती

**यो पनि पढ्नुहोस** : यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक (तस्बिर सहित)

७, कारलाई टाढैबाट कुलिङ गर्ने प्रविधि जडान

८,स्मार्टफोन एप्स

सेतोपाटिको सहयोगमा

SHARE

Author: verified_user

0 comments: