
चितवनमा दुई बस ठोक्किदा ३ को मृत्यु, २४ घाइते
२४ भदौ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा दुई बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ४४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर २१ मिनेट जादा । दिनमान ३१ घडी ३२ पला ।
नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्किएको हो ।
**यो पनि पढ्नुहोस** : आइफोन ८ को मुल्यले राख्यो विश्व रेकर्ड ! हेर्नुहोस यसको मुल्य
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।
दुवै बसका चालक घाइते भएका छन् ।
Source: OnlineKhabar.com
0 comments: