“केपिलाई नपढेका भन्नेहरुले एक चोटि यो अवश्य पढ्नुस नत्र पछुतो हुनेछ !"

SHARE

“केपिलाई नपढेका भन्नेहरुले एक चोटि यो अवश्य पढ्नुस नत्र पछुतो हुनेछ !"

मिन बहादुर पण्डित । केपिलाई नपडेका नेता भन्नेहरुले त् भगवान बुद्ध कुन कलेज पढेको हो ? के डिग्री थियो ? उनको ज्ञानको आधार के थियो, त्यशैले उनको ग्यान किन मान्ने भनेर भन्न बेर छैन । स्मरण रहोस भगवान बुद्धको जिबन र ज्ञानको बारेमा PHD गर्नेहरु पनि धेरै छन् । (महान मूर्तिकार अरनिको संग पनि कुनै डिग्री थिएन ) बाल्मिकी, भानुभक्त, मोतीराम भट्ट पनि घरमै स्व-अध्यन गरेर महान कबि र लेखक भएका हुन् ।

**यो पनि पढ्नुहोस** : के तपाइको हातमा चक्र र शंख छ ? कुन औला मा हुदा कस्तो फल दिन्छ थाहापाउनुहोस् आफ्नो भाग्य ?

संसारमा स्कुल कलेज नदेखेका धेरै मान्छेहरु बिश्व प्रसिद्ध छन् । (तेश्रो डिभिजनमा यस.यल.सी पास गरेका महात्मा गान्धीका कयौ बाणीहरु महान र बिश्व प्रसिद्ध छन् ) ओलीले पनि १४ बर्ष जेल बस्दा धेरै स्व-अध्यन गरेका छन् । ओली संग डिग्री नभए पनि धेरै राम्रो संग English बोल्न सक्छन । बिदेसी फोरम र कार्यक्रमहरुमा मौखिक रुपले नै घन्टौ भासण र सम्बोधन गर्न सक्छन, अनी चित्त बुझ्दो जवाफ पनि दिन सक्छन ।

तर पडे-लेखेका भनौदाहरु त्यस्ता फोरममा गएर अर्काले लेखि दिएको भासण पढेर सुनाउछन, अनि लाटो देशको गाँरो तन्नेरी बनेर फर्किन्छन ) त्यशैले डिग्री कागजमा होइन बेवाहरमा देखिनु पर्छ । ( ४० लाख बिदेशिएका युबाहरु पनि उच्च सिक्षा लिने रहर हुदा हुदै बाध्यताले खाडीपसेका छन । यदि आर्थिक स्थिति राम्रो भएको भए के तिनीहरुलाई डिग्री लिने रहर थिएन होला र ? ) बाध्यता र परिस्थिले पडन नपाए पनि बौदिक जगतमा ओलीलाई च्यालेन्ज गर्न सक्ने मान्छे साएद बिरलै होलान । यदि ओली भन्दा ट्यालेन्ट कोहि छ भने

**यो पनि पढ्नुहोस** : अब बार्सिलोनाको साटो नेपाल नै मेरो पहिलो घर !

राजनीतिमा आएर आफुलाई अब्बल देखाउन चुनौती छ । होइन भने डिग्रीको फोश्रो घमण्ड नगर्दा हुन्छ । ((दिप छिरिङ्ग लामा मार्फत मेलम्चीमा भ्रस्टचार आरोप लागेर ९ जेल परेका देउवा प्रम छन्, तर ओली भ्रस्टचार केसमा होइन पंच्यायत बिरुद्ध लाग्दा १४ बर्ष जेल परेका हुन् )) डिग्रीले मात्र देश प्रेम दिन सक्दैन, त्यो त् अन्तर मन बाट उत्त्पन्न हुन् पर्ने कुरा हो ।

नेपालमा डिग्री लिएका धेरै देश-द्रोही धमिराहरु अस्तित्वमा छन् । तिनीहरुले देशको लागि केहि गर्न नसके पनि तर्कलाई बंग्याउने खुबी भने खुबै छ । डिग्री भनेको तर्कलाई बंग्याउने खुबी हुनु मात्र हो ? ओलीको बिचारमा दार्सनिकता झल्किन्छ, त्यसलाई उखान टुक्का सम्झेनेहरु सीक्षितका नाममा कलंकहरु हुन् । सत्य र वास्तविकतालाई स्वीकार्न सक्नु पर्छ ।

(सर्बगुण सम्पन्न मान्छे संसारमा कोहि पनि हुदैन, केपिका पनि कयौ कमजोरीहरु होलान, तर नराम्रो पक्षको होइन राम्रो पक्षको पल्ला भारि हुनु पर्दछ ) नराम्रो कामको आलोचना गर्नेले राम्रो कामको तारिफ गर्न पनि सक्नु पर्दछ । सबैकुरा नाप्ने तराजु एउतै हुदैन । कशैको पडाइ राम्रो होला, कशैको लेखाइ राम्रो होला, कशैको बोलाइ राम्रो होला, कशैको काम गराई राम्रो होला, कुरा त्यत्ति हो । हामीलाई अहिले पडाइ राम्रो भएको नेता भन्दा काम गराई राम्रो नेता चाहिएको छ ।

**यो पनि पढ्नुहोस** : हुलासले ल्यायो विद्युतीय कार, खुल्यो सोरुम, मूल्य कति ?

अहिलेलाइ नेपाली राजनीतिक जगतमा त्यस्तो नेता ओली भन्दा अब्बल अरु देखिदैन । यो मेरो दाबा होइन स्थानीय निर्वाचानको जनमतले प्रमाणित गरेको कुरा हो । सत्य र बास्तबिकता कशैले माने पनि, नमाने पनि परिबर्तन हुदैन । त्यशैले सोचाइ परिबर्तन नगरी देशमा परिबर्तन आउदैन ।

SHARE

Author: verified_user

0 comments: