मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
७ भदौ, रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
दोरम्वा गाउँपालिका वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ससुरा विरामी भएपछि हेरचाह गर्न दोरम्वा-६ मा रहेको ससुराको घरमा पुगेका बुढाले मंगलबार राती मोवाइल चार्जमा राखेर सुतेका थिए ।
राति बत्ती गएपछि पुनः विहान मोवाइल चार्जमा राख्न खोज्दा उनलाई करेन्ट लागेको बताइएको छ ।
बुढालाई उपचारका लागि काठमाडौंमा रहेको शिक्षण अस्पतालमा ल्याइपुर्याएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।’