प्रदेश राजधानी माग्दै रुपन्देहीमा एक घण्टा चक्काजाम
२० पुस, बुटवल । प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गर्दै रुपन्देही कांग्रेसले एक घण्टा चक्काजाम गरेको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काजाम गरेको हो । बिहान बिद्यालय जाने र कार्यालय जाने समयमा गरिएको चक्काजामले बिद्यार्थी र कर्मचारी बढी मारमा परे ।
बुटवलको अस्पताललाइनमा आयोजित बिरोधसभामा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापती हरि लम्सालले सरकारले राजधानी रुपन्देही बाहिर लगे जनताले सिंहदरबार घेर्ने बताए । उनले थप आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
नगर सभापति खेलराज पाण्डेले बुटवलमा प्रदेश राजधानी नभएसम्म नेपाली कांग्रेस अव संघर्षको मैदानबाट नफर्किने बताए ।
सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।
प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।
सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।
५ पुस, काठमाडौं । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।
ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।
उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलीले जानकारी दिए । उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको थियो ।
उनका साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टलको कोठामा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको स्थानीय मिडियालाई बताएका छन् ।
सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ । अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ ।
भतरा प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
माल्दिभ्समा यस्ता सुन्दर रिसोर्ट बनाउने नेपाली इन्जिनियर
माल्दिभ्स– रोजगारीका लागि विदेश गएका नेपालीहरुले श्रम मात्र बेचेको खबर हामीले बढी सुन्ने गरेका छौं। कहिलेकाहीँ आफ्नो सिपको दक्षता देखाएर नेपालीहरुले विदेशमा देशको नाम उच्च राखेको समाचार फाट्टफुट्ट आउने गरेको छ।
यस्तै आफ्नो सिपले माल्दिभ्सलाई सिँगारेर देशलाई गौरवान्वित पार्ने नाम हो, कृष्णप्रसाद चालिसे। जो पेसाले सिभिल इन्जिनियर हुन्।
उनी ९ वर्षदेखि माल्दिभ्समा छन्। यहाँका बन्जर टापुलाई आफ्नो इन्जिनियरिङको कौशलले सिँगारेर उनले सुन्दर रिसोर्टमा ढालेका छन्। चारैतिर समुद्रले घेरेका यस्ता टापुमा रिसोर्ट मात्र होइन, पानीमुनि पनि रेस्टुराँ निर्माण गरेर उनले आफूलाई अब्बल साबित गरिसकेका छन्।
त्यसैले उनलाई माल्दिभ्सको चर्चित निर्माण कम्पनी एट्मोस्फेयर होटेल एन्ड ग्रुपले कतै उम्किनै दिँदैन। उनी आफ्नो कम्पनी छोडेर अन्यत्र जान्छन् भन्ने डरले उनलाई प्रोजेक्ट डाइरेक्टर जस्तो ठूलो जिम्मेवारी सुम्पिएको छ।
एट्मोस्फेयर माल्दिभ्सको यस्तो कम्पनी हो, जसले अरुका लागि रिसोर्टको भौतिक संरचना निमार्ण मात्र गर्दैन, आफैले पनि रिसोर्ट र रेस्टुराँ सञ्चालन गर्ने काम गर्छ। यी दुवै काममा चालिसे खटिने गरेका छन्। करिब ३ हजार कर्मचारीमाथि उनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी हुने गर्दछ।
उनी संलग्न भएर ८ वटा रिसोर्ट, होटेल र रेस्टुराँको संरचना निर्माण भइसकेको छ। जसमा उनले आफ्नो एकल नेतृत्वमा ३ वटा रिसोर्टको काम पूरा गरिसकेका छन्। एउटाको निर्माण कार्य अन्तिम अवस्थामा छ।
उनले निर्माण गरेको रिसोर्टमा अराइभल जेट्टी र जुमेराह धेभानाफुसी पर्छ। युनाइटेड अरब इमिरेट्स (युएई) का राजाको लगानी रहेको भनिएको जुमेराह होटलको विश्वभरि सयभन्दा बढी सञ्जाल भएको बताइन्छ।
यो होटलको संरचना आफैमा लोभलाग्दो छ। चालिसेको सिपले यहाँ मन्त्रमुग्ध नहुने सायदै कोही भेटिएलान्। (तस्बिरमा हेर्नुहोस्)
उनले बनाएको अर्काे सुन्दर संरचना हो, ओजन रिसोर्टको। ससाना जमिनका भूभाग जोडेर बनाइजस्तो यो कलात्मक रिसोर्ट उनको एकल नेतृत्वमा सम्पन्न भएको हो । (तस्बिरमा हेर्नुहोस्)
यी बाहेक ‘ओब्लु वाई एट्मोस्फेयर’ पनि उनको इन्जिनियरिङ क्षमताको उत्कृष्ट नमूना हो।
उनले समुद्रमाथि करिब आधा दर्जन भौतिक संरचना बनाएका छन् नै, समुद्रमुनि पनि रेस्टुराँ निर्माण गरेका छन्। यसमा पर्छ, ओजन रिसोर्ट अन्डरवाटर रेस्टुराँ। (तस्बिरमा हेर्नुहोस्)
काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ग्य्राजुएट गरेका उनले पोस्ट ग्य्राजुएट जर्मनीबाट गरेका हुन्। उनी नेपालमा हुँदा शर्मा एन्ड कम्पनीमा आबद्ध थिए। काठमाडौंमा चलचित्र विकास संस्थानको भवन, कमलादी कमर्सियल कम्प्लेक्स निर्माण हुँदा यो प्रोजेक्टमा उनी पनि संलग्न थिए।
उनले जगदम्बा सिमेन्टको प्रोजेक्ट म्यानेजर भएर पनि केही समय काम गरे।
जर्मनमा पढाइ सकेर देश फर्किएका चालिसे आफ्नै ठाउँमा केही गर्न चाहन्थे। तर, २०६३ सालपछि देशमा फैलिएको राजनीतिक अस्थिरताका कारण उनी नेपाल छोडेर विदेशिए।
भन्छन्, ‘कहिले तराई, कहिले कुन जाति, कहिले कुन दलले बन्द गरेर देश नै लथालिंग भयो। मैले चाहेको काम गर्ने वातावरण देखिनँ। त्यसैले विदेशिने निर्णय गरेँ,’ माल्दिभ्समा नेपाल लाइभसँग छोटो कुराकानी गर्दै उनले भने।
उनी सुरुमा माल्दिभ्स कामको खोजीमा आएका थिएनन्। साथीहरुले घुम्न मात्र बोलाएका थिए। तर, उनलाई यहाँको वातावरणले लोभ्यायो। फेरि आफ्नो सिपको सम्मान हुने देखेपछि बस्ने रहर पलायो।
‘सुरुमा मलाई यहाँ टिक्न गाह्रो पर्यो। जतात्यतै पानी। घरको सम्झनाले ४ महिनामै फर्किने मनस्थितिमा पुगिसकेको थिएँ,’ उनी सम्झिन्छन्।
तर, काम गर्न सुरु गरेपछि बिस्तारै यतै रमाउन थालेको उनी बताउँछन्। ‘मेरो काम उनीहरुले यति मन पराए। फर्किन्छ कि भन्ने डरले जे भन्यो पूरा गरिदिन्थे’, गुल्मीको मुसिकोटबाट माल्दिभ्स आएका चालिसे आफ्नो विगत सुनाउँछन्।
दक्षिण एसियामै भएको हुनाले आवश्यक परेको बेला घर फर्किन सजिलो पर्ने, राम्रो हावापानी, योग्यताको उचित कदर हुने हुनाले आफूलाई माल्दिभ्स मन परेको उनी बताउँछन्।
प्राविधिक जनशक्तिका लागि माल्दिभ्स निकै राम्रो भएको उनको बुझाइ छ। त्यसैले अवसरको खोजी गरिरहेका नेपाली इन्जिनियरका लागि माल्दिभ्स राम्रो गन्तव्य बन्न सक्ने उनी बताउँछन्।
सेवासुविधा राम्रो छ। ढुक्क भएर काम गर्ने वातावरण छ। छुट्टी पनि पाइन्छ,’ उनले भने, ‘एउटा पेसाकर्मीले अपेक्षा गरेका कुराहरु माल्दिभ्समा पूरा हुन्छन्।’
बुटवलमा प्रदेश राजधानीका लागि भवन खोज्दै सरकारी टोली
पुस १, २०७४। रुपन्देही : पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि मन्त्रालय बस्न सक्ने सम्भावित भवनहरुको खोजी भएको छ। क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रीय प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रहरुको अध्ययन गरेको छ।
‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु रहेका छन्,–बुटवलमा भवनको खोजीमा आएका क्षेत्रीय सह प्रशासक गौतमले भने–मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालयहरु बस्नका लागि आवश्यक कार्यालयहरु पर्याप्त भेटिए।’
उनले सरकारी कार्यालय तथा निजी क्षेत्रका ठूला भवनहरुको समेत अवलोकन गरेका छन्। ‘प्रदेशको राजधानी बनाउनका लागि बुटवलमा ठूलो जोडबल देखियो, निजी क्षेत्रले आफ्ना भवनहरु दिनका लागि तयार छन्–उनले भने–बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघले समेत हाम्रा कार्यालयहरु सरकारले उपयोग गर्नसक्छ भनेर लिखित रुपमै दिएका छन्।’
गौतम नेतृत्वको टोलीले बुटवलस्थित श्रम कार्यालय, सडक डिभिजन कार्यालय, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धानको कार्यालय, सीप विकास तालिम केन्द्र, इलाका वन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालयलगायतका कार्यालयहरुको भवन निरिक्षण गरेको हो।
‘श्रम कार्यालयको विशाल भवन बनिरहेको छ, यहाँ ३–४ वटा मन्त्रालय राख्न सकिन्छ, राजस्व अनुसन्धानको भवनमा २ वटा मन्त्रालय राख्न सकिन्छ, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयका भवनहरु बनिरहेका छन्, यी र अरु पहिले देखिकै भवनहरु रहेका कार्यालयहरु पनि पर्याप्त छन्,–गौतमले निरीक्षण पछि भने–‘यहाँ भवन अपुग हुने देखिँदैन, चलिरहेका कार्यालयहरुलाई अन्यत्र सारेर मन्त्रालयहरु राख्न सकिन्छ र अधिकांश भवनहरु नयाँ रहेकाले व्यवस्थापन गर्न पनि सहज हुन्छ।’
उनले बुटवलमा राजधानी बनाउनका लागि पर्याप्त संरचनाहरु देखिएको र सहजै कार्यालय सञ्चालन गर्न सकिने बताए।
‘पाँच नम्बर प्रदेशको राजधानीका लागि बुटवलमा कुनै समस्या देखिएन, उनले भने–सरकारले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रतिवेदन तयार गर्न भनेको छ, हामी बुटवल उपयुक्त छ र कार्यालयहरु पर्याप्त छन् भनेर प्रतिवेदन पेश गर्नेछौं।’
निजी क्षेत्रसँग छलफल
टोलीले निजी क्षेत्रसँग सरकारले माग गरेमा भवन उपलब्ध गराउन सक्ने÷नसक्ने विषयमा छलफल गरेको छ।
छलफलका क्रममा निजी क्षेत्रले प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि पहल गरिरहेको र राजधानी बुटवल बनाउनका लागि भवन उपलब्ध गराउन तयार रहेको बताएको छ।
‘हामीले सरकारले माग गरेमा आफ्ना भवनहरु दिन तयार छौं,–बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले भने–‘सरकारले लिजमा माग्छ भने लिजमा र खरिद गर्न माग्छ भने खरिद गर्न दिन्छौं, यसमा हामीमा समस्या छैन, राजधानी बुटवल बनाईयोस्, हाम्रो मुख्य माग नै यही हो।’
नेपाली बजारमा सुनको मुल्य ओरोलो लाग्ने क्रम जारी छ।
एक सातामा सुनको मुल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ।
एक साता अघि प्रतितोला सुनको मुल्य ५५ हजार २ सय थियो ।
आज भने सुनको मुल्य ५४ हजार १ सय कायम भएको छ। हिजो सुनको मुद्यय प्रतितोला ५४ हजार ३ सय थियो। त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अर्काकाे श्रीमानसंग रात बिताउने महिलालार्इ यसरी नाङगेझार पारी बजार घुमाइयाे
चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।
हालैमात्र चिनकाे हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएकाे छ । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि अाक्राेसित महिलाले ति महिलालार्इ कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलार्इ त्यहा राेक्ने काेही भएन । उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।
प्रचण्डद्वारा भारतको अफर अस्वीकार, के भनेको रहेछ भारतले ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरेका छन् । प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले जानकारी दिए । ती नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका थिए ।
उनले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ उनको थियो । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘अबको प्रधानमन्त्री तपाईं बन्नुस् । म तपाईंका लागि बालुवाटार खाली गर्न तयार छु’, देउवाले भनेका थिए ।
माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अोली एक अापसमा कानेखुशी गर्दै । तस्विर सिटी अर्काइभ
जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए सामाजिक सदभाव कमजोर हुने र राष्ट्रलाई एकताबद्ध गर्न नसकिने तर्क गरेका थिए । प्रचण्ड प्रधानमन्त्री भए सबैलाई मिलाएर जान सक्ने खुबी भएकाले मुलुक अप्ठेरोमा नपर्ने उनको भनाइ थियो ।
देउवा सरकारका मन्त्रीसमेत रहेका देउवानिकट काँग्रेस नेता महेन्द्र यादवले शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा अबको प्रधानमन्त्री प्रचण्डलाई बनाउन काँग्रेस तयार रहेको बताइसेकका थिए ।
चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी चिनपिङले प्रस्तुत गरेको अवधारणाबारे शुक्रबार राजधानीमा नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यु होङले नेपालसँग चीनले विकास गर्न चाहेको सम्बन्धबारे प्रस्ट पारेकी हुन् ।
चीन नेपालसँग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छ,’ युले भनिन्, ‘त्यसका लागि सडक र रेलमार्ग दुवैको विकास गर्न चीन प्रतिबद्ध छ ।
’हालै चीन–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सुरु भएको भन्दै युले थपिन्, ‘कठिन भौगोलिक अवस्थितिका कारण रेलमार्गले असाध्यै अप्ठ्यारो सामना गर्नुपर्नेछ ।
यसका अलावा चीन नेपाल सरकारसँगको सहकार्यमा साविकको अरनिको राजमार्गकै समानान्तर महत्त्वका साथ रसुवागढी स्याफ्रुबेंसी राजमार्गको विकास गर्ने प्रक्रियामा छ ।’
नेपालसँग खुला व्यापार गर्ने चीनको मनसाय भएकाले सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र हुम्लाको यारीमा सुक्खा बन्दरगाह बनाउने प्रक्रियामा दुई देश पुगेको उनले बताइन् ।
चीनले नेपालमा व्यापार र लगानीका अतिरिक्त थप तीन क्षेत्रमा हात बढाउन चाहेको दूतावासले जनाएको छ । ‘भूकम्पपछिको पुनर्निर्माण, ऊर्जा र नेपालको पर्यटनमा पनि चीनको उत्तिकै चासो छ,’ युले भनिन्, ‘यसका अतिरिक्त दुई देशका नागरिकबीच भाषा र संस्कृति आदानप्रदान पनि बृहत् ढंगले होस् भन्ने हामी चाहन्छौं ।’
नेपालमा चिनियाँ पर्यटक बर्सेनि बढिरहेको र त्यसै अनुपातमा चिनियाँ भाषा सिक्ने नेपालीको संख्या पनि थपिँदै गएकामा राजदूत हुले प्रसन्नता व्यक्त गरिन् ।
सीको नेतृत्वमा पाँच वर्षको अन्तरालमा भएको विकास र आर्थिक वृद्धिका कारण चीन नयाँ युगमा प्रवेश गरेकाले समृद्ध चीनलाई नेपालले राम्रोसँग चिनेर आपसी हित प्रवद्र्धन गर्ने अवसरहरूको सदुपयोग गर्न राजदूत युले जोड दिइन् ।
उनका अनुसार चीनको तीनखम्बे वैदेशिक नीति रहेको र त्यो नेपालसँगको मित्रताका सम्बन्धमा पनि लागू हुनेछ । ‘समान व्यवहार, आपसी सहयोग र साझा विकास नै चीनको वैदेशिक नीति हो,’ युले भनिन्, ‘त्यसो हुनाले चीन नेपाललाई आफू बराबरीको हैसियतमा व्यवहार गर्छ, यसको आन्तरिक राजनीतिमा कहिल्यै दख्खल दिँदैन र आफ्नो मात्रै हित हुने गरी कुनै पनि विकासको काममा साझेदार बन्दैन ।’
नेपालले पनि आफ्नो माटो चीनविरुद्धको गतिविधिमा प्रयोग हुन नदिएको र सदा ‘एक चीन नीति’ इमानदारीसाथ पालना गरेकामा युले आभार प्रकट गरिन् ।
आउने दिनमा दुई देशबीच आपसी लाभ हुने गरी बृहत् तहमा व्यापारिक गतिविधि अघि बढाउने चीनको नीतिका सम्बन्धमा पनि उनले सञ्चारकर्मीलाई जानकारी गराएकी थिइन् ।
युले नेपाल र चीनबीचको व्यापार बढदै गएको बताइन् । ‘बर्सेनि दुई देशबीच व्यापारको पारो बढिरहेको तथ्यांक हेर्दा भुइँचालो नगएको भए अहिलेको अंक झनै धेरै हुने पक्का थियो,’ युले भनिन्, ‘तर भुइँचालोपछि तातापानी नाका बन्द हुँदा धेरै नै व्यापार कम भयो जुन अहिले फेरि बढदै गएको छ ।
’चीनको सर्वाधिक महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ मा सामेल भएको नेपालमा सीमापार रेलमार्ग, दुई राजमार्ग र तीन सुक्खा बन्दरगाह बनिसकेपछि आपसी हित हुने खालको ठूलो व्यापारिक गतिविधि बढ्ने युले बताइन् ।
२ पुस, बुटवल । बुटवलको हस्पिटल लाइनमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सञ्चारकर्मी समेत रहेका दलबहादुर भण्डारी छन् ।
ना ७ ख ६७२५ नम्बरको ट्रिपरले भण्डारी सवार लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका उनको जेनस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी स्थानीय नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक थिए । ट्रिपर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् ।
दाइजो र गरगहना बिना नै विवाह, विहेमा हुने खर्च बाढी पीडितलाई सहयोग
प्रेमनारायण आचार्य / उज्यालो ।
अर्घाखाँची पुस १ – विवाहको पहिरनमा सजिएका एक जोडी हातमा बैंकको चेक समाएर बसिरहेका थिए । चेकमा लेखिएको थियो ५० हजार रुपैयाँ । यतिका रकम दाइजो आएको हो ? आएको हो भने कसले दियो होला भन्ने चासो विवाहमा सहभागी सबैलाई थियो ।
विवाह भए पनि विवाहको माहोल थिएन, न बाजागाजा थियो, न भोजभतेर नै । विवाहको लागि एक प्रकारको सोच सबैमा हुन्छ, बाजा बजाउने, आफन्तजनलाई खुवाउने र आफन्तले नव विवाहित जोडीलाई उपहार दिने, तर यो विवाह अलि फरक थियो । मानिसको जमात त भेला भएका थिए तर भोज भतेर खानलाई होइन आर्शिवाद दिन ।
दाइजो र गरगहना बिनानै अर्घाखाँची केरुंगाकि शान्ता पौडेल र अर्घाखाँची वांगलाका विजय भट्टराईको विवाह भएको छ । मागी विवाह गरेका यी नव दम्पतीले सल्लाह गरी विवाहमा हुने अनावश्यक खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका हुन् ।
यी दम्पतीले ५० हजार रुपैयाँको चेक क्वीज भोलिन्टेयर संस्था काठमाडौंलाई हस्तान्तरण गरेका छन् । दलाहा विजय सन्धिखर्क नगरपालिका वांगलाका अहिले जिल्ला भूसंरक्षण कार्यलय पाल्पामा नायव सुब्बा हुनुहुन्छ । दुलही शान्ता काठमाडौं क्याम्पसमा एलएलबी तेस्रो वर्षमा अध्यनरत हुनुहुन्छ ।
शान्ता आफै अहिले क्वीज भोलेन्टियर सस्थामा आवद्ध हुनुहुन्छ । परिवर्तन आफै सुरु गर्नुपर्छ भन्दै दाइजो र गरगहना बिना नै विवाह गर्ने निर्णय यी दाम्पतीले गरे । यो दाम्पतीको मुख्य उद्देश्य नै दाइजो प्रथाको विरोध गर्नु हो । आफ्नो यो कदम सामाजमा एउटा उदहारण हुने र अरुलाई प्रेरणा दिने जोडिको अपेक्षा छ ।
दुलही शान्ताले दुई वर्ष अगाडिदेखि नै आफ्नो विवाहमा दाइजो र गरगहना नलिने सोच्नुभएको थियो । घरमा बुबा आमा पनि छोरीको कुरामा सहमत हुनुभएको थियो तर उहाँ सपनालाई दुलाहा विजयले साकार बनाइदिनुयो, विवाहमा दाइजो नलिने आग्रह मानेर ।
क्रिश्चियन र कम्युनिष्टको सम्बन्धबारे प्रचण्डको अभिव्यक्ति (भिडियोसहित)
काठमाडौं, मंसिर २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रिश्चियन धर्मलाई पनि कम्युनिष्टसँग तुलना गर्दै यसको प्रशंसा गरेका छन् ।
प्रचण्डले युरोपेली समाजमा वर्गीय उत्थानका लागि कम्युनिष्टहरुले गरेको संघर्ष र क्रिश्चियनहरुले मानवीयताका लागि गरेको संघर्षको ऐतिहासिक सम्बनधबारे बोलेका हुन् ।
हालै क्रिश्चियन समुदायको एक कार्यक्रममा उपस्थित भएका दाहालले भाषणको क्रममा क्रिश्चियनका धर्मगुरु यशुख्रिष्टलाई कम्युनिष्टसँग तुलना गर्दै उनले पनि मानवीयताको लागि वलिदान दिइएको बताए ।
युरोपेली समाजमा जसरी कम्युनिष्टहरुले मानव हितका लागि बदिलान र संघर्ष गरे क्रिश्चियनहरुले पनि त्यस्तै बलिदान गरेको स्मरण उनले गराए ।
यसबाहेक नेपालमा हिन्दु धर्मको शासन रहेको व्यवस्था ढाल्दै धर्म निरपेक्षताका लागि आफूले पहल गरेको दाहालले बताएका थिए । कुनै बेला हिन्दु धर्मावलम्वीका लागि मात्रै सार्वजनिक विदा दिने चलन तोडेर अन्य धर्म र समुदायका लागि पनि विदा दिनुपर्ने चलन आफ्नै पालामा स्थापित गरेको दाहालको भनाइ थियो ।
गल्छी–त्रिशूली सडक दैनिक ८ घण्टा बन्द, कुन-कुन समय बन्द हुन्छ ?
नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रजिअको अध्यक्षतामा आज बसेको सरोकार भएकाहरुको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो ।
योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको योजना प्रमुख देवकोटाले बताए ।
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।
उत्तर–दक्षिण(चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने जनाइएको छ ।
यो योजना विसं २०७३ वैशाख २५ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम शुरु भए पनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।
कपिलवस्तु - कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखीएको नमुना धरहरा हेर्न आउनेको घुइँचो लागेको छ ।
भुकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखएिको नमुना धरहरा हेर्नकै लागी दिन प्रतिदिन दर्शकको भीड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।
भुकुम्पले धराहरा ढलेपछि अब कहिले र कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागीरहेको बेला प्रर्दशनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाईएको सुन्दर नमुना धरहराले दर्शकको मन तानीरहेको छ ।
शुक्रबारसम्म ७० हजार भन्दा बढी दर्शकले प्रदशनीको अवलोकन गरेका छन् । दर्शकको पहिलो नजर नै धरहरामा जाने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।
महोत्सवको मुख्य आकर्षणका रुपमा धरहरा नै रहेको दर्शकहरुले बताएका छन् ।
वाणगंगा ९ पडरियाकी लक्ष्मी अर्यालले भनिन्, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाई ढल्यो त्यसैले यहाँ हेर्न आएकी हुँ ।” यहाँ आउने धेरैको भनाई उस्तै छ ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट सुरु भएको हो ।
महोत्सव पुष ५ गते सम्म जारी रहने छ । युवाहरुको संगठन बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट ५ करोड भन्दा बढीे आर्थिक कारोबार गर्ने लक्ष्य छ ।
आज यस वर्षकै सबैभन्दा जाडो, अझै घट्छ तापक्रमः मौसमविद
२९ मंसिर, काठमाडौं । आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।
उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।
काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् ।
पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रवार पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि थियो । अब हुस्सु लाग्नेक्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद कँडेलको भनाई छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।
काठमाण्डु, २८ मंसिर – चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाण्डुको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर आयोजकले हजारौं दर्शकलाई टिकट बेचेका थिए ।
तर, राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।
दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको बताएका छन् ।
बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाण्डुमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ ।
मार्समेलो पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे हुन् । डीजेइङ गर्दा उनको टाउकोमा मार्समेलो क्याप लगाइरहेकै हुन्छन् । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको छैन् ।
ठेकेदार कम्पनीसँगको सम्झौता तोड्न नपर्ने देखियोः आयोजना प्रमुख
१८ मंसिर काठमाडौं । भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभियसनले पछिल्लो समय काममा तीब्रता दिएको छ । चीनबाट थप कामदार ल्याउनुका साथै आवश्यक मेसिन आयातको लागि प्रक्रिया अघि बढाइसकेको छ ।
अहिले भैरहवा विमानस्थलमा २ सय जनाको हाराहारीमा नेपाली कामदार छन् । यो कामदार अपुग भएको भन्दै कम्पनीले चिनबाट थप २ सय ५० जना दक्ष कामदार ल्याउन लागेको भैरहवा बिमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । यसका कम्पनी श्रम स्वीकृतिको प्रक्रिया अघि बढाएको उनले बताए ।
काममा तिब्रता दिएसँगै भैरहवा विमानस्थल आयोजनाले चिनीयाँ कम्पनीसँग ठेक्का नतोड्ने निश्कर्ष निकालेको छ । यसअघि आयोजनाले काम अघि नबढाएपछि चिनीयाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले व्यवस्थापन टिम नै परिवर्तन गर्यो । आयोजना प्रमुख शर्माले भने ‘यसअघिको व्यवस्थापन टिमले काममा ध्यान दिदैनथ्यो, काम नगरी काठमाडौंमा बढी समय बिताउँथ्यो, तर अहिलेको टिम हरेक समय आयोजना स्थलमै बस्ने गरेको छ ।’
यसअघिको टिमले आयोजना स्थलहरुमा ६० वटा मात्रै कामदार खटाएको थियो । कामदारहरुको सख्ंया अत्यन्त न्युन भएका कारण आयोजनाको काम अघि बढ्नै सकेको थिएन । जसका कारण सरकारले दिएको समयमसीमामा यसले काम सम्पन्न गर्न सक्ने स्थिति थिएन । सन् २०१८ को जुन सम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्नुपर्छ ।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ ।
केही समयदेखि चिनियाँ कम्पनी आफैंले काम गरिरहेको छ । साना काममा मात्र नेपाली ठेकेदारहरुले जिम्मा पाउने गरेका छन् । अहिले १० जना चिनियाँ कामदार रहेका छन् । यसलाई बढाएर २ सय जना पुर्याउन लागिएको हो ।
अहिले मेसिनको संख्या पनि बढाउँदै लगेको छ । शर्माकाअनुसार ६० प्रतिशत जति काम अहिले मेसिनबाट हुने गरेको छ ।
‘चिनीयाँ कम्पनीले अहिले केहि मेसीन केरुङ नाकासम्म ल्याइपुर्याएको छ र अन्य मेसीन थप गर्नको लागि समेत हामीसँग अनुमति ल्याएको छ,’ शर्माले भने ।
सुरुमा विमानस्थल निर्माणका लागि नर्थ वेस्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच रकम लेनदेनमा विवाद आएपछि चिनियाँ कम्पनी आफैंले निर्माण गर्दै आएको हो । सुरुमा ठेकेदार र सहठेकेदारवीच बेलाबेला देखिएको विवादले लक्ष्य अनुरुप काम अघि बढ्न सकेको थिएन ।
चिनियाँ कम्पनीले भौतिक प्रगति मासिक ६ प्रतिशतले गर्नुपर्ने थियो । तर नेपाली कम्पनीसँगको विवादले ०.५ प्रतिशतका दरले मात्र काम गरिररहेको थियो । अहिले भने यसले काममा तीब्रता ल्याएको शर्माको भनाइ छ ।
यसरी दुई कम्पनी वीचको बिबादले काम रोकिएपछि प्राधिकरणले ‘नोटिस टु करेक्ट’ पठाएको थियो । यो पठाएपछि निर्माण कम्पनीले व्यवस्थापकीय टोली फेरेको थियो । यसअघिका ठेकेदार विमानस्थल निर्माणको काम भन्दा पनि काठमाडौंमा अन्य व्यवसाय गर्नमा तल्लिन रहने गर्दथे ।
शर्माका अनुसार अहिलेसम्म भैरहवा विमानस्थलको जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । सन् २०१८ को जुन सम्ममा ८० प्रतिशत काम भने सक्नको लागि कठीन देखिन्छ ।
विमानस्थलका लागि आवश्यक पर्ने रोडा तथा गिट्टीको लागि अहिले स्थानियहरुसँग छलफल भइरहेको छ । अहिले आयोजनालाई १५ हजार ट्रक माटो आवश्यक छ । यसका लागि पनि स्थानीयहरुसँग छलफल गरेर टुंगोमा पुग्न लागेको शर्मा दावी गर्छन् । लामो समयदेखि निर्माण कम्पनीलाई रोडा, गिट्टी र माटो कहाँबाट ल्याउने भन्ने समस्या छ ।
यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा बनाउका लागि चिनीयाँ कम्पनीलाई जिम्मा दिइएको छ । यो एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको आयोजना हो ।
चुनाव जितेपछि जनार्दन शर्माले गरेको भाषण सुन्दा के पी ओलीलाई ठुलो झड्का लाग्यो। हेर्नुहोस भिडियो सहित् ।।
चुनाव जितेपछि जनार्दन शर्माले गरेको भाषण सुन्दा के पी ओलीलाई ठुलो झड्का लाग्यो। हेर्नुहोस भिडियो सहित् ।।
मेयरले नाम नै तोकेर गुण्डा भनेपछि, उदयपुर कांग्रेसमा मच्चियो धुम
उदयपुरको कान्छो नगरपालिका वेलकाका प्रमुख दुर्गाकुमार थापाले नेपाली कांग्रेसका स्थानीय नेतालाई नाम नै तोकेर सामाजिक सञ्जालमा गुण्डा भने पछि अहिले कांग्रेसमा बहश शुरु भएको छ । नेपाली कांग्रेसमा केहि युवाहरुले यस विषयमा एक्शन लिन कांग्रस नेतृत्वलाई सुझाएका छन् भने बुढापाका नेताहरुले उच्छृङ्खल कार्य नगर्न अनुरोध गरेका छन् ।
प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गुण्डा शब्दको प्रयोग अपच्य भएको उदयपुर कांग्रेसका एक नेताले बताए । ‘यहाँ कुनै व्यक्तिलाई मात्रै भनिएको छैन, नेपाली कांग्रेसका एक होनाहार युवालाई भनिएको छ’ काग्रेसका ति नेताले भने– ‘नेपाली कांग्रेको इज्जतको कुरा छ, यसलाई त्यसै छाडिदैन् ।’ कांग्रेसका अधिकांश नेता कार्यकताले शब्द चयनले द्धन्द्ध निम्ताएको बताएका छन् ।
वेलका नगरपालिकाका मेयर थापाले मंगलबार विज्ञप्ती नै जारी गरेर वाम गठबन्धनका नेता कार्यकर्ता माथी आक्रमण भएको भन्दै निन्दा गरेका थिए । यस्तो छ थापाले जारी गरेको विज्ञप्ती–
मिति २०७४ मङ्सिर १८ गते बेलका नगरपालिका वडा नम्बर ५ बुधबारे टोलमा बाम गठबन्धनका वडा संयोजक दिपक रेग्मी, सह संयोजक कुल बहादुर निरौला, नेत्री पूर्णकला बन्जरा, वडाअध्यक्ष गोबिन्द खड्का, यज्ञ राज चौलागाई लगायत धेरै कार्यकर्ता भेला भयको स्थानमा नेपाली कांग्रेसका गुन्डाहरु दिपक कोइराला, नबिन कार्की, ललित तामांग, इन्द्र बहादुर कार्की लगायत दर्जनौ ले साझको समयमा घेरा हाली नियोजित तरिकाले ढुंगा मुडा प्रहार गरेको घटना प्रति हामी घोर भत्सर्ना गर्दछौ l यस्तो अतताइ घटना गर्नेलाइ इटाको जवाफ ढुंगाले बाम गठबन्धन दिन तयार रहेको छ l कुनै पनि कार्यकर्ता लाई निरस नहुन उच्च मनोबलका साथ काम गर्न हार्दिक अपिल गर्दछु l आफ्नो मर्यादामा बसेर आफ्ना विचारहरु राख्न कांग्रेस लाई चेतावनी दिन चाहन्छु l
दुर्गा कुमार थापा
संयोजक
बाम गठबन्धन
बेलका नगरपालिका
रुपन्देही–३मा दीपक बोहोरालाई हराउँदै एमालेका घनश्याम भुसाल विजयी
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका घनश्याम भुसाल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार सो क्षेत्रमा खसेको कुल सदर मत ७९ हजार ९ सय ८३ मध्ये भुसालले ३२ हजार ८ सय ६६ मत पाए भने बोहोराले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोराले २७ हजार ४सय २२ मत ल्याए।
रुपन्देही–५ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्। आइतबार बिहान सकिएको मत गणनामा शाहले ३३०८८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिष्पर्धी माओवादीका डिलाराम आचार्यले २०४३८ मत पाए। शाह अहिलेसम्म कांग्रेसबाट बढी मतान्तरले जित्ने उम्मेदवार बनेका छन्।