सिद्धबाबामा पहिरो, ढुंगाले लाग्दा ३ जना गम्भीर

SHARE

सिद्धबाबामा पहिरो, ढुंगाले लाग्दा ३ जना गम्भीर

१८ असोज, बुटवल । तिनाउ गाउँपालिका–३ दोभान र सिद्धबाबाको बीचमा रहेको हेडबक्सनजिकै पहिराेपछि खसेकाे ढुंगाले सवारी साधनमा लाग्दा ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार, ढुंगाले लागेर ३ वटा मोटरसाइकल र एउटा स्कारपियोमा क्षति पुगेको छ ।

घाइतेलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । सडक बन्द हुने भएपछि बिहानभर सडकमा सवारीको चाप बढेको थियो ।

पहिरो पन्छाएर २ तर्फी सडक खुलाउनका लागि बुटवल—पाल्पा सिद्धार्थ राजमार्ग बिहान १० बजेदेखि दिउसो २ बजेसम्म बन्द गरिएको छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हु“दा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फवाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुले सास्ती पाउँदै आइरहेका छन् ।

**यो पनि पढ्नुहोस** हेर्नुहोस् बुढी औलाले बताउँछ तपाईको स्वभाव, शास्त्रले यसो भन्छ

SHARE

Author: verified_user

0 comments: