Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts
मेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट, रोनाल्डोसँग बराबरी

मेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट, रोनाल्डोसँग बराबरी

मेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट, रोनाल्डोसँग बराबरी

स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् ।

युरोपियन स्पोर्टस मिडियाले आयोजना गर्ने गोल्डेन बुट अवार्ड मेस्सीले पाएको यो चौथो पटक हो । योसँगै उनले प्रमुख प्रतिद्वन्द्वी रियल मडि्रडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको अवार्डसँग बराबरी गरेका छन् ।

मेस्सीले यसअघि २०१०, २०१२ र २०१३ मा यो उपलब्धी हासिल गरेका थिए । रोनाल्डोले सन् २००८, ०११, ०१४ र ०१५ मा यस अवार्ड जितेका थिए । बार्सिलोनामा शुक्रबार आयोजित बिशेष समारोहमा गत वर्षका बिजेता तथा बार्सिलोनाका टिममेट लुईस स्वारेजले मेस्सीलाई गोल्डेन बुट हस्तान्तरण गरे ।

गत सिजन बार्सिलोनाले लिग जित्न नसके पनि मेस्सीले लिगमा सर्बाधिक ३७ गोल गरेका थिए । जुन युरोपभरका लिगहरुमा एउटा खेलाडीले गरेको सर्बाधिक गोल हो । यस अवार्डमा मेस्सीभन्दा पछि पोर्चुगिज लिगको स्पोटिङ सीपीका बास डोस्ट रहे । उनले लिगमा ३४ गोल गरेका थिए ।

जर्मन टोली बोरुशिया डर्टमण्डका पिएरे एमरिकले ३१, बार्सिलोनाकै स्वारेजले २९ र बार्यन म्यूनिखका रोबर्ट लेवाण्डोस्कीले २८ गोल गरेका थिए । चार पटकका बिजेता क्रिष्टियानो रोनाल्डोले गत सिजन २५ गोल गरेका थिए ।

क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित)

क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित)

क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित)

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ। बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० सदस्यीय टोलीकाे घोषणा गरेकाे छ।

यस टाेलीमा नरेश बुढायर र अनिल मण्डल पर्न असफल भएका छन्। भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन्।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला पनि टिममा परेनन्। सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो। तर दोस्रो खेल वर्षाका कारण उनी खेल्न पाएनन् ।

बन्द प्रशिक्षणमा रहेका महबुब र शौरभ भने चोटका कारण टिममा छैनन् ।

कप्तान पारस खड्का नेतृत्वको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन्।

यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा छन्।

नेपाल र युएईबीचकाे खेल अागामी डिसेम्बर ६ र ८ तारिखमा हुँदैछ।

यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो । समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरियो ।

Source: OnlineKhabar

नेपालको शानदार जित

नेपालको शानदार जित

नेपालको शानदार जित

काठमाडाैँ । मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो ।

नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए ।

यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई÷दुई तथा अनिल शाहले एक विकेट लिए ।

मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए ।

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट

१ असोज, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो ।

उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

**यो पनि पढ्नुहोस** : तपाईं आइतबार जन्मनुभएको हो ? हो भने अवश्य पढ्नुहोस्

मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । सेमिफाइनलमा अर्धशतक प्रहार गरेका ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके ।

तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।

**यो पनि पढ्नुहोस** : भारतीय अंक ज्योतिष अनुसार सोमबार जन्मने मानिसका गुणहरु

उसका हरपि्रत सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्ऽ सिंह ऐरीले १/१ विकेट लिएका छन् ।

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, भुटानले पनि पछि छोड्यो

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, भुटानले पनि पछि छोड्यो

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, भुटानले पनि पछि छोड्यो

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ ।

नेपाल ६ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो। यसै महिनामा घरेलु मैदानमै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको हो। त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो।

**यो पनि पढ्नुहोस** : मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ। माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहँदा अफगानिस्तान २ स्थान तल झर्दै १५८औं स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन्।

वरीयतामा नेपाललाई सार्क क्षेत्रका भुटान, माल्दिभ्स, अफगानिस्तान र भारतले पछि पारेका छन्।

नेपालभन्दा तल रहेको बंगलादेश १ सय ९६, श्रीलंका १ सय ९८ र पाकिस्तान २ सय स्थानमा छ । पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ।

**यो पनि पढ्नुहोस** : जीवनभर खुसीयालीसाथ बिताउनको लागि कुन बार जन्मेका केटा र कुन बार जन्मेकी केटी राम्री ? जानकारी लिनुहोस ।

विश्व वरीयताको ब्राजिललाई उछिन्दै जर्मनी शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगल तीन स्थान माथि उक्लिएर तेस्रो स्थानमा आइपुग्दा एक स्थान तल झरेको अर्जेन्टिना चौथोमा छ। यस्तै चार स्थान माथि उक्लिएको बेल्जियम पाँचौं, एक स्थान तल झर्दै छैटौं स्थानमा पोल्यान्ड आइपुगेको छ।

यस्तै, तीन स्थान तल झरेको स्विट्जरल्यान्ड सातौं स्थानमा आउँदा २ स्थान माथि उक्लिएको फ्रान्स आठौं, दुई स्थान तल झरेको चिली नवौं र २ स्थान तल झरेको कोलम्बिया दसौं स्थानमा आइपुगेका छन्।

सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

२९ भदौ, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ ।

यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ ।

सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

**यो पनि पढ्नुहोस** : भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीको व्यवस्थापन फेरिने

सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बनाए भने आशिफ शेख ६ रनमा आउट भए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

**यो पनि पढ्नुहोस** : किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

उसलाई सस्तैमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए ।

किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।