फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, भुटानले पनि पछि छोड्यो

SHARE

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, भुटानले पनि पछि छोड्यो

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ ।

नेपाल ६ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो। यसै महिनामा घरेलु मैदानमै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको हो। त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो।

**यो पनि पढ्नुहोस** : मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ। माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहँदा अफगानिस्तान २ स्थान तल झर्दै १५८औं स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन्।

वरीयतामा नेपाललाई सार्क क्षेत्रका भुटान, माल्दिभ्स, अफगानिस्तान र भारतले पछि पारेका छन्।

नेपालभन्दा तल रहेको बंगलादेश १ सय ९६, श्रीलंका १ सय ९८ र पाकिस्तान २ सय स्थानमा छ । पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ।

**यो पनि पढ्नुहोस** : जीवनभर खुसीयालीसाथ बिताउनको लागि कुन बार जन्मेका केटा र कुन बार जन्मेकी केटी राम्री ? जानकारी लिनुहोस ।

विश्व वरीयताको ब्राजिललाई उछिन्दै जर्मनी शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगल तीन स्थान माथि उक्लिएर तेस्रो स्थानमा आइपुग्दा एक स्थान तल झरेको अर्जेन्टिना चौथोमा छ। यस्तै चार स्थान माथि उक्लिएको बेल्जियम पाँचौं, एक स्थान तल झर्दै छैटौं स्थानमा पोल्यान्ड आइपुगेको छ।

यस्तै, तीन स्थान तल झरेको स्विट्जरल्यान्ड सातौं स्थानमा आउँदा २ स्थान माथि उक्लिएको फ्रान्स आठौं, दुई स्थान तल झरेको चिली नवौं र २ स्थान तल झरेको कोलम्बिया दसौं स्थानमा आइपुगेका छन्।

SHARE

Author: verified_user

0 comments: