टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

SHARE

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

३० भदौ, कपिलवस्तु । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो ।

**यो पनि पढ्नुहोस** : उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी नायब निरीक्षक थमन खत्रीले जानकारी दिए ।

**यो पनि पढ्नुहोस** : जीवनभर खुसीयालीसाथ बिताउनको लागि कुन बार जन्मेका केटा र कुन बार जन्मेकी केटी राम्री ? जानकारी लिनुहोस ।

ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

SHARE

Author: verified_user

0 comments: