उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो
३० भदौ, काठमाडौं । उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापान सरकारले यसको पुष्टि गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिव ७७० किलोमिटरको उचाईसम्म पुग्यो र यसले करिव ३७०० किलोमिटरको यात्रा पुरा गर्यो ।
**यो पनि पढ्नुहोस** : पोर्चुगलमा नेपालीद्वारा नेपालीको छुरा हानेर हत्या
जापानको एनएचके टीभीलाई उदृत गर्दै रोयटर्सले भनेको छ कि यो मिसाइल स्थानीय समय अनुसार ६ः५७ बजे छाडिएको थियो र ७.०६ बजे जापानको होकाइडो द्वीपमाथिबाट गयो ।
**यो पनि पढ्नुहोस** : जीवनभर खुसीयालीसाथ बिताउनको लागि कुन बार जन्मेका केटा र कुन बार जन्मेकी केटी राम्री ? जानकारी लिनुहोस ।
उत्तर कोरियाले एक दिन अघिमात्र आफूमाथि नयाँ प्रतिवन्ध लगाउने प्रस्तावको समर्थन गरेको भन्दै जापानलाई डुबाउने र अमेरिकालाई अंध्यारोमा धकेल्ने चेतावनी दिएको थियो ।
0 comments: