क्रिश्चियन र कम्युनिष्टको सम्बन्धबारे प्रचण्डको अभिव्यक्ति (भिडियोसहित)
काठमाडौं, मंसिर २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रिश्चियन धर्मलाई पनि कम्युनिष्टसँग तुलना गर्दै यसको प्रशंसा गरेका छन् ।
प्रचण्डले युरोपेली समाजमा वर्गीय उत्थानका लागि कम्युनिष्टहरुले गरेको संघर्ष र क्रिश्चियनहरुले मानवीयताका लागि गरेको संघर्षको ऐतिहासिक सम्बनधबारे बोलेका हुन् । हालै क्रिश्चियन समुदायको एक कार्यक्रममा उपस्थित भएका दाहालले भाषणको क्रममा क्रिश्चियनका धर्मगुरु यशुख्रिष्टलाई कम्युनिष्टसँग तुलना गर्दै उनले पनि मानवीयताको लागि वलिदान दिइएको बताए ।
युरोपेली समाजमा जसरी कम्युनिष्टहरुले मानव हितका लागि बदिलान र संघर्ष गरे क्रिश्चियनहरुले पनि त्यस्तै बलिदान गरेको स्मरण उनले गराए । यसबाहेक नेपालमा हिन्दु धर्मको शासन रहेको व्यवस्था ढाल्दै धर्म निरपेक्षताका लागि आफूले पहल गरेको दाहालले बताएका थिए । कुनै बेला हिन्दु धर्मावलम्वीका लागि मात्रै सार्वजनिक विदा दिने चलन तोडेर अन्य धर्म र समुदायका लागि पनि विदा दिनुपर्ने चलन आफ्नै पालामा स्थापित गरेको दाहालको भनाइ थियो ।
भिडियाे ः
0 comments: