चुनावको दिन सुष्मा कार्कीको यस्तो चर्तिकला !

SHARE

चुनावको दिन सुष्मा कार्कीको यस्तो चर्तिकला !

त्यस्तो कलाकार मात्रै वास्तविक कलाकार हुन्छ, जसले कलासँगै राजनीति र समाज पनि बुझेको छ । विश्वका अधिकांश प्रभावशाली कलाकारहरु राजनीतिक घटनाक्रम र सामाजिक गतिशिलतासँग चासो र सरोकार राख्छन् ।

कलाकारिता भनेकै राजनीतिले समेट्न नसकेको पक्षलाई सृजनशील रुपमा शंकेत गर्नु हो । राजनीतिले जसरी समाजलाई नेतृत्व गरेको हुन्छ, त्यसैगरी कलाकारिताले निरन्तर सृजनशिल चेतना निर्माण गरिरहन्छ । यसकारण पनि हरेक कलाकारले संस्कृति, राजनीति, सामाजिक चेतनाबारे चासो राखिरहनुपर्छ ।

विडम्वना ! यस्तो हिसावले नेपाली कलाकारहरुलाई हेरियो भने, त्यो सरासर गलत हुनेछ । त्यसो त, नेपाली कलाकारहरुको कमजोरी नै यही त हो । अधिकांश कलाकारहरु ‘पोलिटिक्स ईज हेटेड गेम’ भन्ने प्रतिक्रिया दिन्छन् र राजनीतिलाई चियाउनै चाहँदैनन् । राजनीतिमा चासो नदिँदा समाजप्रति उनीहरुको बुझाइ पनि अत्यन्तै फितलो बनिरहेको छ ।

राजनीतिबारे चासो राख्नेहरुको अवस्था पनि गतिलो छैन । उनीहरु राजनीतिलाई सामाजिक शक्तिसंरचनाको रुपमा नबुझेर पार्टीकारिता मात्रै बुझ्छन् । फलस्वरुप हरेक वर्ष पार्टी बदलिरहन्छन् र राजनीतिक नियुक्ति लिइरहन्छन् ।

आमचुनावका बेला कलाकारहरु के गरिरहेछन् भन्ने चासो धेरैलाई थियो । केही कुरा त बाहिर आयो पनि । चुनावकै दिन केही कलाकारहरु लाईन बसेरै भोट पनि हाले । धेरैजसो कलाकारहरु भने चुनावको दिन बेपरवाह फेसवुक लाईभ गरेर रमिता देखाए ।

‘कसलाई के को चिन्ता कसलाई के चिन्ता...’ भने झैँ अभिनेत्री सुष्मा कार्कीले चुनावको दिन निकै अपरिपक्व रुपमा आफ्नो गैरव्यवसायिक ढंग देखाइन् । अर्धनग्न रुपमा फेसवुक लाईभमा उनले देखाएको डान्स नितान्त ‘फ्यान–फलोअर्स’ बढाउने तिर लक्षित थियो । त्यसको ठीक विपरित सुष्माको त्यो तरिका धेरैले ठीक ठानेनन् ।

उनलाई फेसवुकमा प्रतिक्रिया दिनेहरुमध्ये धेरैको नकारात्मक टिप्पणी नै थियो । सुष्मालाई केहीले ‘चुनावमा भोट हाल्नु पर्दैन ?’ भनेर पनि सोधेका थिए । उनले त्यस्तो प्रश्नको जवाफ हल्का ढंगमा दिएर उम्किन खोजन् । यसले पनि उनको बुझाइ र स्तर पक्कै देखायो ।

चुनावको दिनभर फेसवुक लाईभमा रमाएकी सुष्मा यति निर्धक्क रुपमा चुनावबारे चासो नभएको बताउँथिन् कि, मानौँ समाजको कुनै हिस्सासँग उनको कुनै साईनो नै छैन ! सुष्मा मतदानमा त संलग्न भइनन् तर ‘किन भोट नहालेको ?’ भन्ने कुराको तार्किक जवाफ दिनु पर्दैनथ्यो त ?

SHARE

Author: verified_user

0 comments: