मुम्बईको पाँच तले घर भत्किँदा ३ को मृत्यु, कम्तिमा ३० पुरिए
अविरल वर्षाले मुम्बईको भिन्डी बाजारमा रहेको एक पाँच तले घर भत्किँदा कम्तिमा ३ जनाको मृत्यु हुनुका साथै ३० जना मान्छे पुरिएका छन्।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार नदीले बगाएर ल्याएको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ३५ वर्षीय पुरुषको शव कहाँबाट बगेर आएको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
यद्यपी भवनले करिब १०० जना मान्छे पुरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन्।
१० देखि १२ परिवार बसोबास गर्ने उक्त भवनमा फसेकाहरूको उद्धार भइरहेको मुम्बई प्रहरीले जनाएको छ।
बिहिबार बिहान ८ बजे भएको घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। भारतीय सञ्चार माध्यमका अनुसार यो भवन करिब ७० वर्ष पुरानो थियो।
यो घर भत्किएसँगै प्रहरीले उक्त भवन आसपासका घर खाली गर्न लगाएका छन्। भवनबाट अहिलेसम्म ७ जनालाई उद्धार गरि अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मुम्बईमा पछिल्लो दुई दिनदेखि परेको भारी वर्षाले केही मानिसहरूको ज्यानसमेत गइसकेको छ।
भारतीय मौसम विभागका अनुसार आज पनि मुम्बईरर दिल्लीका अधिकांश स्थानमा भारी वर्षा हुनेछ।
Source: Setopati.com
0 comments: