
टोयोटाले ल्यायो आफ्नो आकार आफै बदल्ने कार
टोक्यो । जापानमा ‘टोक्यो मोटर शो’ आयोजना गरिएको छ । ४५ औं संस्करणको यो प्रदर्शनीमा अटो मोबाइल क्षेत्रका नयाँ-नयाँ उत्पादनहरु छन् । टोक्यो मोटर शो छ नोभेम्बरसम्म चल्ने छ । अटोमोबाइलको क्षेत्रमा क्रियाशील विश्वका ठूला कम्पनिहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शनीमा राखेका छन् ।
स्पीड अनुसार आकार पनि आफै परिवर्तन हुने कारसमेत प्रदर्शनीमा राखिएको छ । जापानको अटो पार्ट मेकर टोयोटा गोसेईले ‘फ्लेश्बी’ नामक कार प्रदर्शनीमा सार्वजनिक गरे ।
एक सिटमात्र रहेको यो कारले आफ्नो आकार आफै बदल्छ । कम्पनिको दाबी छ की ‘फ्लेश्बी’मा ई-रबरको प्रयोग गरिएको छ र तीव्र गतिमा चलाउँदा बडीले आवश्यकता अनुसार आफै आफ्नो आकार बदल्छ ।

सेतो रंगको माथिको कार पनि टोयोटा कम्पनिकै उत्पादन हो । यस कन्सेप्टलाई ‘वन्डर क्याप्सुल’ नाम दिइएको छ ।

तस्वीरमा देखिएको यो कार टोयोटा कम्पनिको हो । कन्सेप्ट-आई भनिएको यो कार २५ अक्टुबरमा सार्वजनिक गरियो ।

यामाहाको यो हाईटेक बाइक हो । ‘मोटरआईडी’ नाम दिइएको यो मोटरसाइकलप्रति खास आकर्षण रहेको बताइएको छ ।

यो हेर्दा मोटरसाइकल जस्तै लाग्छ । तर यसमा धेरै पांग्राहरु छन् । टोक्यो मोटर शोमा राखिएको यो यामाहाको एमडब्लूसी-४ हो ।
Source: OnlineKhabar
0 comments: