स्याङजामा जन्मिएका बालकृष्ण ८ औं धनी व्यक्ति
काठमाडौं, असोज १३-नेपालमा जन्मिएका आचार्य बालकृष्ण भारतको ८ औं धनी व्यक्तिको सूचीमा परेका छन् ।
एकवर्षको अवधीमा उनको सम्पत्ती १७३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब भारतीय रुपैयाँ पुगेको छ ।
स्याङजामा जन्मिएका बालकृष्णका पिता भारतमा नोकरी गर्थे भने उनका सहयात्री योगगुरु रामदेव हुन् ।
**यो पनि पढ्नुहोस** के सपनामा मरेको मानिस देख्ने गर्नुहुन्छ ? कतै यस्तो त भएको छैन ?
बालकृष्ण र रामदेव मिलेर सन् १९९५ मा दिब्य फार्मेसी र २००६ मा पतन्जली आयुर्वेद खोलेका थिए । आयुर्वेदको सिइओ बालकृष्ण हुन् ।
चिनियाँ अनुसन्धान संस्था ‘हुरुन’ले सार्वजनिक गरेको भारतीय धनाढ्यहरुको सूचीमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि सार्वजनिक गरेको सूचीमा उनी २५औ नम्बरमा थिए ।
भारत सरकारले ल्याएको नोटबन्दी र जिएसटीको कारण बालकृष्णको सम्पत्ती बढेको हो ।
हुरुनका अनुसार पहिलो भारतीय धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् । यस्तै दोस्रोमा दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल रहेका छन् ।
त्यस्तै चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन् ।
**यो पनि पढ्नुहोस** यी हुन् संसारका १० डरलाग्दा रहस्य, जसको आजसम्म कुनै अध्ययन हुन सकेको छैन
धनी भए कै कारणले हुन सक्छ उनको नागरिकतालाई लिएर समय समयमा विवाद भएको देखिन्छ ।
२०२९ सालमा स्याङजामा जन्मेका बालकृष्ण हाल आएर भारतीय नागरिक हुन् ।
0 comments: