ढिन्च्याक पूजाको कपालमा जुम्रा !
हावादारी गीत गाएर चर्चामा रहेकी भारतीय युवती ढिन्च्याक पूजा फेरि चर्चाको पात्र बनेकी छिन् । सलमान खानले सञ्चालन गर्ने चर्चित भारतीय टेलिभिजन रियालिटी शो बिग बोसमा सहभागी हुने मौका पाएकी उनको टाउकोमा जुम्रा भएको खबर बाहिरिएपछि उनी फेरि चर्चित बनेकी हुन् ।
बिग बोसमा सहभागी अन्य साथीहरुले ढिन्च्याकको कपालमा जुम्रा रहेको बताएपछि यस घटनालाई भारतीय मिडियाहरुले प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन् । उनको बेसुरा गीत गाउने शैली अनी कपालमा जुम्रा रहेको समाचार रहेको थाहा भएपछि भारतीय मिडियाहरु ढिन्च्याकको पछि लागेका हुन् ।
ढिन्च्याकको कपालमा जुम्रा भेटिएपछि अन्य सहभागीहरुलाई समस्या भएको बताइएको छ । यो कुरा बिग बोसकै अर्की सहभागी हिना खानले बताएकी हुन् । उनले यो कुरा बताइरहँदा सबैजना हाँसेका थिए ।
ढिन्च्याक वाइल्ड कार्ड मार्फत पुनः शोमा प्रवेश गरेकी हुन् ।
0 comments: