शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ
प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठूलो महत्व राख्ने गर्छ । कोठीको सम्बन्ध मानिसको धन, पारिवाकि भाग्य तथा स्वास्थसँग भएको विश्वास मानिदैं आइरहेको छ । के तपाई जान्न चाहानुहुन्छ त तपाईको पारिवारिक भाग्य, धन तथा स्वास्थ्य कस्तो रहेको छ ?
१. कन्चटमा कोठी भएमा
कन्चटमा कोठी हुनेलाई धेरै घुम्ने अवसरहरु प्राप्त हुन्छन् । यो अवसर जागिर गरिरहँदा अथवा घुमेर आनन्द लिनेहरुले प्राप्त गर्नेछन् ।
**यो पनि पढ्नुहोस** बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?जापानमा गरिएको एक अध्ययनले येसो भन्छ
२. कोठी आँखी भौहरुको बीचमा भएमा
आँखी भौं बीच कोठी भएमा करिअर क्षेत्रमा तपाईको करिअर विकास र वृद्धिमा तालमेल हुनेछ । यसको मतलब तपाईको तलब वृद्धि, प्रमोशनमा यस्ता खाले कोठीको सम्बन्ध रहेको हुन्छ ।
३. कोठी आँखी भौंको तल भएमा
यदि तपाईको कोठी आँखी भौको तल छ भने यसको सम्बन्ध तपाईको घरसँग जोडिएको हुन्छ । तपाई घर परिवारसँग सजिलै घुलमिल हुनुहुन्छ र नेतृत्व गर्ने क्षमता पनि राख्नुहुन्छ ।
**यो पनि पढ्नुहोस** यी हुन् संसारका १० डरलाग्दा रहस्य, जसको आजसम्म कुनै अध्ययन हुन सकेको छैन
४. माथिल्लो ओठमा कोठी भएमा
यदि तपाईको माथिल्लो ओठमा कोठी छ भने तपाई खाना तथा कपडाका विषयलाई लिएर निकै चिन्तित गर्नुहुन्छ । तपाई अरुसँग अन्तरक्रिया गर्न तथा साथीहरुबिच चर्चित हुनुहुन्छ ।
५. गालामा कोठी भएमा
यदि तपाईको गालामा कोठी छ भने आफ्नो कार्यक्षेत्रमा तपाईको शक्तिशाली प्रभाव रहनेछ । त्यस्तै तपाईको धनमा पनि उल्लेख वृद्धि हुने संकेत गर्छ ।
६. हत्केलामा कोठी भएमा
यदि तपाईको हातमा कोठी छ भने तपाईलाई कहिल्यै पनि पैसाको कमी हुनेछैन । तपाई स्मार्ट, आशावादी तथा सजिलै नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तित्व हुनेछन् ।
**यो पनि पढ्नुहोस** यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय
७. पैतालामा कोठी भएमा
तपाईको पैतालामा कोठी भएमा तपाईलाई धेरै घुम्ने अवसर मिल्नेछ जसका कारण तपाई जहिले पनि उत्साहित तथा रमाइलो गर्ने व्यक्तित्व हु्न्छन् ।
0 comments: