
विजयादशमीको अवसरमा आयो पूर्वराजाको यस्तो सन्देश
काठमाडौँ, असोज १५ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताए।
**यो पनि पढ्नुहोस** स्याङजामा जन्मिएका बालकृष्ण ८ औं धनी व्यक्ति
सन्देशमा उनले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन् ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमीको शुभ अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गेरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न पे्ररणा प्रदान गरुन् भन्ने कामना गरेका छन् ।
**यो पनि पढ्नुहोस** यी हुन् संसारका १० डरलाग्दा रहस्य, जसको आजसम्म कुनै अध्ययन हुन सकेको छैन
0 comments: