बुटवलमा भयो विहीबार दिउँसो मोटरसाइकल दुर्घटना !

SHARE

बुटवलमा भयो विहीबार दिउँसो मोटरसाइकल दुर्घटना !

तेजेन्द्र केसी

बुटवल– रुपन्देहीको देवदह नगरपालिका भलुहीमा विहीबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनमा मृत्तकको संख्या चार पुगेको छ ।

गम्भीर घाइते भएका दुई जानाको उपचारको क्रममा साँझ मृत्यु भएपछि मृतकको संख्या चार पुगेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ

लु २३ प १०२८ र लु ३३ प ७०८३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा रुपन्देही पर्रोहाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरीको घटनास्थलमै मृत्यु थियो ।

घटनामा गम्भीर घाइते बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादवको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Source: Ratopati.com
SHARE

Author: verified_user