केपी ओली आज थाइल्याण्ड जाँदै
काठमाडौं–एमाले अध्यक्ष केपी ओली आज थाइल्याण्ड जाँदैछन् ।
अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार अध्यक्ष ओली आज १२ः३० बजे त्यसतर्फ लाग्नेछन् ।
ओलीका साथमा पत्नि राधिका शाक्य पनि थाई एयरवेजको जहाजबाट बैंकक जाने ओलीका स्वकिय सचिव अनिस दाहालले जानकारी दिए ।
मृर्गौला ट्रान्सप्लान्ट गरिएकाले अध्यक्ष ओलीले ६÷६ महिनामा स्वास्थ्य परिक्षण गराउदै आएका छन् । यसअघि उनले बैशाख पहिलो साता परिक्षण गराएका थिए । त्यसलगत्तै चुनावी चटारोमा सहभागि भएकाले यसपटक चाँडै स्वास्थ्य परिक्षण गर्न जान लागेको ओलि निकट श्रोतले जनाएको छ ।