पूजा कोठामा कहिल्यै नराख्नुहोस् पितृको तस्बिर, यस्तो संकट निम्तिन्छ
अहिले पितृ पक्ष (सोह्र श्राद्ध) चलिरहेको छ । हिन्दुहरुले पितृ पक्षमा श्रद्धापूर्व आफ्ना पूर्वजलाई सम्झदैं श्राद्ध गर्ने गर्छन् ।
**यो पनि पढ्नुहोस** : बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान
सोह्र श्राद्ध भनेको पितृको विशेष पूजा हुने समय पनि हो । तर यस्तो अवस्थामा कतिपयले आफ्ना पितृको तस्बिर पूजा कोठामा नै राख्ने गर्छन् । जहाँ देवताका तस्वीर तथा मूर्ति राखिन्छ र नियमित पूजा गरिन्छ, त्यो पूजा कोठा हो ।
तर वास्तुशास्त्रका अनुसार पूवाकोठामा पितृ तथा पूर्वजहरूको तस्वीर झुण्ड्याउनु हुँदैन । यसो गर्दा परिवारमा अशान्ति र दुर्भाग्य छाउँछ ।
हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । अनि आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले त प्राण निस्किएपछि शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो किनकि भगवानको त जन्म र मृत्यु हुँदैन, पृथिवीमा अवतार र पुनर्गमन मात्र हुन्छ ।
**यो पनि पढ्नुहोस** : शास्त्र भन्छ : यी ७ ब्यक्तिको घरमा कहिल्यै खाना नखानुस्
वास्तुशास्त्र अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै हुनुपर्छ । मृत पूर्वजहरूको तस्वीर चाहिँ दक्षिण पश्चिमतिर राख्नुपर्छ । यसरी वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्छ अनि आर्थिक संकटको स्थिति आइलाग्छ ।
दक्षिण ओक्सान कोस्टलको पिज्जाइपा ४३ माइल गहिरो इपिसेन्टर रहको उक्त भुकम्पको धक्का मेकसीकोको आधा जनसँख्याले महशुष गरेको राष्ट्रपति पेनाले बताएका छन। भुकम्पले करिव ३ लाख ३० हजार तेलसमेत नोक्सान गरेको समाचारमाध्यमहरुले बताएका छन।
मृत पूर्वजहरूको तस्वीर अर्कै कोठामा राख्नु उपयुक्त हुन्छ ।lokaantar
Source: Setopati.com
0 comments: