मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

SHARE

मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

जिल्ला पशु सेवा कार्यालय मकवानपुरले पशुपक्षी रोगी भए/नभएको जाँचै नगरी निरोगिताको प्रमाणपत्र (भेटेरिनरी प्रमाणीकरण) व्यापारीलाई बेच्ने गरेको खुलासा भएको छ ।

**यो पनि पढ्नुहोस** : पूजा कोठामा कहिल्यै नराख्नुहोस् पितृको तस्बिर, यस्तो संकट निम्तिन्छ

मासु खाने प्रयोजनका लागि जिल्लाबाट बाहिरिने पशु तथा पशुजन्य पदार्थ बिक्रीअघि गर्नुपर्ने निरीक्षण नै नगरी निरोगिताको प्रमाणपत्र फारम कार्यालयले व्यापारीलाई बिक्री गर्ने गरेको पत्ता लागेको हो ।

कुखुरा तथा खसीबोका पालन हुने मकवानपुरबाट दैनिक देशका विभिन्न भागमा मासु र पशुपक्षी निर्यात हुन्छन् । निर्यात गर्नुअघि पशु सेवा कार्यालयले पशु तथा पशुजन्य पदार्थमा कुनै रोग नभएको पुष्टि गरेर दिनुपर्ने प्रमाणपत्र किसान, व्यवसायी, ह्याचरी, उद्योग सञ्चालकलाई अगाडि नै दिएर त्यसबापत रकम लिने गरेको पुष्टि भएको हो ।

मकवानपुरमा पाँच वर्षदेखि भेटेरिनरी प्रमाणपत्र बिक्री हु“दै आएको पत्ता लागेको छ । पशु जाँच गरेबापत एउटा प्रमाणपत्रको दुईसय रुपैयाँ लिनुपर्ने नियम छ । पशुको जाँच नै नगरी रकम लिएर मागेजति प्रमाणपत्र कार्यालय प्रमुख तथा पशु चिकित्सक डाक्टर रामप्रकाश प्रधानले बिक्री गर्ने गरेको पत्ता लागेको हो ।

**यो पनि पढ्नुहोस** : शास्त्र भन्छ : यी ७ ब्यक्तिको घरमा कहिल्यै खाना नखानुस्

प्रति प्रमाणपत्रको दुई सय रुपैयाँसहित चिकित्सकले थप रकम लिएर बिक्री गर्ने गरेका छन् । प्रमाणपत्रको दुईसय लिएपनि व्यवसायी, ह्याचरी, फर्म र उद्योग सञ्चालकबाट मासिक दस हजारदेखि ३० हजारसम्म चिकित्सकले रकम लिने गरेको एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

ह्याचरी, फर्म र उद्योग सञ्चालकसँग रकम लिएर खाली प्रमाणपत्रमा कार्यालय प्रमुखले नै हस्ताक्षर गरेको प्रमाण फेला परेपछि यसको पुष्टि भएको हो ।

पशु तथा पशुजन्य पदार्थको आन्तरिक ओसारपसार तथा बिक्री र वितरणका लागि भेटेरिनरी प्रमाणपत्र दिइने गरिएको छ ।

तर कार्यालयले भने कार्यालय प्रमुखको हस्ताक्षर र कार्यालयको छाप लगाएर पशुको परीक्षण नै नगरी प्रमाणपत्र बिक्री गरिरहेको छ ।

नेपाल पशु चिकित्सक प्रमाणपत्र दर्ता नम्बर २३८ रहेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर प्रधानले नै खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर बिक्री गरिरहेको फेला परेको छ ।

पशु तथा पशुजन्य पदार्थको परीक्षण गरेर मात्र दिनुपर्ने प्रमाणपत्र अगाडि नै दिएर कार्यालयले रोगी तथा मरेका पशुपक्षी पनि निर्यात गर्न छुट दिएको छ ।

कार्यालय प्रमुखले नै नियम र विधिको उल्लंघन गर्दै कमाउ धन्दामा लागेपछि यसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् ।

कार्यालय प्रमुखको रूपमा डाक्टर प्रधान आउनुअघि अर्का पशु चिकित्सक डाक्टर सञ्जीव ठाकुरले पनि खाली प्रमाणपत्र व्यवसायीलाई दिएर रकम लिने गरेको व्यवसायीले नै खुलासा गरेका हुन् ।

कार्यालयले हस्ताक्षर र छाप लगाएपछि ह्याचरी, फार्म वा उद्योग सञ्चालक आफैंले रोगी पशुलाई निरोगी प्रमाणित गर्दै बिक्री गर्दै आएका छन् । उक्त प्रमाणपत्रमा किसान, ह्याचरी, फार्म वा उद्योगमा उत्पादित पशु तथा पशुजन्य पदार्थको नियमित रूपमा निरीक्षण हुने र देशभित्र ओसारपसारका शर्तका बारेमा जानकारी भएकाले फारममा सत्यतथ्य विवरण भरेको उल्लेख गरिएको छ ।

**यो पनि पढ्नुहोस** : फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

तर कार्यालयले उपलब्ध गराएको प्रमाणपत्रमा कुनै पनि विवरण भरिएको छैन । ओसारपसारपूर्व बढीमा २४ घण्टा अगाडि पशुपक्षीको परीक्षण गरेर भेटेरिनरी प्रमाणीकरण गर्नुपर्ने नियम भएपनि महिनौंअगाडि खाली प्रमाणपत्रमा हस्ताक्षर र कार्यालयको छाप लगाएर दिएको फेला परेको छ ।

व्यवसायीले माग्नेबित्तिकै चिकित्सकले हस्ताक्षर गरेर र कार्यालयको छाप लगाएर दिने गरेको कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार कार्यालयमा प्रमाणपत्र दिएको कुनै रेकर्ड नै छैन ।

ह्याचरी, फार्म वा उद्योग सञ्चालकले कुनै विवरण नभरेको प्रमाणपत्रमा कार्यालय प्रमुख डा प्रधानले प्रमाणीकरण गरेका छन् । उनले हस्ताक्षर गरेको खाली प्रमाणपत्रमा यस्तो उल्लेख गरिएको छ ‘म डा. रामप्रकाश प्रधान दर्तावाल भेटेरिनरीलाई यो स्पष्ट गर्दछु कि माथि उल्लेखित विवरणहरू मेरो सामुन्नेमा भरिएको ठीक सा“चो हुन् र यो प्रमाणित गर्दछु कि माथि क–३ मा (प्रमाणपत्रको ३–क मा वस्तुको विवरण, संख्या÷परिमाण, प्रजाति, जात, पोका÷बाक्साको संख्या उल्लेख गर्नुपर्ने छ) उल्लेखित पशु/पशुजन्य पदार्थहरू पठाउनुपूर्व मैले निरीक्षण गरेको हु“ र हस्ताक्षर गरेको मितिसम्म यसमा कुनै पनि सर्ने खालका संक्रमित रोगहरू नभएको पुष्टि गर्दछु । यसर्थ, यी वस्तुहरू ओसारपसार तथा बिक्रीवितरणका लागि योग्य छन् ।’

कार्यालय प्रमुख डा. प्रधानले सरकारी नियम र नीतिको धज्जी उडाउ“दै प्रमाणपत्र बिक्री गरेर आम उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लागेको छ । कानूनविपरीत प्रमाणपत्र बिक्री गरेर कमाउ धन्दामा लागेका प्रधानले उपभोक्ताको स्वास्थ्यप्रति बेवास्ता गरेका छन् ।

कार्यालय प्रमुख डा. प्रधानले खाली प्रमाणपत्रमा हस्ताक्षर र छाप लगाएर किसान, ह्याचरी, फार्म वा उद्योगलाई दिने गरेको स्वीकार गरे । उनले भने, ‘यसअगाडिका चिकित्सकले दिँदै आएका रहेछन् । मैले पनि किसानको सहजताका लागि अगाडि नै दिने गरेको हुँ । अबदेखि यस्तो काम गर्दिनँ ।’

उनले प्रमाणपत्र दिँदा लाग्ने दुई सय रुपैयाँमात्र लिएको दाबी गरे ।

जिल्लाबाहिर लैजाने पशुपक्षी तथा पशुजन्य वस्तु पशु कार्यालयमा ल्याएपछि चिकित्सकले परीक्षण गरेर प्रमाणपत्र दिनुपर्ने नियम रहेको प्रधान नै स्वीकार गर्छन् ।

परीक्षण नगरी प्रमाणपत्र दिँदा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको भन्दै उनले अब गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाए ।

**यो पनि पढ्नुहोस** : के तपाइको हातमा चक्र र शंख छ ? कुन औला मा हुदा कस्तो फल दिन्छ थाहापाउनुहोस् आफ्नो भाग्य ?

पशु कार्यालयका चिकित्सक तथा सूचना अधिकारी डा. सञ्जीव ठाकुरले परीक्षण नगरी प्रमाणपत्र दिन नमिल्ने बताए ।

पशुपक्षी वा पशुजन्य पदार्थको निर्यातभन्दा २४ घण्टाअगाडि दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षणपछि मात्र प्रमाणित गरेर भेटेरिनरी प्रमाणपत्र दिनुपर्ने नियम रहेको उल्लेख गरे ।

‘कार्यालय प्रमुख प्रधानले कसरी खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिनुभयो ? नियमले यसो गर्न मिल्दैन । यो त सर्वसाधारणको स्वास्थ्य माथिको खेलबाड हो’, सूचना अधिकारी ठाकुरले भने ।

तर दुई वर्षअघि निमित्त प्रमुख हुँदा उनले पनि रकम लिएर खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिने गरेको व्यवसायीले आरोप लगाएका छन् ।

कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले संघको सिफारिशको आधारमा पशु सेवा कार्यालयका पशु चिकित्सकले कुखुरा, अण्डा निरोगी रहेको भन्दै खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिने गरेको स्वीकार गरे ।

उनले चिकित्सकले ह्याचरी, फार्म वा उद्योगमा आएर परीक्षण गर्न नभ्याउने भएकाले संघको सिफारिशको आधारमा प्रमाणपत्र दिने गरेको बताए । खाली प्रमाणपत्र दिएबापत प्रति प्रमाणपत्र दुईसय बाहेक थप रकम नदिएको अध्यक्ष अधिकारीले दाबी गरे ।

**यो पनि पढ्नुहोस** : यी हुन् आफ्नै मेहनतले १३ वर्षमै करोडपती बन्ने किशोरी

तर व्यवसायीले भने खाली प्रमाणपत्रमा हस्ताक्षर गरेबापत मासिक रूपमा रकम दिइरहेको दाबी गरेका छन् । कार्यालयका कर्मचारीले पनि चिकित्सकले मासिक रकम लिएर मात्र खाली प्रमाणपत्रमा हस्ताक्षर गर्ने गरेको जानकारी दिए ।

जिल्लामा व्यावसायिक रूपमा १४ लाखवटा लेस र बोइलर कुुखरा पालन भइरहेको अध्यक्ष अधिकारीले बताए । उत्पादन भएकोमध्ये ३० प्रतिशत स्थानीय बजारमा र ७० प्रतिशत बाहिरी शहरमा खपत हुने गरेको उनले जानकारी दिए ।

मकवानपुरमा उत्पादन भएको कुखुरा काठमाडौं, वीरगञ्ज र बुटबलमा निर्यात हुने गरेको अध्यक्ष अधिकारीले उल्लेख गरे । जिल्लामा उत्पादन हुने अण्डामध्ये २५ प्रतिशत स्थानीय बजारमा र ७५ प्रतिशत अन्य शहरमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

**यो पनि पढ्नुहोस** : यो जेल हेरेपछि कैदी बन्न इच्छा जाग्नसक्छ, यस्ता छन् सुविधा (फोटोफिचर)

मकवानपुरमा उत्पादन हुने बाख्रा, खसी र बोकामध्ये ५० प्रतिशत बाहिरी जिल्लामा बिक्री हुने माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले बताए ।

मकवानपुरको बाख्रा, खसी र बोका चितवन, वीरगञ्ज र काठमाडौंमा खपत हुने उनले उल्लेख गरे । । मकवानपुरबाट दैनिक ५ हजार कुखुरा, ८० वटा खसीबोका र ६० वटा रागाभैंसी अन्य जिल्लामा निर्यात हुने गरेको महासचिव राजथलाले जानकारी दिए ।

पशु तथा पशुजन्य पदार्थको परीक्षण नगरी निरोगिताको प्रमाणपत्र (भेटेरिनरी प्रमाणीकरण) प्रमाणपत्र दिने वा खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर व्यवसायीलाई दिने पशु चिकित्सकमाथि कारवाही हुने पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. उमेश दाहालका अनुसार सरकारी चिकित्सक भए निजामती सेवा ऐन अनुसार विभागीय कारवाही हुनसक्छ । उनले नेपाल पशु चिकित्सा परिषद्ले नेपाल पशु चिकित्सक प्रमाणपत्र दर्ता नम्बर खारेज गर्न सक्नेसम्मको कारवाही हुने प्रावधान रहेको जानकारी दिए ।

**यो पनि पढ्नुहोस** : सावधान ! फेसबुक म्यासेन्जरबाट यसरी फैलिँदैछ भाइरस

पशु चिकित्सकले परीक्षण नगरी पशुपक्षी बिक्री गरेको पुष्टि भएमा पशुपक्षी जफत गर्ने र कसूरअनुसारको जरिवाना हुने व्यवस्था पशुपक्षी ढुवानी मापदण्ड २०६४ मा छ ।

पशु चिकित्सकले पदीय दुरुपयोग तथा उपभोक्तामाथि खेलवाड गर्ने काम गरेको प्रमाण फेला परे कारवाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

Source: Lokaantar
SHARE

Author: verified_user

0 comments: