एटीएमबाट रकम चोर्ने १५ विदेशी नागरिक पक्राउ, ८८ लाख ६८ हजार बरामद

SHARE

एटीएमबाट रकम चोर्ने १५ विदेशी नागरिक पक्राउ, ८८ लाख ६८ हजार बरामद

२७ भदौ, काठमाडौं । अर्काको एटीएमबाट अनधिकृत रुपमा रकम निकाल्ने गिरोह विरुद्धको कारबाहीमा हालसम्म १५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ८८ लाख बढी नेपाली रुपैयाँ बरामद पनि भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एटीएम ह्याकरहरुविरुद्ध कारबाही चलाउँदै आएको छ ।

**यो पनि पढ्नुहोस** : मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

सोही क्रममा आइतबार दुई जना विदेशी नागरिक पर्यटकीय नगरी ठमेलबाट पक्राउ परेका छन् । राहदानी नम्बर ३८४०३८०७८ का २३ वर्षीय बुल्गेरियन नागरिक र राहदानी नम्बर यू १०३२८५९१ का टर्कीस नागरिक पक्राउ परेका हुन् ।

बुल्गेरियन नागरिकलाई आइतबार चाक्सीबारी ठमेलस्थित होटल बुद्धबाट र टर्कीस नागरिकलार्इ ठमेलको क्षेत्रपाटीस्थित रोयल पेन्गुइन होटलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । बुल्गेरियन नागरिकको साथबाट एक सय २८ थान एटिएम, चार लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, मोबाइल, ल्यापटपलगायतका सामाग्रीसमेत बरामद भएको छ ।

**यो पनि पढ्नुहोस** : आइफोन ८ को मुल्यले राख्यो विश्व रेकर्ड ! हेर्नुहोस यसको मुल्य

हालसम्म व्यूरोले रोमानिया, टर्की र माल्दिभ्सका चार-चार जना तथा बुल्गेरियाका तीन जना गरी कुल १५ जना विदेशी नागरिकहरुलार्इ एटिएम काण्डमा पक्राउ गरिसकेको छ ।

**यो पनि पढ्नुहोस** : पूजा कोठामा कहिल्यै नराख्नुहोस् पितृको तस्बिर, यस्तो संकट निम्तिन्छ

अर्काको एटीएम कार्डको गोप्य नम्बर पत्ता लगाइ रकम झिक्ने गिरोहविरुद्धको कारबाहीबाट हालसम्म ८८ लाख ६८ हजार ८५० नेपाली रुपैयाँ, ७५ हजार २४५ अमेरिकी डलर, ७३ हजार ८७५ युरो र एक हजार ४३९ थान एटीएम कार्ड बरामद भइसकेको छ ।

SHARE

Author: verified_user

0 comments: