
यी पाँच देशमध्ये कुन देशले जित्ला तेस्रो विश्वयुद्ध ? यस्ता छन् सम्भावना
एजेन्सी । दोस्रो विश्वयुद्धको अन्त्यताका सन् १९४५ को अगस्ट ६ गते सोमबार बिहान ८ बजेर १५ मिनेट जाँदा अमेरिकी आणविक बम ‘लिटिल ब्वाइ’ जापानको हिरोसिमा शहरमा खसाइएको थियो जसले ८० हजार मानिसको मृत्यु भयो भने शहरका ६९ प्रतिशत शहरका भवनहरु एकै क्षणमा ध्वस्त भए ।
यसको तीन दिन पछि फेरि अमेरिकाले नै खसालेको दोस्रो आणविक बमले पनि नागासाकीमा ५० औं हजार मानिसको ज्यान लियो । यी आणविक बम हमला पछि नै दोस्रो विश्वयुद्धको अन्त्य भयो ।
आजभन्दा ७० वर्ष भन्दा अघि त आणविक हतियारले त्यती ठूलो विनाश गरेको थियो भने आज त झनै एक हजार केजी तौलको एक थर्मोन्युक्लियर हतियारले १ दशमलब २ मिलियन टन टिएनटीले गर्ने विष्फोट बराबरको विनाश गराउने क्षमता राख्छन् ।
**यो पनि पढ्नुहोस** : हेर्नुहोस ! घर बसी-बसी मोबाइलबाट बिजुलीको बिल कसरी भुक्तानी गर्ने ?
अहिले सबै देशमा रहेका सैनिक तोपखानामा सबैगरि करिब २२ हजार न्युक्लियर हतियार भएको अनुमान गरिन्छ । त्यसैले हामीलाई यो कुरा सोच्न गाह्रो छैन् कि यस्ता हतियार भएका देशहरुलाई यदि कसैले संवेदनशिल रुपमा चुनौति दियो भने त्यसले डरलाग्दो आम नरसंहार निम्त्याउन सक्छ ।
पहिलो र दोस्रो विश्वयुद्धबाट भएको सम्पूर्ण क्षतिको बारेमा सबै जानकार हँुदा हुँदै पनि अहिलेको अन्तराष्ट्रिय तनावले गर्दा यदि तेस्रो विश्वयुद्ध त भइहाल्दैन भन्ने सबैको आशंका रहेको छ ।
सबैको कामना तेस्रो विश्वयुद्ध नहोस भन्ने नै हो किनभने तेस्रो विश्वयुद्ध भइहाल्यो भने त्यसले पुर्याउने क्षतिको आँकलन मात्रै गर्न पनि सकिँदैन् । तेस्रो विश्वयुद्ध भइहाल्यो भने यसले विश्वका सबै क्षेत्रमा नराम्रोसँग असर गर्नेछ । केही दिनको अन्तरालमै पुरै देश ने ध्वस्त त बनाउने होइन भन्ने प्रश्न पनि उब्जिन सक्छ ।
यस्तोमा हामीले तेस्रो विश्वयुद्ध भइहाल्यो भने कुन देश शक्तिशाली होला ? कसले जित हात पार्लान भन्ने विभिन्न तथ्यहरुको आधारमा उसको कुल सैनिक सङ्ख्या, जलसेनाको क्षमता, वायुसेनाको क्षमता, उसले गर्ने रक्षा खर्च आणविक हतियारको सङ्ख्याको आधारमा यो सूची बनाएका छौं । यस्तो छ सूची
**यो पनि पढ्नुहोस** : छिटै मोटाउन मन छ ? पढ्नुहोस यस्ता उपाय
५. बेलायत
रक्षा खर्चः वार्षिक करिव ६० अर्ब डलर
सैनिक सङ्ख्याः ३ लाख ८८ हजार
हवाई क्षमताः २२२ लडाकु विमान, १५३ हेलिकप्टर
सामुन्द्रिक क्षमताः करिव ३ लाख ६७ हजार टन
आणविक हतियारः २२५ वटा तैनाथ
ऐतिहासिक रुपमै शक्तिशाली मानिने बेलायतको सैनिक क्षमता अहिले पनि शक्तिशाली छ । यसको जलसेनालाई अहिले पनि विश्वकै सबैभन्दा शक्तिशाली मानिन्छ । बढ्दो आर्थिक प्रगतिको कारण केही वर्षमै बेलायत जर्मनीलाई समेत जितेर अगाडी आउन सक्ने बताइएको छ । केही वर्षमै ऋणमुक्त हुने सम्भावना रहेको बेलायतमा करिव ३ लाख ८८ हजार सैनिक रहेका छन् ।
४. भारत
रक्षा खर्चः वार्षिक करिव ४६ अर्ब डलर
सैनिक सङ्ख्याः ४७ लाख ६८ हजार
हवाई क्षमताः १०८० लडाकु विमान, १४० लडाकु हेलिकप्टर
सामुन्द्रिक क्षमताः करिव ३ लाख १७ हजार टन
आणविक हतियारः १०० वटा तैनाथ
भारतको हालको सैनिक खर्च विश्वको अन्य देशको तुलनामा आठौं हो फ्रान्स, जापान र साउदी अरबले समेत भारतले भन्दा धेरै खर्च गर्छन् तर के कारणले चैं भारतलाई सैन्य क्षमतामा अरुभन्दा शक्तिशाली बनायो त ? रिपोर्टहरुका अनुसार भारतको सैन्य क्षमता केही वर्षमै बेलायतको भन्दा शक्तिशाली हुनेछ । बेलायतले आफुनो सैन्य क्षमता घटाउन सक्छ तर भारतले भने सैन्य खर्च बढाँउदै लगेको छ । अहिले पनि भारत सैनिक सङ्ख्याको आधारमा दोस्रो स्थानमा पर्छ ।
**यो पनि पढ्नुहोस** : झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन
३. रसिया
रक्षा खर्चः वार्षिक करिव ९० अर्ब डलर
सैनिक सङ्ख्याः ३२ लाख ५० हजार
हवाई क्षमताः १९०० लडाकु विमान, १६५५ लडाकु हेलिकप्टर
सामुन्द्रिक क्षमताः करिव ८ लाख ४५ हजार ७ सय ३० टन
आणविक हतियारः कुल ४५०२ वटा, करिव १४ सय ८० वटा तैनाथ
विश्वको सैन्य शक्तिको लागि खर्च गर्ने तेस्रो राष्ट्रमा पर्छ रसिया । रसियाको रक्षाबजेटको आकार बढ्दै गएको छ । सङ्ख्यात्मक आधारमा विश्वकै दोस्रो जलसेना र वायुसेना भएको रसिया आणविक क्षमतामा पनि दोस्रो स्थानमा रहेको छ ।
**यो पनि पढ्नुहोस** : काँक्रो खाँदा फाइदै–फाइदा
२. अमेरिका
रक्षा खर्चः वार्षिक करिव ६ सय ८२ अर्ब डलर
सैनिक सङ्ख्याः २२ लाख ९१ हजार
हवाई क्षमताः ३३१८ लडाकु विमान, ६४१७ लडाकु हेलिकप्टर
सामुन्द्रिक क्षमताः करिव ३४ लाख १५ हजार ८ सय ९३ टन
आणविक हतियारः १६५४ तैनाथ गरिएको ५११३ कुल
हामीलाई सैनिक क्षमतामा अमेरिका बाहेक अन्य देशको भर खासै लाग्दैन किनभने अमेरिकाको उत्कृष्टता नै सबैभन्दा अत्याधुनिक प्रविधि र सहि प्रशिक्षित सेनामा रहेको छ । अमेरिका एक्लैले अन्य १० शक्तिशाली देशहरुले भन्दा बढि खर्च गर्ने पनि हामीले सुनेको हो तर किन अमेरिका दोस्रो स्थानमा रहेको छ ?
यसबारेमा विश्लेषण गर्दा अमेरिकाले आफ्नो रक्षा खर्च घटाउने निर्णय गरिसकेको छ । अमेरिकाको बढ्दो ऋणको समस्या र धेरै रक्षा खर्चको कारणलेकेही वर्ष भित्र नै रक्षा खर्च छ भागको एक भाग घटाउने मनस्थितीमा पुगिसकेको छ त्यसैले पनि अमेरिकालाई दोस्रो स्थानमा राखिएको हो ।
**यो पनि पढ्नुहोस** : घर अगाडि खाल्डो छ ? महानगरमा खबर गर्नुस्
१. चीन
रक्षा खर्चः वार्षिक करिव १६६ अर्ब डलर
सैनिक सङ्ख्याः ७० लाख ५४ हजार
हवाई क्षमताः १५ सय लडाकु विमान, हेलिकप्टर सङ्ख्या थाहा नभएको
सामुन्द्रिक क्षमताः करिव ७ लाख ८ हजार टन
तैनाथ आणविक हतियारः अन्दाजी करिव २४० वटा
हामीलाई सैनिक क्षमतामा अमेरिका बाहेक अन्य देशको भर खासै लाग्दैन किनभने अमेरिकाको उत्कृष्टता नै सबैभन्दा अत्याधुनिक प्रविधि र सहि प्रशिक्षित सेनामा रहेको छ । अमेरिका एक्लैले अन्य १० शक्तिशाली देशहरुले भन्दा बढि खर्च गर्ने पनि हामीले सुनेको हो तर किन अमेरिका दोस्रो स्थानमा रहेको छ ?
सन् १९७० को दशक पछि भएको चीनको आर्थिक वृद्धिदरले नसोचिएको प्रगती हासिल गरेको छ । अहिले चीनको सैन्य आकार कस्तो छ भन्दा पनि कति समयमा यसले यो स्थानसम्म आयो भन्ने कुराले धेरै अर्थ राख्छ किनभने यसको विकास धेरै नै तिव्र गतिमा भैरहेको छ । चीनसँग अहिले विश्वकै सबैभन्दा धेरै सैनिकहरु रहेका छन् र उसको आणविक क्षमताको बारेमा पनि धेरैलाई वास्तविक तथ्याङ्क थाहा छैन् ।
0 comments: