रुपन्देहीमा युवतीको अपहरण

SHARE

रुपन्देहीमा युवतीको अपहरण

२ असोज, रुपन्देही । रुपन्देहीमा सोमबार एक युवती अपहरणमा परेकी छन् । जिल्लाको सैनामैना नगरपालिका-१ वनकट्टाकी अन्दाजी २४ वर्षीया रेखा भुसाल अज्ञात समूहको अपहरणमा परेकी हुन् ।

वनकट्टाको वर्मा चोकमा बुटवल जाने गाडी कुरिरहेको अवस्थामा भुसाल अपहरणमा परेकी बताइएको छ । प्रहरीका अनुसार, बा १३ च ६६९७ नम्बरको सेतो अल्टो कारमा आएका व्यक्ति उनलाई जबरजस्ती गाडीमा हालेर तामनगरतर्फ मोडिएका थिए ।

**यो पनि पढ्नुहोस** : अन्तिम पटक डिभि खुल्दै, यस्तो छ नयाँ नियम

अपहरणमा परेकी युवती फार्मेसीमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले युवती अपहरणमुक्त भइसकेको दाबी गरे पनि उनको अवस्थाको बारेमा केही पनि बताएको छैन । एसपी श्यामलाल ज्ञवालीले अपहरित युवतीको उद्दार गरेको र अपहरणमा संलग्न युवाहरुको खोजी भइरहेको जानकारी दिए ।

SHARE

Author: verified_user

0 comments: