अन्तिम पटक डिभि खुल्दै, यस्तो छ नयाँ नियम
एजेन्सी । अमेरिकाले पुनः एक पटक डिभी लोटरी खोल्ने भएको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पुनः डिभी खोल्न लागिएको जानकारी दिइएको हो ।
डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।
**यो पनि पढ्नुहोस** : तपाईं आइतबार जन्मनुभएको हो ? हो भने अवश्य पढ्नुहोस्
यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।
अहिलेसम्म झण्डै ५० हजार नेपालीहरु डिभी परेर अमेरिका बसोबास गर्दै आइरहेका छन् ।
कसरी भर्ने डिभी चिट्ठा ?
डिभी भर्नका लागि कुनैपनि शुल्क नलाग्ने र डिभी भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन पनि अमेरिकी दूतावासले आग्रह गर्दै आइरहेको छ । यदी डिभी फारम भर्दा कुनै सहयोगको आवश्यक परेमाा आफ्नो विश्वासिलो मान्छे वा आफन्तको सहयोग लिएर मात्र डिभी भर्न दूतावासले अनुरोध गरेको छ ।
**यो पनि पढ्नुहोस** : खुल्यो कुकुरलाई बियर खुवाउने रेष्टुरेन्ट
डिभी भर्नका लागि डब्लूडब्लूडब्लू डिभी लोटरी डट स्टेट डट जीओभीमा लगइन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दुतावासले जानकारी दिएको । डिभी फर्म भर्दा पर्छ कि भनेर धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ ।
**यो पनि पढ्नुहोस** : मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र
यस्तै डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ ।
डिभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डिभी प¥यो कि परेन भनेर चेक गर्न कन्र्फमेसन नम्बर अनिवार्य चाहिन्छ ।
0 comments: