पंचक काल चलिरहेको छ, यस्ता कार्य गर्दै नगर्नोस्…पुरा पढेर शेयर गर्नुहोला ताकि अरूलाइ पनि केहि ज्ञान मिलोस।।
पंचकलाई चन्द्रमाको स्थितिमा आधारित गणना पनि भनिन्छ । जब चन्द्रमा कुम्भ र मीन राशिमा रहन्छ, त्यो समयलाई ‘पंचक’ भनिन्छ ।
ज्योतिषअनुसार पंचकलाई अशुभ र हानिकारक नक्षत्र मानिन्छ । यसपटक भदौ १९ गते नेपाली समयअनुसार राति १२ः२८ बजेदेखि पंचक शुरु भएको छ । र पंचक २४ गते (शनिवार)सम्म जारी रहनेछ । यसपटक सोमवारदेखि पंचक शुरु भएको छ । जसकारण यसलाई ‘राज पंचक’ भनिन्छ ।यस्तो भनिन्छ कि पंचकका दिनमा केही काम गर्नु नराम्रो मानिन्छ । त्यस्ता केही काम छन्, जो पंचकको समयमा गर्दा धेरै नराम्रो हुन्छ ।
पंचक अन्तर्गत धनिष्ठा, शतभिषा, उत्तरा भाद्रपद, पूर्वा भाद्रपद र रेवती नक्षत्र आउँछन् । यिनै नक्षत्र मिलेर बन्ने विशेष योगलाई नै पंचक भनिन्छ । यो दिनमा यात्रा, व्यापार, लेनदेन, कुनै नयाँ काम गर्नु नराम्रो मानिन्छ ।
– पंचक लागेको बेला नयाँ खाट (पलङ्ग) बनाउनु धेरै नराम्रो मानिन्छ । यसले ठूलो संकट निम्त्याउँछ । – पंचकको दौरान दक्षिण दिशामा यात्रा गर्नु हुँदैन । – जब पंचक कालको रेवती नक्षत्र चलिरहेको हुन्छ त्यतिबेला घरको छत बनाउनु हुँदैन । – धनिष्ठा नक्षत्र चलिरहेको बेला घाँस, दाउरा, ईन्धन आदि घरमा भित्र्याउनु हुँदैन ।
पंचक लागेका बेला कसैको मृत्यु भए के गर्ने ? तपाईलाई थाहा होला कि पंचक लागेको बेला कसैको मृत्यु भयो भने त्यो अत्यन्तै अशुभ मानिन्छ । यस्तो हुँदा धेरै ठूलो संकट निम्तिने संभावना हुन्छ भनेर ज्योतिषीहरुले भन्ने गर्छन् ।
पंचकमा कसैको मृत्यु भएमा उक्त व्यक्तिको परिवार तथा नाता–कुटुम्ब पर्नेमा अन्य पाँच जनाको पनि मृत्यु हुन्छ भन्ने मान्यता छ ।
यस स्थितिलाई टार्नका लागि शवसँगै जौंको पिठो र कुशबाट अन्य ५ ओटा पुतला बनाएर राखिन्छ । ती पुतलाको पनि पूर्ण विधि–विधान अपनाएर अन्तिम संस्कार गरिन्छ ।
ज्योतिष शास्त्रमा पंचकलाई सबैभन्दा अशुभ मुहर्तमा गनिन्छ । यसकारण यी ५ दिनको अवधिमा गरिने कुनै पनि कामलाई अशुभ कार्य जस्तै मानिन्छ । त्यसकारण यी दिनमा कुनै पनि काम गर्नु अगाडि नक्षत्रमा ध्यान दिनु जरुरी हुन्छ ।lokaantar
0 comments: