इर्मा आँधीका कारण १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने अनुमान

SHARE

इर्मा आँधीका कारण १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने अनुमान

शक्तिशाली समुद्री आँधी इर्माले क्यारेबियन क्षेत्रमा कम्तिमा १४ जनाको मृत्यु भएको छ। यस शताव्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माको गति प्रतिघण्टा २९० किलोमिटरसम्म थियो।

आँधीका कारण कयौं घाइते भएका छन् भने हजारौं घर तथा अन्य भौतिक संरचना भत्किएका छन्। यसले सेन्ट मार्टिन प्रायद्वीपमा सबैभन्दा बढी क्षति पुर्याएको बताइएको छ।

आँधीले सन् २०१० को भूकम्पबाट उक्सने प्रयास गरिरहेको हैटीमा पनि बाढी निम्त्याएको छ र केही क्षति पनि पुर्याएको छ।

हाल आँधीको गति २७० किलोमिटर प्रतिघण्टामा झरेको छ।

हालसम्मकै पाँच शक्तिशाली आँधीको सूचीमा राखिएको इर्माका कारण करिब १२ लाख मान्छे प्रभावित भएका र यो संख्या बढेर २ करोड ६० लाख पुग्ने अनुमान रेडक्रसको छ।

खानेपानी र सरसफाइका सामग्री नष्ट भएकाले रोगहरु फैलने र मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले जनाएका छन्।

इर्मा अहिले टर्क्स र काइकोस टापूमा छ र बहामासतर्फ गइरहेको छ। साताको अन्त्यमा (अाइतबारतिर) अमेरिकाको फ्लोरिडा हुँदै यो क्यूबा पुग्ने आकलन गरिएको छ। दक्षिण फ्लोरिडाका करिब ५० हजार बासिन्दालाई आइतबारसम्म ठाउँ छाड्ने सूचना जारी गरिएको छ।

टर्क्स र काइकोस टापूका ३५ हजार जनसंख्या यसबाट नराम्ररी प्रभावित हुने देखिएको छ। घरका छाना उडेका छन् भने विद्युत गएको छ। बाढीले सडक जलमय छन्।

व्यापक विनाश निम्त्याएको क्यारिबियन क्षेत्रमा उद्धार तथा राहत कार्य सुरु भइसकेको छ।

(बिबिसी)

सेतोपटि

SHARE

Author: verified_user

0 comments: