लोग्नेले कुट्छ,छुट्टिएर बसौ त एक्ली आईमाई कसरी? एक पटक पढ्नु दु:खको कुरा
भिनाजुले पार्वती दिदीलाई सधै पिटेको देखेकी थिइ सिमानाले। ‘छोरा नजन्माएको’ भनेर सधै यातना दिईरहन्थे उनी। भिनाजुको उग्र रूप देखेर कुनामा घन्टौसम्म लुकेर बस्थी सिमाना।
दिदी असल थिइन् आँखैमा राखे पनि नबिजाउने तर लोग्नेको ज्यादती र अन्यायको बिरोध दिदीले कहिल्यै गरिनन्। दिदी भन्थीन् ‘उहाँको स्वभाव नै त्यस्तै हो नानी!’ म सहनसिल छु भैगो नी।’
**यो पनि पढ्नुहोस** शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ..!!
सिमाना बिहे गरेको पाँच वर्ष पछि आज दिदिलाई भेट्न आएकी हो। गडेका र चाउरिएका दिदिका आँखा निराश थिए। सुन्दरताको नमुना पार्वती दिदी त बुढी जस्ती भइछिन्। सिमानालाई उकुसमुकुस भयो दिदीको अनुदित स्वरूप देखेर। सिमानाले दिदिसँग धेरैबेर दुःख-सुखका कुरा गरि। रातको एक बजेसम्म पनि भिनाजुको अत्तोपत्तो थिएन। दिदीले सबै कुरा भनोस् भन्ने चाहान्थी ऊ। तर दिदीका ओठले केही नभने पनि आँखाले सबै भनेका थिए।
**यो पनि पढ्नुहोस** मलद्वारभित्र भेटियो १ किलो सुन !
सिमानाले भनी,‘पार्बती दिदी, तेरो बुढो तेस्तो ज्याद्रो छ। कति कुट्छ, अन्याय गर्छ, के तलाई त्यसको माया लाग्छ त? नढाटी भन है मलाई। पार्बतीले भनिन् ‘के गर्नु नानी, लोग्ने छोडेर माइत जाउ भने ‘घर गरेर खानु पर्छ छोरी। छोरीका लागि पनि सहनुपर्छ,’ भन्छन्।
ध्यान दिनुपर्ने कुराहरु :
छुट्टिएर संघर्श गरौ त, एक्ली आइमाइलाई हेर्ने दृष्टिकोण र व्यवहार नै फरक भै दिन्छ।’ कोठा केही बेर ज्युँदा मान्छेको मसानघाट जस्तो भयो। पार्बती दिदीले भनीन् ‘लोग्नेको माया त लाग्दैन! छोराछोरीका लागि भए’नि माया गरे झै गरेर नौनी घस्नु पर्ने बाध्यता छ नानी।’ एसो भनीरहँदा उनका आँखामा बादल मडारिइसकेको थियो।
सिमानाले भनि,‘कति प्रतिशत नारीहरू देखावटी प्रेम गरेर लोग्नेसँग जीवन बिताउँदै छन होला हगि दिदि?’
0 comments: