जुत्ता हेर्दा ठूलो हेर्नु पर्छ, बुहारी हेर्दा सानो’-आकाश पातालको अन्तर भएका नेपाली सेलिब्रेटी जोडी
एउटा उखानै छनी जुत्ता हेर्दा ठूलो हेर्नु पर्छ, बुहारी हेर्दा सानो । यो उखान प्राय सबै नेपालीहरुमा लागु हुन्छ, तर कोहि आफ्नो उमेर भन्दा यति साना उमेर सग बिवाह गर्छन सबैलाइ अचम्ममा पारिदिन्छन । यसको कारण केटि मान्छे उमेर ढल्कदै जादा बिग्रिन सक्छन भन्ने पनि हुन्छ ।
मानिस देखि राजनीतिज्ञ होस् या सेलिब्रेटी उनीहरुले फू भन्दा धेरै कान्छी उमेरकी केटी विवाह गरेको पाइन्छ । अझ खाईलाग्दो ज्यान । आर्कषक व्यक्तित्व । अभिनयमा अब्बल, अभिनेताहरुका बढी महिला फ्यानहरु हुन्छन् ।
**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !
विपरित लिङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु युवतीहरु प्रशस्तै भेटिन्छन् । स्टारडमका कारण हुन सक्छ वा अन्य केही कारण , कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् ।
राजेश हमाल र मधु भट्टराई
विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे ।
उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारीन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे ।
राजेश हमालको जन्म वि सं २०२१ सालमा भएको हो । अहिले उनी ५२ वर्षको वरिपरि छन् । मधु अहिले ३० वर्षमा हिँड्दै छिन् । यस हिसाबले राजेश र मधुबीचमा झण्डै २२ वर्षको फरक छ ।
उमेरमा धेरै फरक हुँदा वैवाहिक जीवनमा बिभिन्न कठिनाई आउने भोग्नेहरु बताउँछन् । तर, राजेश र मधुको जोडि भने एकअर्काको साथ पाएर निकै खुसी छन् ।
निश्चल बस्नेत र स्वस्तीमा
लुटका निर्देशक निश्चल बस्नेतले पनि आफूभन्दा १४ वर्ष भन्दा बढी कान्छी उमेरकी स्वस्तीमासंग विवाह गरेका छन् । एकअर्काको साथमा रमाउन सक्यो भने उमेरले केही पनि फरक पार्दैन भन्दै यो जोडी अघि बढिरहेको छ ।
एकअर्काको उमेरमा भएको अन्तरले कुनै पनि समस्या नपरेको भन्दै यो जोडी आजको मितिसम्म खुशी छन् । आफ्नो वैवाहीक सम्बन्धको बारेमा उनीहरुले मिडियासँग पनि धेरै पटक भनिसकेका छन् ।नायिका स्वस्तीमा २१ बर्षकी भइन् भने निश्चल ३४ वर्षका भए ।
निश्चल करिअरमा सफल र स्थापित भईसकेका छन् भने स्वस्तीमा करिअको सुरुवातमै छिन् । हेरौँ उनीहरुको वैवाहीक सम्बन्ध अगाडि कसरी बढ्छन् । हामी चहान्छौँ उनीहरुको सम्बन्ध दीगो र बलियो होस् ।
करिष्मा मानन्धर र विनोद मानन्धर
सदावाहर नायिका करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरको प्रेम विवाह भएको हो । उनीहरुको प्रेमकहानी र विवाह प्रसंग निकै अनौठो छ । केही समय सँगै काम गरेपछि अचानक करिष्माले नै विनोदलाई विवाहको प्रस्ताव राखेकी थिईन् ।
विवाह हुने समयमा करिष्मा १८ बर्षकी थिईन् भने विनोद ३८ बर्षका । यस हिसाबले उनीहरुको उमेरमा पनि दुई दशकको फरक छ । एक छोरीको अभिभावक यो जोडीलाई पनि उमेरको अन्तरले खासै असर नपारेको देखिन्छ ।
रेखा थापा र छविराज ओझा
करिअरको सुरुवातमै विवाह गर्ने अभिनेत्री हुन् रेखा थापा । सिनेमा हिरोबाट सिनेमामा प्रवेश गरेकी उनलाई त्यहि सिनेमाले जीवन साथी भेटाईदियो । त्यहि सिनेमाका निर्माता छविराज ओझासँग उनको विवाह भयो । विवाह गरेर केही समय पछि नै रेखालाई छविको साथले स्थापित गराईदियो । उनी अभिनेत्रीका साथै निर्मात्री पनि भईन् ।
दिनप्रतिदिन उनको करिअर सफल हुँदै गए तर वैवाहिक जीवन भने असफलतातिर धकेलियो । एकअर्काको मन अनि विचार मिल्न छाडेपछि उनीहरुले एउटै छानामुनी नबोलेरै केही वर्ष गुजारे ।
हाल उनीहरु कानुनी रुपमै अलग भईसकेका छन् । रेखा र छविको उमेरमा १८ बर्षको अन्तर थियो । ५४ वर्षिय छवि अहिले आफूभन्दा आधा उमेरकी अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गर्ने प्रसंगले चर्चामा छन् भने ३२ बर्षिय अभिनेत्री रेखा राजनीतिमा प्रवेश गरेर चर्चामा छिन् ।
श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का
अभिनेता श्रीकृष्ण श्रेष्ठ अहिले हामी माझ छैनन् । स्वेता खड्कासँग विवाह गरेको एक महिनामै उनले संसार छाडेका हुन् । श्रीकृष्ण वि सं २०२४ सालमा जन्मीएका हुन् ।
राजेश हमालसँग सँगैका उनले जन्मीएको झण्डै ५ दशकमा विवाह गरे । चलचित्रमा नायिका खोज्ने क्रममा उनले स्वेता खड्कालाई भेटेका हुन् । आधा उमेरले कान्छी स्वेतासँग उनले पर्दा पनि बाँडे ।
अभिनय गर्दा गर्दै उनीहरुबीचको प्रेम मौलायो । आखिर प्रेमलाई उमेरको हदबन्दी त थिएन । त्यसैले उनीहरुको केहि वर्षको प्रेम विवाहमा परिणत भयो ।
धेरै सपना बटुलेर नायिका स्वेता र श्रीकृष्णले बिवाह गरेका थिए । तर, विवाह भएको एक महिनापछि देखि नै श्रीकृष्णले उनको साथ छाडे । श्रीकृष्ण र स्वेताबीचमा २२ वर्ष को फरक थियो ।
0 comments: