मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

SHARE

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

बिहीबार दिउसो निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्रीले बालुवाटारमा यस्तो बताएका हुन् । आयोगका पदाधिकारीहरुसँगको भेटमा देउवाले चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

चुनावको लागि तयारी सन्तोषजनक रहेको प्रधानमन्त्रीको भनाइ थियो । साथै आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री देउवाले निर्धक्क भएर निर्वाचनको तयारी गर्न आग्रह समेत गरेका छन् । ‘चुनाव तोकिएकै मितिमा गर्नुपर्छ । निर्धक्क भएर लाग्नुस् ।’, प्रधानमन्त्रीको हवाला दिँदै बैठकमा सहभागि एक मन्त्रीले सुनाए, ‘आयोगलाई आवस्यक सहयोग हुन्छ ।’

आयोगका पदाधिकारीहरू र प्रधानमन्त्री देउवाबीच दीपावली तथा छठलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान हुने क्रममा राजनीतिक छलफल पनि भएको हो ।

भेटमा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुका साथै आयोगका तर्फबाट आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए ।

SHARE

Author: verified_user

0 comments: