रुपन्देहीले राख्यो रेकर्ड । विश्वकै लामो रंगोली (फोटो सहित) ! एक शेयर गर्दिनुहोला
भैरहवा । रुपन्देहीमा विश्वकै लामो रंगोली बनाएको दावी गरिएको छ । सुख र समृद्धिको प्रतिक मानिने रंगहरुको कला रंगोलीलाई स्थानिय तथा बागेश्वरी असल शासन (बास)को आयोजनामा बनाईएको हो ।
बागेश्वरी असल शासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा बुधवार अहिले सम्मकै लामो रंगोली बनाइएको हो । रुपन्देहीको ओम सतिया गाउपालिका र सियारी गाउपालिका छुने गरि लखन चोकदेखि हाटी अमवासम्मको सडकमा १ दशमलव ५ किलोमिटर लामो रंगोली बनाइएको हो ।
स कला सँस्कृति तथा पहिचानको जर्गेना, पर्यटकलाई आकर्षित गर्न, सामाजिक सदभाव कायम गर्न तथा गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ रंगोली बनाइएको हो । आयोजक संस्थाका अध्यक्ष विजया खत्रीका अनुसार रुपन्देहीमा बनाइएको रंगोली विश्वकै ठूलो हो । यस अघि भारतमा १ दशमलव ३ किलोमिटर र बांगलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको खत्रीले बताइन ।
रंगोली बनाउन स्थानियहरुका साथै दक्ष कलाकारहरुको प्रयोग गरिएको थियो । ४ सय लिटर भन्दा बढी रंग प्रयो भएको सो रंगालीको लागी बिरगंजको ए एक्स एन ट्रडिङ्ग नामको संस्थाले डिलक्स पेन्ट सहयोग गरेको कार्यक्रम संयोजक बिरेन्द्र गुप्ताले बताए । दक्ष कलाकार तथा स्थानिय सहित करिब ४ सउ जनालाई उक्त रंगोली बनाउन करिब ७–८ घण्टा लागेको गुप्ताले बताए । उक्त रंगोली बनाउन साढे छ लाख भन्दा बढी खर्च गरिएको उनले जानकारी दिए । तराईका जिल्लाहरुमा तिहारमा लक्ष्मीले घरमा बास गर्ने मान्यताका साथ घरको द्वारमा रंगोली बनाउने चलन रहेको छ ।
Source: Ratopati
0 comments: