अष्ट्रेलिया छाडेर नेपाल फर्किए साकार
सिड्नी । सामाजिक संजालमार्फत विभिन्न व्यक्तीहरुलाई असभ्य गाली गर्दै एकाएक चर्चामा आएका साकार अधिकारी अन्तत नेपाल फर्किएका छन् ।
विगत केही वर्षदेखी अष्ट्रेलिया बस्दै आएका साकार केही समयदेखी लागुऔषधको कुलतमा फसेका थिए भने सामाजिक संजालमार्फत वभिन्न व्यक्तीत्वलाई गाली गर्दै आएका थिए ।
उनको यस्तो हर्कत देखेपछि उनकी आमाले सामाजिक संजालमार्फत साकारलाई नेपाल फर्काउन सहयोग गरिदिन आग्रह गरेकी थिईन् । त्यसपछि गैर आवसीय नेपाली संघ अष्ट्रेलिया र दुतावासको पहलमा साकारी आमालाई अष्ट्रेलिया झिकाइएको थियो ।
अष्ट्रेलिया आएपछि केही हप्ता उनीसँगै बसेकी आमा अन्तत साकारलाई नेपाल फर्काउन सफल भएकी हुन् । नेपाल फर्केपछि साकारले फेसबुकमार्फत आफुले नेपाली सांगीतिक क्षेत्रमा नेपहपलाई अघि बढाउन चाहेको भन्दै सहयोगका लागि सबैसँग अपील गरेका छन् ।
यसअघि साकारले सामाजिक संजालमार्फत असभ्य व्यवहार देखाउन थालेपछि गैर आवसीय संघको पहलमा उनलाई अस्पताल पुर्याइएको थियो ।
0 comments: