
रुपन्देहीमा १० बजे पछि देउसीभैलो खेल्न नपाइने
३० असोज, भैरहवा । दीपवाली (तिहार)मा राति १० बजे पश्चात देउसीभैली नखेल्न जिल्ला प्रशसान काटर्यालय रुपन्देहीले आग्रह गरेको छ ।
जिल्लाको शान्ति र सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले १० बजे पश्चात देउसीभैली नखेल्न आग्रह गरेको हो ।
सोमबार जिल्ला प्रशसान कार्यालयले भैरहवामा दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका सीडीओ हरीप्रसाद मैनालीले सभ्य र भव्य रुपमा दीपावली मनाउनु पर्ने भन्दै १० बजेपछि नखेल्न आग्रह गरे ।
राति १० बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
सीडीओ मैनालीले विष्फोट पदार्थ (पटाखा) पड्काइएको पाइएमा पनि पक्राउ गरी कारवाही गरिने बताएका छन् । कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुनेहुदाँ सर्वसाधरणलाई चनाखो हुनुपर्ने उल्लेख गर्दै घरमा धेरै रकम र गहाना नराख्न आग्रह गरे ।
उनले सर्वसाधरणको सुरक्षाको लागि प्रहरी २४ घण्टा तैनाथ अवस्थामा रहेको कारण कसैलाई कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे । कार्यक्रममा सहभागीले चाडपर्वको बेला जिल्लाको शान्ति र सुरक्षाको विषयमा आआफ्नो भनाइ राखेका थिए ।
0 comments: