यी हुन् आफ्नै मेहनतले १३ वर्षमै करोडपती बन्ने किशोरी

SHARE

यी हुन् आफ्नै मेहनतले १३ वर्षमै करोडपती बन्ने किशोरी

एजेन्सी। अमेरिकन टिभी शोमा देखिएपछि भाइरल भएकी १३ वर्षीय डेनियल ब्रिगोली छिट्टै निकै धनी बन्दैछिन्। एक अमेरिकन वेबसाइटका अनुसार उनी २०१७ को अन्त्यसम्म मिलिनेयर बन्नेछिन्। बढिरहेको फ्यान फलोइङका कारण सानो शोमा जानको लागि पनि उनको शुल्क बढ्दै गएको छ। उनले सोसल मितियाबाट मात्र एक करोड नेपाली रुपैयाँजति कमाउँछिन्।

**यो पनि पढ्नुहोस** : बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

डेनियलले म्युजिक फेस्टिवलमा पब्लिक अपिरियन्सको लागि ३२ हजार पाउण्ड लिएकी थिइन्। उनले आफ्नो फ्यानसँग भेट्नको लागि मात्र ३० हजार पाउण्ड लिन्छिन्। इन्स्टाग्राममा ८३ लाख फलोअर्सका साथमा उनको सिंगल पोस्टबाट मात्र ४० हजार पाउण्डभन्दा बढी कमाइ हुन्छ। सबै मिलाएर उनको नेट वर्थ अहिले १ लाख ५० हजार पाउण्ड भएको बताइएको छ।

SHARE

Author: verified_user

0 comments: