पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

SHARE

पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१३ असोज, पाल्पा । पाल्पाको रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

**यो पनि पढ्नुहोस** दशैंमा मासु खादै हुनुहुन्छ क्यान्सर होला सावधानी अपनाउन चिकित्सकको सुझाव

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ग १ ज ५०५२ नंको जीप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

SHARE

Author: verified_user

0 comments: