दशैं बजारमा भैरहवा नाकाबाट बाहिरिन्छ दैनिक एक करोड !

SHARE

दशैं बजारमा भैरहवा नाकाबाट बाहिरिन्छ दैनिक एक करोड !

१२ असोज, भैरहवा । दशैंतिहार नजिकिएसँगै रुपन्देहीको भैरहवा बजार सुनसान रहन्छ, सीमावर्ती भारतीय बजार सुनौली भने गुल्जार ।

सुनौलीमा भीडभाड हुने भैरहवातिरबाटै जाने नेपाली उपभोक्ताका कारणले हो । वारिभन्दा सुनौलीमा सस्तोमा सामान पाइने मनोविज्ञानका कारण नेपाली उपभोक्ता उतै पुग्छन् ।

सोही कारण नेपाली उपभोक्ताको दशैंबजार बनेको छ, सुनौली ।

**यो पनि पढ्नुहोस** दशैंमा मासु खादै हुनुहुन्छ क्यान्सर होला सावधानी अपनाउन चिकित्सकको सुझाव

दैनिक उपभोग्य वस्तुहरु दाल, चिनी, तेल, चियापत्ति, साबुन, कपडा, भाँडाकुँडालगायत साम्रगी उतैबाट ल्याइन्छ । रुपन्देही मात्र नभई नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका बासिन्दा आउँछन्, किनमेल गर्न ।

नेपालतर्फ चाडबाडको समयमा कालोबजारी फस्टाउने गरेका कारण उपभोक्ता भारतीय बजारतर्फ आकषिर्त् हुने गरेको तहसिल सुनौली व्यापार मण्डलका अध्यक्ष सुभाष जयसवालको भनाइ छ ।

‘कुनै सामान भारतीय र कुनै नेपाली बजारमा सस्तो पर्छ,’ जयसवाल भन्छन्, ‘तर, हामीले गुणस्तरमा ध्यान दिएका छौं र नेपाली उपभोक्ता भारततिरै आउँछन् ।’

**यो पनि पढ्नुहोस** हामी परदेशीको दशैं कि पात्रोमा कि सामाजिक संजालमा !

‘पोहोरभन्दा व्यापार घट्यो’

जयसवालका अनुसार यसपालि गत वर्षभन्दा व्यापार घटेको छ । विगतमा दशैं-तिहारमा सुनौलीमा दैनिक दुई करोड रुपैयाँसम्मको कारोबार हुन्थ्यो । ‘यस पटक दैनिक एक करोडको कारोबार भइरहेको छ,’ उनी भन्छन् ।

सुनौलीमा जनरल स्टोर, कपडा पसल, मोबाइल सोरुमलगायत करिब साढे चार सय पसल छन् ।

विगतमा दैनिक करिब पाँच हजार नेपाली नागरिकको भीड लाग्ने गरेको अनुमान छ । यस वर्ष उक्त संख्या आधा घटेको भारतीय व्यवसायीहरु बताउँछन् ।

नाकामा अत्यधिक ट्राफिक जाम, भारतीय सशस्त्र सीमा सुरक्षा बल -एसएसबी)को जाँच र गर्मीका कारण उपभोक्ता घटेको जयसवाल बताउँछन् ।

**यो पनि पढ्नुहोस** एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार

नाकाबन्दीका बेला वीरगञ्जबाट हुँदै आएको व्यापार भैरहवा नाकातर्फ ‘डाइभर्ट’ भएको थियो । त्यस्तो व्यापार पुनः वीरगञ्ज फर्किएको छैन । मालवाहक गाडीको बाक्लो ओहोरदोहोरका कारण नाकामा ट्राफिक जामको समस्या अत्यधिक छ ।

नवलपरासी कावासोतीका देवनारायण अर्याल परिवारसहित सुनौलीका पसलमा दशैं सपिङमा भेटिए । सस्तोमा पाइने आशाले नै त्यति टाढाबाट आएको उनको प्रतिक्रिया थियो ।

अनलाइन खबरबाट साभार

SHARE

Author: verified_user

0 comments: