मापसे गरेर ड्राइभिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने

SHARE

मापसे गरेर ड्राइभिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने

काठमाडौं-बडा दशैंको नाममा मादक पदार्थ सेवन (मापसे )गरेर ड्राइभिङ गर्नेलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्दा सडक दुर्घटना हुने सम्भावना बढी हुने भन्दै यसको न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महशाखाले चेकिङमा कडाइ गरेको बताएको छ ।

**यो पनि पढ्नुहोस** यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

महाशाखाले २४ घन्टा मापसे चेकिङ थालेको बताँउदै, दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस वर्ष २४ सै घन्टा मापसे चेकिङ गरिने बताएको छ ।

महाशाखाका अनुसार उपत्यका भित्रका तीन जिल्ला ३२ स्थानमा ट्राफिक चेकिङको व्यवस्था मिलाइएको र आवश्यक परेका खण्डमा अन्य स्थानमा पनि चेकिङ गरिनेछ ।

यसैबीच महाशाखाले फूलपातीको दिनमा मात्र मापसे गरेर सवारी चलाउने ८८ जनालाई कारवाहीमा परेका जनाएको छ ।

**यो पनि पढ्नुहोस** छिटै मोटाउन मन छ ? पढ्नुहोस यस्ता उपाय

ट्राफिक प्रहरीले सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने केही ट्याक्सीलाई समेत यिनन्त्रणमा लिइएको छ ।

दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ यो कदम चलाएको महाशाखाले बताएको छ ।

SHARE

Author: verified_user

0 comments: