नेपालको ईम्बोस्ड नम्बर शुल्क बिहारभन्दा १२ गुणा महंगो

SHARE

नेपालको ईम्बोस्ड नम्बर शुल्क बिहारभन्दा १२ गुणा महंगो

सरकारले ५ भदौदेखि नेपालमै पहिलोपटक ईम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याईसकेको छ ।

तर, सरकारले निर्धाराण गरेको ईम्बोस्ड नम्बर, जडान शुल्क भने छिमेकी भारतको तुलनामा १२ गुणा महंगो पाईएको छ ।

नेपाल सरकारले दुईपांग्रे सवारीसाधनमा २ हजार ५ सय रुप्ैया, तीनपांग्रेको २ हजार ९ सय रुपैयाँ, हलुका सवारीसाधनको ३ हजार २ सय रुपैयाँ र ठुलो सवारीसाधनको ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।, तर, नेपालभन्दा पाँच बर्षअघि नै सुरु गरेको सीमावर्ती भारतीय राज्य बिहारमा भने ईम्बोस्ड जडान शुल्क निकै सस्तो छ ।

भारतमा दुईपांग्रे सवारीमा ईम्बोस्ड नम्बर जडान गर्न नेपाली २ सय १० रुपैयाँ मात्र पर्छ । भारतका अन्य राज्यहरुमा समेत खासै महंगो नरहेको ईम्बोस्ड नम्बरप्लेटको नेपाली शुल्क भारतमा भन्दा १२ गुणा बढी देखिएको छ ।

के हो ईम्बोस्ड नम्बर ?

विशेष प्रविधिको सहयोगमा धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको नम्बरप्लेटलाई ईम्बोस्ड नम्बरप्लेट भनिन्छ ।

त्यस्तो प्लेटमा नेपालको आफ्नो छुट्टै लोगो पनि अंकित छ ।

प्लेटको बीचमा माथि पर्ने गरी सञ्चालको नाम लेखिएको छ भने प्लेटको अर्को कुनातर्फ लेजर प्रिन्टरबाट ७ अंक भएको गोप्य नम्बरसहितको चिप जडान गरिएको छ ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

SHARE

Author: verified_user

0 comments: