दशैको लागि नयाँ नोट साट्ने सुविधा भदौ २८ गतेदेखि, साटन पाइने सिमा यस्तो छ
काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको पर्व दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट मात्र साट्न सक्ने सुविधा उपलब्ध गराउने भएको छ ।
नयाँ नोट साटनको लागि राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथली, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णय भएको नोट व्यवस्थापन विभागस्रोतले जानकारी दिएको छ ।
0 comments: