प्रचण्डले भने, ‘नेपाल एकवर्षदेखि पाहाड र तराइमा फरक फरक अतिबादबाट रुमल्लिरहेको छ’
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहाडमा सामन्ती अतिवाद र तराई मधेसमा विखण्डनकारी अतिवाद रहेको बताएका छन् ।
आज राजधानीमा अखिल (क्रान्तिकारी)को नवचिर्वाचित कमिटिलाई बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘पहाड र हिमालमा एकखालको सामन्ति अतिवाद छ ।
तराई/मधेसका क्षेत्रमा विखण्डनकारी अतिवाद छ ।’ गत एक वर्षयता नेपाल यि दुई खाले अतिवादबाट रुमल्लिरहेको उनले बताए । ‘सधैं देश त्यस्तै रहला कि भन्ने ठूलो चिन्ता थियो तर, माओवादीले हिमाल पहाड र तराईका जनतालाई आपसमा मिलाउने प्रयास गर्यो’,उनले भने, ‘जसले त्यो अतिवादी भ्रम समाप्त भएर गएको छ ।’
अध्यक्ष प्रचण्डले नवचिर्वाचित टिमलाई जीतको दम्भ नदेखाउन पनि आग्रह गरेका छन् । उनले भने, ‘जीतको दम्भ देखाउने हो भने त्यहीँबाट पराजय सुरु हुन्छ ।’ उनले स्वस्थ मर्यादित र माओवादीको मूल्य मान्यतामै रहेर निर्वाचन मार्फत नयाँ टिम चयन गरेको भन्दै प्रचण्डले धन्यवाद पनि दिएका छन् ।
‘क्रान्तिकारीले निर्वाचनको नयाँ प्रयोग गर्नु पहिले पार्टीका नेताहरुले नेतृत्वका लागि सहमति गराइदेओस्, हस्तक्षेप गरोस् भन्ने चाहेका र भनेका थिए । तर हामी कसैले पनि त्यसो गरेनौँ र विशुद्ध विद्यार्थीको निर्णयअनुसार निर्वाचन भयो ।’
0 comments: