रुपन्देहीको सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए । यति जनाको मृत्यु । पढ्नुहोस पुरा

SHARE

रुपन्देहीको सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए । यति जनाको मृत्यु । पढ्नुहोस पुरा

७ असोज, बुटबल । रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको ज्यान गएको छ । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको ज्यान गएको हो ।

**यो पनि पढ्नुहोस** : ग्यास उद्योगीको बदमासी खुल्यो । पढ्नुहोस पुरा

पुरिएर २ जनाको ज्यान गए पनि उनीहरुको सनाखत हुन सकेको छैन ।

पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार ध्वस्त भएका छन् ।

पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ । तर, केही पनि खुलेको छैन ।

**यो पनि पढ्नुहोस** : यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो ।

**यो पनि पढ्नुहोस** : चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव राख्दा खुसि भयो भारत

सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: