सिद्धबाबामा पहिरो, सयौं यात्रु अलपत्र

SHARE

सिद्धबाबामा पहिरो, सयौं यात्रु अलपत्र

७ असोज, बुटवल । मध्यरातमा पहिरो खसेपछि बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा सडक क्षेत्र अबरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत दोभान सिद्धबाबा क्षेत्रमा ढुंगे पहिरो खसेको हो । सडकमा ठूला-ठूला ढुंगा खसेर बाटो बन्द भएकेा छ ।

**यो पनि पढ्नुहोस** : रुपन्देहीको सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए । यति जनाको मृत्यु । पढ्नुहोस पुरा

सिद्धार्थ राजमार्ग अन्तर्गत सो क्षेत्रमा खसेको पहिरोले मध्यरातदेखि सडकमा सयौं सवारी र त्यसमा सवार यात्रुहरुको लाइन लागेको छ । एकतर्फी भएपनि सडक खुलाउने प्रयास भैरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

**यो पनि पढ्नुहोस** : १० रुपैयाँमा दुई घण्टासम्म इन्टरनेट सेवा

सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल फर्कने यात्रुहरु बिचल्लीमा परेका छन् । चाडबाडका लागि घर र्फकने यात्रुहरु रातभर सडकमै बिताउन बाध्य भएका छन् ।

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: