
१० रुपैयाँमा दुई घण्टासम्म इन्टरनेट सेवा
काठमाडौं,असोज ६ – लुप नेटवर्कस् प्रालिले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले हालै शुरु गरेको यो प्रोडक्ट घरमै महंगो इन्टरनेट जडान गर्न असमर्थ न्यून आयस्तरका उपभोक्तालाई लक्षित गरी प्रस्तुत गरिएको हो । हाल राजधानीको कुलेश्वर क्षेत्रमा यस्ता वाईफाई जोन विकास गरिएकोमा अब राजधानी छेउछाउका ग्रामीण क्षेत्र र त्यसपछि मुलुकका अन्य क्षेत्रमा विस्तार गरिने कम्पनीले जानकारी दियो ।
**यो पनि पढ्नुहोस** : ग्यास उद्योगीको बदमासी खुल्यो । पढ्नुहोस पुरा
यस योजनामा ग्राहकले वाईफाई जोनभित्र २० एमबीपीएस स्पिडको इन्टरनेट १० रुपैयाँमा दुई घण्टासम्म, २० रुपैयाँमा पाँच घण्टासम्म, ३० रुपैयाँमा हप्ताभर र महिनाभर चलाउने हो भने २५० रुपियाँभन्दा बढि मूल्यमा उपभोग गर्न सकिने छ । यो खालको प्रोडेक्ट ल्याउने लुप नेटवर्क पहिलो कम्पनी भएको कम्पनीका कार्यकारी अध्यक्ष सतिष पोखरेलले दाबी गरे । ‘नेपालका सबै जनताको घरमा महंगो दरको इन्टरनेट सेवा उपभोग गर्ने क्षमता छैन । त्यस्ता उपभोक्ताले विना पासवर्ड सोझै इन्टरनेट कनेक्शन गरेर चलाउन सकुन भनेर यो प्रोडक्ट ल्याएका हौं ।’ अध्यक्ष पोखरेलले भने ।
केवल टेलिभिजन सेवा पनि सँगसँगै विस्तार गर्ने योजना बनाएको यस कम्पनीले हाल राजधानीको कुलेश्वर क्षेत्र, कलंकीदेखि थानकोट क्षेत्र र जोरपाटी क्षेत्रमा फाइबर इन्टरनेट सेवा दिइरहेको छ । छोटो समयमै कम्पनीका सातसय भन्दा बढि ग्राहक पुगिसकेका छन् ।
**यो पनि पढ्नुहोस** : भारत-पाकिस्तान सीमामा गोर्खा सैनिकको मृत्यु
अबको एक बर्षभित्र काठमाडौं उपत्यकाभित्र सबै ठाउँमा इन्टरनेट सेवा बितरण सुरु गरिसक्ने कम्पनीको लक्ष्य रहेको अध्यक्ष पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यका बाहिर झापाको दमक र गौरादह, बाग्लुङ बजार फाइबर इन्टरनेट बितरण सुरु भइसकेको छ भने आउँदो हप्तादेखि लाहानदेखि सप्तरीसम्म, बुटवल र भैरहवाको कोटिहवामा विस्तार गर्ने योजना रहेको छ ।
**यो पनि पढ्नुहोस** : चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव राख्दा खुसि भयो भारत
त्यस्तै, दुई महिनाभित्र हटौंडा, भरतपुर, बुटवल र अर्घाखाँचीको सन्धीखर्कमा समेत इन्टरनेट सेवा सुरु गरी अर्को बर्षसम्म ग्राहक संख्या दुई हजार पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
0 comments: