
ग्यास उद्योगीको बदमासी खुल्यो । पढ्नुहोस पुरा
६ असोज, काठमाडौं । ग्यास उद्योगीले झुटो विवरण देखाएर झण्डै ५ अर्ब क्षतिपूर्ति दावी गरेको खुलेको छ । न्यून संख्यामा निर्माण भएका ग्यास बुलेटलाई धेरै देखाएर उद्योगीले सरकारसँग क्षतिपूर्ति दावी गरेका हुन् ।
नेपाल आयल निगमले २७ असार ०७३ मा नेपाली नम्बर प्लेटका सात सय ७५ थान बुलेटलाई सञ्चालन अनुमति दिएको थियो । सोहीबमोजिम निर्माणको अर्डर गरेको बताउने व्यवसायीले बढी क्षतिपूर्ति दावी गर्न निर्माण भएका बुलेटको यथार्थ संख्याभन्दा बढी देखाएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताएका छन् ।
**यो पनि पढ्नुहोस** : यसकारण पृथ्वीमा छिट्टै संकट आउनेछ, हेर्नुस् यी तस्विरहरु
नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न दिन भारत तयार नभएपछि पछिल्लो समय व्यवसायीले सरकारसँग लगानीको क्षतिपूर्ति दावी गर्न थालेका छन् । सोअनुसार बढी क्षतिपूर्तिका लागि व्यवसायीले फर्जी विवरण पेश गरेको स्रोतको दावी छ ।
ग्यास उद्योग संघले गत साउन २६ गते जारी गरेको प्रेस विज्ञप्तीमा हालसम्म करीव चार सय बुलेट भारतका विभिन्न निर्माण कम्पनीमा निर्माण भइसकेको उल्लेख छ । संघका अनुसार दुई वटा बुलेट भने १० महिनाअघि नै निर्माण सम्पन्न भएर नेपाल भित्रिसकेका छन् ।
**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l
संघले बुलेट निर्माणका लागि करीव पाँच अर्ब रुपैयाँ लगानी गरेको दावी गरेका छन् । त्यसमा एउटा बुलेटका लागि ७० लाख रुपैयाँका दरले चार सय बुलेटका लागि तीन अर्ब रुपैयाँ लगानी भइसकेको दावी संघको छ ।
संघले व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा पनि यही जानकारी गराउँदै आएका छन् ।
**यो पनि पढ्नुहोस** : कहिले सम्म पर्ला पानी,मौसमविद्ले गरे यस्तो भविष्यवाणी
तर, शुक्रवार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलले गलत विवरण दिएर व्यवसायीले सरकारलाई ठग्न खोजेको आरोप लगाए ।
‘हामीसँग अहिले भएको डाटाअनुसार ५३ वटा बुलेट भारतमा तयारी अवस्थामा छ,’ मन्त्री मण्डलले भने, ‘तर, व्यवसायीले हामीसँगै सात सय ७५ वटा बुलेट तयार भएको विवरण पेश गरेका छन् ।’
उद्योगीहरुले सरकारसँग झण्डै ५ अर्ब क्षतिपूर्ति दावी गरेका छन् ।
व्यवसायीले सरकारलाई झुटो विवरण पेश गरेको उनले बताए । तत्कालिन अवस्थामा आयल निगमबाट स्वीकृति दिँदैको बखतमा कैफियत भएको उनले बताए ।
‘हामीले यथार्थताका आधारमा डिल गर्नुपर्छ,’ उद्योगीप्रति संकेत गर्दै मन्त्री मण्डलले भने, ‘तर, यहाँ ठूलो कैफियत देखिएको छ, यस्तो कुरा गर्नुहुन्छ भने मन्त्रीको हैसियतले म केही पनि सहयोग गर्दिन ।’ व्यवसायीको गलत क्रियाकलापको आफू साक्षी आफू बस्न नसक्ने उनले बताए ।
व्यवसायीले पेश गरेको विवरण कागजमामात्रै सीमित भएको उनले बताए । भारतमा कति बुलेट निर्माण भएका छन्, त्यसको वास्तविक तथ्याङ्क आउनु आवश्यक भएको उनको भनाइ थियो ।
**यो पनि पढ्नुहोस** : भारत-पाकिस्तान सीमामा गोर्खा सैनिकको मृत्यु
व्यवसायीले सरकारलाई भ्रममा पार्ने प्रयास गरेको मन्त्री मण्डलले बताए । यस्ता गतिविधिमा आफ्नो सहयोग नरहने पनि उनले स्पष्ट पारे ।
हालसम्म नेपालमा ढुवानी गरिरहेका भारतीय बुलेटलाई विस्थापित गरेर एकैपटक नेपाली बुलेट भित्र्याउने प्रयास गर्दा यस्तो समस्या निम्तिएको उनले बताए ।
‘नेपालको ग्यास ढुवानीमा भारतीय व्यवसायीको ठूलो लगानी छ,’ उनले भने, ‘उनीहरूलाई एकैपटक बहिष्कार गर्ने कुरा त्यति मिल्दैन थियो कि !’
बुलेटको अवस्थाबारे बुझ्न भारत जाँदै मन्त्रालय टोली
आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्द पौडेलले बुलेटका सम्बन्धमा अनुगमन गर्न मन्त्रालयको टोली भारत जाने तयारी गरेको बताएका छन् । व्यवसायीले दावी गरेको विवरण र वास्तविक अवस्थामा ठूलो अन्तर देखिएपछि त्यसबारे बुझ्न भारत भ्रमणमा जान लागेको उनले बताए ।
**यो पनि पढ्नुहोस** : आमाले गरिन् एक वर्षीय छोरोको हत्या
‘अहिलेसम्म कति बुलेटको अर्डर दिइयो, कति बने, तीनको अवस्था कस्तो छ भन्ने सम्बन्धमा उक्त टोलीले अध्ययन गर्नेछ,’ मन्त्रालयका निमित्त सचिव पौडेलले भने, ‘त्यसैका आधारमा बाँकी प्रक्रिया अघि बढाउनेछौं ।’
अनलाइन खबरको सहयोगमा
0 comments: