२२ वर्षदेखि भगवान बनाएँ, तर भगवानले मलाई कहिल्यै बनाएनन् !पढ्नुस दुखद कहानी

SHARE

२२ वर्षदेखि भगवान बनाएँ, तर भगवानले मलाई कहिल्यै बनाएनन् !पढ्नुस दुखद कहानी

तपेन्द्र बिष्ट/उज्यालो ।

डडेल्धुरा, भदौ २७ – सानो टिनको टहरो, दायाँ हातमा हथौडा, बायाँ हातमा तामाको पाता । अनि यही टहरोमा बित्ने गरेको छ दैनिकी महादेव ताम्रकारको ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–२ हाटका महादेव ताम्रकार २२ वर्षदेखि आरनमा काम गरिरहनु भएको छ । तीन छोरा र एक छोरीका बुवा ताम्रकारको ६ जनाको परिवार छ ।

पुस्तौंदेखि आरन पेशा अङ्गाल्दै आएका ताम्रकारले काठमाडौं, पिथौरागढ, अलमोडा लगायतका ठाउँमा पनि काम गर्नुभयो । १३ वर्षदेखि भने उहाँले डडेल्धुरा सदरमुकाम तुफानडाँडामा आरन सञ्चालन गरि राख्नु भएको छ ।

सानैदेखि यही पेशा गर्दै आउनुभएका तम्राकारलाई आफू गरिब भएकै कारण स्कुल जान नपाएको जस्तो लाग्छ । उहाँले भन्नुभयो ‘१८ वर्षको उमेरमा नै यो पेशालाई व्यावसायिक बनाएर काम गर्न थालेँ ।’

**यो पनि पढ्नुहोस** : बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (हेर्नुहोस सूचीसहित)

ताम्रकारले २२ वर्षदेखि विभिन्न प्रकारका भाँडाकुँडा बनाउँदै आउनु भएको छ । उहाँ अहिले आफ्नो आरनमा बसेर भगवानका मूर्ति, मन्दिरको गजुर, कलस, पानस, रुईसिङ, दमाहा, कुटो, कोदालो, माना लगायतका सामग्री बनाउनु हुन्छ ।

उहाँलाई आरन पेशाले परिवार पाल्न ठिकै भए पनि, आर्थिक स्थिति मजबुत होला भन्ने अशा भने छैन । ‘तातो दूध मुख हालेपछि थुकौँ कि निलौँ भने जस्तै’ उहाँले भन्नु भयो ‘आरन पेसा छौडौँ भने अरु रोजगारीको बाटो केही देख्दिन, नछोडौँ भने खान लाउन मात्र पुग्ने पेशाले के गर्नु ?’ आरन पेशा छोडे भने एकातिर आफ्नो सँस्कृति हराउँछ भने अर्कोतिर किसानलाई चाहिने कृषि सामग्रीको अभाव हुन्छ भन्ने डर पनि छ उहाँलाई ।

भगवानका मूर्ति, कलश, आदिले ७ नम्बर प्रदेशका सबै जिल्लामा बजार पाए पनि बजारमा पाइने मेसिनले बनाएको सामानले गर्दा आफ्नो व्यवसाय धरासयी बन्न पुगेको ताम्रकारको बुझाई छ । डडेल्धुरासँग प्रधानमन्त्री, ४ सांसद त्यसमा पनि दुई सांसद दलित हुँदा पनि आफूहरुले भने दलित भत्ता बाहेक अरु केही नपाएको गुनासो उहाँले गर्नुभयो ।

**यो पनि पढ्नुहोस** : श्रीमती हराएपछि ससुरालीमै गएर ज्वाइँले ससुरालाई आक्रमण गरे

चाड पर्वको बेला महिनामा १५ हजारदेखि १८ हजार रुपैयाँसम्म कमाई हुन्छ’ उहाँले भन्नुभयो ‘अन्य सयममा भने ८ हजारदेखि १० हजारसम्म हुन्छ ।’

सरकारले आरन पेशालाई व्यवस्थित बनाए राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । महादेवलाई आफू ४० वर्ष लाग्नै लाग्दा पनि उपलब्धी भने केही नभएको जस्तो लाग्छ । अब त उहाँलाई भगवान बनाउँदा बनाउँदा भगवान छैन कि जस्तो पनि लाग्न थालि सक्यो ।

‘न त राम्रो घर नै बनाउन सकेँ, न बैंक ब्यालेन्स नै छ, सम्पत्तिको नाममा एक आना जति जमिन छ’ तामाको पातामा हथौडा बजाउँदै उहाँले भन्नुभयो, ‘२२ वर्षदेखि भगवान बनाउँदै आएको छु तर मलाई भगवानले कहिल्यै बनाएनन् ।’

**यो पनि पढ्नुहोस** : एटीएमबाट रकम चोर्ने १५ विदेशी नागरिक पक्राउ, ८८ लाख ६८ हजार बरामद

उज्यालोबाट साभार

SHARE

Author: verified_user

0 comments: